झाँक्रीले गरे बिजयको उपचार
युबराज बस्नेत
लोकप्रिय समचार सिन्धुपाल्चोक जिल्लाका बिजय तामाङ्गलाइ प्रहरीको सहयोगमा झाक्रीकोमा लगेर उपचार गराइएको छ ।
सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १ स्थित स्याउलेका विजय तामाङलाई प्रहरीले हत्कडी सहित झाँक्रिकोमा लगेर बिरामी निको बनाएको मनोत्रा तामाङ्गले जानकारी दिनु भयो ।
उँहाका अनुसार घरमा आमा भाउजु जो देख्यो त्यसलाइ कुट्ने र गाँउमा समेत अशान्ती मच्चाउँन थाले पछी स्थानीय र परिबारको अनुरोधमा प्रहरीले नियन्त्रणमा लिएर सुधार गृह काठमाण्डौ ल्याइएको थियो । यता निजको आमा र भाउजुलाइ अस्पतालमा उपचार समेत गराउँन परेको थियो । परिबारको आग्रह अनुसार बिरामीलाइ आफु कँहा ल्याएको र आफुले उक्त रोग निको बनाएको तामाङ्गले बताउँनु भयो ।
तामाङ्ग पनी सिन्धुपाल्चोककै बासिन्दा भए पनी नारायणटारमा झाक्री काम गर्दे आउँनु भएका झाक्री तामाङ्गका अनुसार बिजय तामाङ्गको त्यो रोग निको भएर काठमाण्डौमा आफन्तकँहा बसिरहेको छ ।