लिसंखुपाखरको गाँउ सभा शुरु


सुनिता लामा लिसंखुपाखर
लोकप्रियसमचार सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखर गाँउपालिकाको पाँचौ गाँउ सभा आइतबार देखी शुरु भएको छ ।

स्थाई कमिटि सदस्य अमृतकुमार बोहराले एक समारोहका बिच सभाको उद्धघाटन गर्नु भएको हो ।जिल्ला सम्मन्वय समितीका प्रमुख कृष्ण गोपाल तामाङ्गको बिशेष आतिथ्यतामा गाँउ सभा शुरु भएको भएको छ । उक्त सभामा आर्थिक बर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम गाँउपालिकाको अध्यक्ष कमल प्रसाद नेपालले प्रश्तुत गर्नु भयो । नीति तथा कार्यक्रममा खानेपानी तथा सरसफाई, सिंचाइ नीति ,पर्यटन÷साँस्कृतिक नीति , रोजगार नीति , युवा तथा खेलकुद , सडक पूर्वधार नीति , बन तथा वातावरण , सहकारी,उद्दाग तथा सीपमूलक तालिम, भूमी नीति, प्रबिधि र सञ्चार, भुकम्प पछिको पुननिर्माण, न्याय सम्पादन र कानून निर्माण, सेवा प्रवाह र सुशासन , राष्ट्रसेबक कर्मचारी, भगिनी सम्बन्ध सरकारी नीजी साझेदारी कार्यक्रम, बैकल्पिक उर्ज÷बिधुत, महिला बालबालिका ÷जेष्ठ÷अपाङ्ग जस्ता दिर्घकालिन र अल्पकालिन नीति तथा कार्यक्रम लगाएतका बिषयहरु प्रस्तुत भएको छ ।
उक्त गाँउ सभामा योजना कार्यन्वयनका क्रममा सही र उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै बिभिन्न उपभोक्ता समितीलाइ समेत सम्मान गरिएको थियो यसरी सम्मानीत हुने हरुमा वडा न.ं १ का प्रेमबहादुर मगर , वडा न.ं ७ का डोल कुमारी ठकुरी ,छत्र बहादुर दोकटी,सुजन कुमार तामाङ, सुकमान तामाङ गरि ५ जना योजनाका उपभोक्त समितिका अध्यक्षहरु रहनु भएको थियो भने कर्मचारी तर्फ उत्कृष्ट कार्य सम्पादन र लगनशिल इन्जिनियर कपिल श्रेष्ठ र लिला बहादुर पाण्डेलाई सम्मान गरिएको थियो । कार्यक्रममा उपाध्यक्ष हेमगंगा मोक्तनले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतीथी बोहोराले स्थानीय बिकाशका कार्यक्रममा पारदर्शीताका साथ सम्पन्न गर्ने उपभोक्ता समितीका पदाधिकारीहरुलाइ सम्मान गरेर बिकाश निर्माणमा थप प्रोत्साहन दिएको कर्मचारीको मनोबल उच्च ।ाख्ने काम भएको र उद्योग बिकाशका लागी पशुपालनमा लगानीको काम गरेका जस्ता महत्वपुर्ण काम गरेकाले प्रशंशा गर्देै यसरी नै पारदर्शीताका लागी काम गर्देै जाँदा समृद्ध नेपाल निर्माण हुन कुनै समय नलाग्ने बताउँनु भयो ।  कार्यक्रममा नीति तथा कार्यक्रम माथी जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ, सदस्य सकुन्तला माझी, पार्टी प्रतिनिधि सूर्य लामा , यूवा नेता राजु लामाले  शुभकामना मन्तब्य राख्दै  उपभोक्ता समितीलाइ समेत  सम्मान गरेर बिकाश निर्माणको काममा प्रोत्साहान गरेकोमा प्रशंशा गर्नुभएको थियो । आइतबार नीति तथा कार्यक्रम प्रस्तुत भएको थियो भने गाँउपालिकाको सोमबार बन्दशत्रमा बिशेष छलफल हुनेछ भने ,म्रङ्गलबार बजेट सार्बजनिक गरिनेकार्यक्रम रहेको प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद दुलालले बताउँनु भएको छ ।

, , , , , , , , ,