सिन्धुपाल्चोकले जारी ग¥यो शैक्षिक प्रतिवद्धता


लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्लाका सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरुको बाल बच्चाहरुलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनु पर्ने  बाध्यात्मक निर्देशन सहित ९ बुँदे प्रतिवद्धता पत्र जारी  गरेको छ । जिल्ला शिक्षा समितीले आयोजना गरेको जिल्ला शिक्षा समिक्षा तथा एक दिवसीय अन्र्तक्रिया कार्यक्रममा यस्तो प्रतिवद्धता जारी गरिएको हो । जिल्ला शिक्षा समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख कृष्ण गोपाल तामाङको  अध्यक्षतामा र पुर्व मन्त्री माननिय अग्नी प्रसाद सापकोटाको प्रमुख आत्थ्यितामा १२ वटै स्थानीय सरकारका पालिका प्रमुख, पालिका शिक्षा शाखा प्रमुख, संघ संगठनको प्रतिनिधी, जिल्ला शिक्षा र जिल्ला समन्वय समितिको पदाधिकारीहरु र शिक्षासित सरोकारवाल व्यक्तिहरुको उपस्थितीमा ९ बुँदे पाँग्रेटार प्रतिवद्धता पत्र जारी गरिएको हो ।

जिल्ला शिक्षा समिती सिन्धुपाल्चोकको आयोजनामा मिति मंगलबार दिन पांग्रेटारमा आयोजना गरिएको “जिल्लाको शैक्षिक अवस्था सम्बन्धी समिक्षा तथा अन्र्तक्रिया कार्यक्रम” मा सहभागी भएका प्रतिनिधीहरुले हाल देखिएको समस्या र अन्यौलताहरुको सम्बोधन गर्न र जिल्लाको शैक्षिक क्षेत्रको समोचित विकास गर्ने उदेश्यले  सिन्धुपाल्चोक जिल्लामा अवस्थित स्थानीय तहहरु र सम्बन्धित निकायहरुविच समन्वयन कायम गर्नका लागि निम्न ९ बुँदे  पांग्रेटार प्रतिवद्धता जारी गरिएको छ  । जसमा नेपालको संविधान २०७२ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सिन्धुपाल्चोक जिल्लाको १२ वटै स्थानीय तहले निर्माण गरेको शिक्षा ऐन, निती कार्यविधिहरु प्रदेश सरकार र संघिय सरकारमा अनिवार्य पठाउने उक्त ऐन, निती कार्यविधिहरु हाललाई शिक्षा विकास तथा समन्वयन ईकाइ मार्फत पठाईने छ । ईकाइले कार्यालयमा अभिलेख राखि उक्त विवरणहरु संघ, प्रदेश र सम्बन्धित कार्यालयमा समेत संप्रेषित गरिनेछ, सिन्धुपाल्चोक जिल्ला भित्रका तह मिलान तथा समायोजनमा परेका विद्यालय र शिक्षकहरुको विवरण अबिलम्ब शिक्षा विकास तथा समन्वयन ईकाइमा  पेश गर्ने र ईकाइले यसको नियमानुसार अभिलेखीकरण गर्ने, स्थानीय तहबाट निर्मित शिक्षा ऐन तथा प्रचलित कानुन बमोजिम दरवन्दी मिलान गर्दा स्थानीय तहबाट सिफारीस गरी शिक्षक महासंघ, शिक्षा विकास तथा समन्वयन ईकाइसँग समन्वयन गरेर जिल्ला शिक्षा समितिले अनुमोदन गर्ने, जिल्ला भित्र हाल कायम रहेको शिक्षकको पुल दरवन्दीहरु आवश्यकताका आधारमा सम्बन्धित विद्यालय वा अन्य विद्यालयमा पद स्थापना गर्ने व्यवस्था जिल्ला शिक्षा समितिले मिलाउने,सिन्धुपाल्चोक जिल्लाको १२ वटै स्थानीय तहहरुमा निर्मित शिक्षा ऐनहरुको साझा मान्यताहरुमा एकरुपता ल्याउने, नेपालको संविधान २०७२ र स्थानीय सरकार सञ्चालन ऐन २०७४ बमोजिम सिन्धुपाल्चोक जिल्लाको १२ वटै स्थानीय तहले निर्माण तथा कार्यान्वयन गरिरहेको शिक्षा ऐन र नितीहरुलाई आवश्यकता अनुसार संशोधन गर्ने र निर्माण हुन बाँकी रहेको स्थानीय तहले स्पष्ट कानुन बनाएर लागु गर्ने गराउने, सामुदायिक विद्यालयमा अध्यापन गर्ने शिक्षकहरुको बालबच्चाहरु अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउनु पर्नेछ , सिन्धुपाल्चोक जिल्लाको १२ वटै स्थानीय तहले एक अर्काको नमुना अभ्यासहरुको आदान–प्रदान र सिकाईको अनुशरण गर्ने, जिल्ला भित्र रहेको १२ वटै स्थानीय तह र शिक्षा विकास तथा समन्वयन ईकाइको विचमा एक आपसमा रहेको शैक्षिक क्षेत्रको अन्यौलताहरु हटाउन र असल अभ्यास र अनुभव आदान–प्रदान गराउन समय–समयमा यस्ता अन्र्तक्रिया कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गरिने छ भनि प्रतिवद्धता जारी गर्दै पुर्वमन्त्री तथा माननीय अग्नीप्रसाद सापकोटाले शिक्षा अनुसासन र स्वास्थ्यलाई सँगसँगै लैजाँदा मानवीय विकासका लागि ठुलो अवसर हुने भएकोले यी सबैलाई सँगसँगै लैजानको निमित्त पनि यस्ता किसिमका प्रतिवद्धताका साथ काम गर्नपर्ने बताउनुभयो । प्रमुख कृष्णगोपाल तामाङले सिन्धुपाल्चोकलाई एउटा नमुना जिल्लाकै रुपमा प्रस्तुत गर्नका लागि सबै तह र सत्ताका व्यक्तिहरुको सहयोगको आवश्यकता परेको हुँदा सबैले आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।
शिक्षा विकास तथा समन्वय ईकाइ समितीका प्रमुख गौरी शंकर पाण्डेले विद्यालयमा हुने सिकाई उपलब्धीका लागि सरकारले कुनै किसिमको कसुर बाँकी नराखेको हुँदा शिक्षा सिकाईमा उपलब्धीमुलक ढंगले अगाडि बढ्न पर्ने बताउनुभयो । कार्यक्रममा नेकपाका अध्यक्ष झम्क नेपालले शिक्षा क्षेत्रमा देखिएका अन्यौलतालाई अन्त्य गर्नको निमित्त यो प्रतिवद्धता पत्रले महत्वपुर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्दै सबैले यो प्रतिवद्धता पत्र कार्यान्वयन गर्न लागि पर्नुपर्ने बताउनुभएको जिल्ला समन्वय समितीका सचिवालयका कृष्ण प्रसाद ढकालले जानकारी दिनुभयो । 

, , , ,