घरेलु तथा सानाउद्यमी भेला सम्पन्न


लोकप्रियसमचारसिन्धुपाल्चोक जिल्लाका  घरेलु तथा साना उद्योगहिरुको भेला सोमबार चौतारामा सम्पन्न भएको छ ।


नेपाल घरेलु तथा सानाउद्योग महासंघ जिल्लाशाखासिन्धुपाल्चोकले आयोजना गरेको भेलामा उद्यम संचालनकको क्रममापरेको समस्या र समाधानकाउपायहरु विषयमा बिशेष छलफल भएको थियो । जिल्ला स्तरिय अन्तरक्रियात्मकगोष्ठिचौतारामा सम्पन्न भएको हो  । नेपाल घरेलु तथा सानाउद्योग  महासंघका केन्द्रियअध्यक्षश्री श्याम प्रसादगिरी को प्रमुखआतिथ्यतामा  उक्त कार्यक्रम भएको थियो ।
 स्थानीय स्तरमा स्रोत र संभाव्यको आधारमा कम लगानीमा संचालनगरिएको विभिन्नप्रकृतिको व्यवसायहरुमा रोजगारीको अबशरलाइ  थपगर्न,व्यवसाय सुधार तथाविस्तार गराउनव्यवसायिहरुलाई परेको समस्या र चुनौतिहरु का बिषयमा केन्द्रीत रहेको भेलामा सहभागीहरुले विषेश गरि स्थानीयउत्पादनलाई प्रर्वदन गराउन स्थानीय सरकार सँग दिगो योजना नहुदा व्यवसाय सञ्चालनमा समस्या परेकोबताएका छन ।  कर्जा ,प्रविधि,बजार र उत्पादन मा गुणस्तर भएको कुरा समेत सहभागीहरुले कार्यक्रमजानकारी गराएका थिए ।
।सहभागिहरुले आफुहरु संग सीपभएको तर लगानीको अभावभएकै कारणव्यवसायमाहार खानु परेको बताउर्दै  आगमीदिनमा कर्जा उपलब्धमा सहजता गरिदिनकोलागी  माग गरेकाथिए । यसरी आफ्नो भनाइ राख्नेमा चौतारा साँगाचोकगढीनगरपालिकाबाटभक्त नेपाली, साजन बैजु ,बलेफीगाउँपालिकाबाट कासीरामथापा,बाह्रविसे नगरपालिकाबाट परिमायातामाङ र पाचपोखरी गाउँपालिकाबाट दोकदोक तामाङ  लगायत हुनुहुन्थ्यो कार्यक्रममा सहभागिहरुलाई अभिमुखिकरणकार्यमा सहयोग पु¥याउने उदेश्यले महाँसघको बरिष्ठउपाध्यक्षश्री उमेश प्रसाद सिंहले संस्थागत संरचनाको बारेमा प्रस्तुतिकरणगर्दै ७७जिल्लामाकुल ३८६३१२ जनाले व्यवसाय दर्ता गरेको र २६४०८६ जनाले व्यवसायनविकरणगरि सकेको जानकारी दिनु भयो ।  यसै गरी केन्द्रिय कोषाध्यक्षश्री सत्यनारायणप्रजापतिले  कर्जा उपलब्धको  लागि राज्यको  निति, सिद्धान्त र कार्यविधि तथा बैङ्कहरुको व्याजदर बारे धारणा राख्दै सरकारको नितीलाइ ब्यबहारमा उतारेर उद्योमीलाइ सहयोग गर्नु  पर्ने बताउँनु  भयो ।
यसै  सन्र्दभमा जिल्लाको सफलव्यवसाय संचाल गरी अन्यलाई समेत रोजगार दिन सफलचौतारा साँगाचोकगढीनगरपालिकावडा नं.५ निवासी ६३ बर्सीय पदमबहादुर  विश्वकर्मालाइ  सम्मानगरिएको थियो  । कायृक्रमको उद्धघाटन गर्दै केन्द्रीय अध्यक्ष श्याम प्रसाद गिरीले सरकारले ठुला उद्योगी भन्दा पनी साना उद्योगीहरुलाइ प्रोत्साहन गर्न सके देशमा धेरै भन्दा धेरैले रोजगार पाउँने बताउँनु भयो । नेपाल घरेलु तथा सानाउद्योग महासंघको जिल्लाअध्यक्षश्री नारायण वि.क.को अध्यक्षतामाआयोजितकार्यक्रमविक्रम सुन्दासले संचालन गर्नु भएको थियो जिल्ला १२वटै पालिकाबाट १५० जनाभन्दाबढिउद्योगीहरुको सक्रिय सहभागिता रहेको थियो ।

, , , ,