शन्तिका अग्रदुत भगवान बुद्धको २५६३ औं बुद्ध जयन्ती

युबराज बस्नेत लोकप्रिय समचार सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम , चौतारा साँगाचोक गढी नगरपालिका वडा नंं ५ चौतारामा रहेको छ ।







नेपाल बौद्ध निङमा गोन्पा तथा अध्ययन केन्द्र रहेको छ  । बौद्ध धर्मको ञिङमा सम्प्रदाय अन्तर्गत पर्ने यो गोन्पाको २०६२ सालमा स्थापना भएको हो ।
सिन्धुपाल्चोक जिल्लाको साविक ८९ गा.वि.स. हाल १२ वटा स्थानिय तहमध्येको केन्द्रिय गुम्बाका रुपमा रहेको छ । यो गोन्पामा बौद्ध धर्म अन्तर्गत विभिन्न पूजा तथा धर्म प्रवचन र बौद्ध धर्म सम्बन्धी अध्यपन हुने गर्दछ ।

शन्तिका अग्रदुत भगवान बुद्धको २५६३ औं बुद्ध जयन्तीकोे शुभ अवसर  पारेर विश्व शान्ति तथा सम्पूर्ण प्राणिको जगतको कल्याणका लागि आयोजना गरिएको धार्मिक पूजा तथा धर्मदेशना कार्यक्रम धर्मगुरु गोन्पाका प्रमुख लामा डा. टासि लामाज्यूले गर्नुभएको थियो । गोन्पामा पहिलो दिन १ गते चार आर्यसत्यको पूजा, दोस्रो दिन २ गते अष्टाङिगत मार्गको पूजा, तेस्रो दिन ३ गते बौद्ध धर्म सम्वन्धि धर्म देशना र चौथो दिन आयु निधी पूजा गरिएको थियो । उक्त पूजा कार्यक्रमा उपस्थित सम्पूर्ण भक्तजनहरुलाई आयु अभिषेक (वाङ) पनि प्रदान गरिएको थियो ।

२५६३ औं बुद्ध जयन्ति ज्येष्ठ ४ गते गोन्पामा उपस्थित सम्पूर्ण श्रद्धालु भक्तजन, लामा गुरुहरु लगायतको उपस्थितिमा गोन्पामा पूजा गर्दै बुद्धको प्रतिमालाई भव्य र सव्य शान्तिपूर्ण ¥याली गर्दै बजार परिक्रमा गर्दै गोन्पामा पुगेर ¥यालीको सकिएको थियो । ¥याली सकिए पश्चात गोन्पामा धर्म गुरु टासी लामाले धर्मदेशना दिनुभएको थियो । हामि सर्वश्रेष्ठ चेतना भएको मानवले म को हुँ र मेरो दायित्व के हो भन्ने कुरा बझ्नु पर्दछ अनि मात्र धर्मको बारेमा बुझ्न सकिन्छ किनभने धर्म विनाको मानव हुन सक्दैन, धर्म नसिकेको र धर्मको चेतना नभएको मानिस पशु जस्तै हो । त्यसैले धर्म बुझौं, धर्मको मार्गमा लागौं मानव जिवन दुर्लभ छ यो फेरी हुन्छ कि हुँदैन त्यसैले यो मानव जिवन हुँदा नै पुण्य गर्न सक्यो भने मात्र हाम्रो जिवनको सार्थक हुने छ मानव चोला भनेको दुइ दिनको छायाँ मात्र हो ।
यो मानव चोलालाई हामिले एक दिन परित्याग गरेर जनुपर्ने हुन्छ त्यति वेला हामिले लिएर जाने भनेको पुण्य र पाप मात्र हो त्यसैले भगवानको देशनालाई शिरोपर गर्दै भगवान भक्तिमा रहेर मानवले पुण्यको कार्य गर्न पर्दछ भन्ने कुरा बताउनुभएको थियो । त्यसैगरी चौतारा साँगाचोक नगरपालिकाका प्रमुख अमान सिं तामाङले धर्म भनेको समाजलाई अनुशासनमा बाँधेर राख्ने बलियो कानुन हो । धर्ममा रहेको मान्छेले नराम्रो काम गर्ने सक्दैन राम्रो काम मात्र गर्ने प्रयास गर्दछ त्यसैले धर्म सारै राम्रो चिज हो हामिले धर्म छोड्नु हुँदैन । जवसम्म हामिले धर्म छाडेनौं भने कहिले पनि हामिलाई संकट पर्दैन सु–मागमा लाग्न सकिन्छ भन्नु भएको थियो । गोन्पाका अध्यक्ष दान बहादुर लोप्चनले कार्यक्रममा उपस्थित लामा गुरु, अतिथि, भक्तजन लगायत यस पुण्य कार्यमा सहयोग गर्ने सम्पूणलाई धन्यबाद दिदैं कार्यक्रमको समापन गर्नु भएको थियो ।  नेपाल बौद्ध निङमा गोन्पा तथा अध्ययन केन्द्रको कार्य समितिमा अध्यक्षः दान बहादुर लोप्चन, उपाध्यक्ष, पल्की तामाङ, महा–सचिवः भूपेन्द्र तामाङ, सह–सचिव श्याम डुम्जन, कोषाध्यक्ष, वचिर सिं तामाङ र सदस्यहरुः सुक्रिया तामाङ, किपा शेर्पा, पासाङ शेर्पा÷विक्रम शेर्पा इन्की तामाङ÷कुमारी तामाङ÷इमान सिं तामाङ÷जित बहादुर गोले र सेराप तामाङ रहनु भएको छ ।

, , , , , , , , , , ,