इन्द्रावतीले मनायो बिश्वबातबरण दिबश



लोकप्रिय समचार
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नं.१० बडरे गाउँ मा विश्व वातावरण दिवस कार्यक्रम वा कृषि तथा कृषक सँग अन्र्तरक्रिया कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
विश्व वातावरण दिवस २०१९ को अवसरमा कृषक समुह महासंघ नेपालको आयोजक र एग्रोफरेष्ट्री नर्सरी भोटसिपाको सहआयोजकमा ईन्द्रावती गाउँपालिका वडा नं १० स्थित बडहरे थुम्कामा कृषि तथा कृषकसँग सम्बन्धित अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथी ईन्द्रावती गाउँपालिकाका प्रमुख वंशलाल तामाङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो र उहाँले रुद्राक्षको विरुवा रोपेर कार्यक्रम उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी तामाङले वातावरण सफा राख्न विरुवाहरु प्रशस्त मात्रामा रोप्न पर्ने, फोहोर मैला व्यवस्थापन गर्नपर्ने, फोहोरहरु  जताततै फाल्न नहुने, सबैजना मिलेर वातावरणलाई सफा राख्न सक्रिय भएर लागेमा प्रदुषण कम हुने बताउँनु भयो  ।
त्यसै गरी ईन्द्रावती गाउँपालिकाले कृषि क्षेत्रका लागि गाउँपालिकाले बजेट  छुट्टाउने , बेरोजगार दाजुभाई तथा दिदीबहिनीका लागि कुन सिप सिकेर काम गर्न मन छ त्यही अनुसार समुह बनाएर आएमा गाउँपालिकाबाट सहयोग गर्ने कुरा बताउनुभयो ।विश्व वातावरण दिवस संयुक्त रास्ट संघबाट १९७४ सालमा सुरुवात भएको चर्चा गर्दै प्रमुख अतिथी  तामाङ्गले स्थानीय नागरिकहरुमा सिप र जाँगरको आबश्यकता रहेको  उक्त आबश्यकता स्थानीयले पुरा गर्न सके आर्थीकका लागी समस्या नहुने बताउँनु भयो ।
उँहाले नागरिकले सिप सिक्न चाहे गाँउपालीकाले सिकाइदिने र आफुले सिकेको सिप प्रयोग गर्नका लागी लागानी गाँउ पालीकाले गर्ने बताउँदै नागरिकमा काम गर्ने चाहना र भाबना बोकेर आउँन आग्रह गर्नु भयो । उँहाले गाँउपालीकामा खानेपानीको समस्या भएको र यसका समधानका लागी पालीकाले बिभिन्न लिफ्ट खानेपानीको आयोजना गरिरहेको बताउँदै बाताबरण सफा राख्नका लागी पानीको मुहान सुकाउँने सल्लोका रुखहरुको सट्टा स्थाानीय बाताबरणलाइ समेत सफाराख्ने खालका स्थानीय रुख रोप्न पर्ने बताउँनु भयो । उँहाले बाँझो रहेको जमीनको सदुपयोग गर्दै स्थानीय स्तरमा हुने उत्पादनकमुलक कार्य गर्न र बाताबरणलाइ स्वच्छ राख्न सबै लागी पर्नु पर्ने बताउँनु भयो ।  कार्यक्रमका बिशेष अतिथी १० नं वडाका वडाअध्यक्ष जिबन कुमार थापाले वडाका कोही पनी नागरिकहरु कुनै पनी समस्याबाट बञ्चीत हुन नपरोस भनेर बिभिन्न कायृक्रमकोृ आयोजना गरिरहेको र बिशेष गरि खानेपानी तथा सिचाइ सडक शिक्षा स्वास्थ्यमा सहयोग गरिरहेको बताउँनु भयो । उँहाले १० नं वडामा पानीको समस्या रहेकोले त्यसको समाधानका लागि लिफटिङ गरेको पानी छिट्टै नै ल्याउने, कृषि उत्पादन बढाउनको लागि माटो परीक्षण गरेर त्यही अनुसारको बाली लगाउन जोड दिने कुरा बताउनु भया कार्यक्रमका विशेष अतिथी राष्ट्रिय कृषक समुह महासंघ नेपालका राष्ट्रिय अध्यक्ष नवराज बस्नेतले कृषक समुह र महासंघको बारेमा स्पष्ट पार्दै किसानको हकहितको लागि आवाज उठाउने काम किसानका पिरमर्काका कुराहरु यो समुहले गर्ने कुरा बताउनुभयो । हाल ५६ वटा जिल्लामा ३३५७ वटा समुह रही यो कृषक महासंघ संस्थाले काम गरीरहेको कुरा बताउनु भयो कार्यक्रमा कृषि वातावरण के कस्ता सम्बन्ध छ, के कस्तो असर परेको छ । समाधान गर्न के कस्ता कार्य गर्नु पर्दछ  भन्ने बिषयमा केन्द्रीत रहेर काम गरिरहेको  रास्टिय कृषक महासंघ भनेको किसानहरुको हक हित र अधिकारको काम गर्ने सस्था हो भन्नु भयो  । उँहाले  किसान र सरकार बिचको सम्बन्ध बारेमा प्रस्ट्याउँदै  सरकारले दिएको सुविधा किसानले पाएको छ कि छैन स्वको बारेमा जानकारी गराउँनुका  साथै कृषि  सुधारका लागी संस्था लागी परेको बताउँनु भयो ।

कार्यक्रकमको सञ्चालन गर्दै  कृषक समह सिपाका सचिब राम प्रसाद गौतमले कृषकहरुको ुमस्या समधानका लागी एग्रो फरेस्ट्र्ी र्नसरी प्रालीले गरेको सहयोगको बारेमा चर्चा गर्नु भयो ।  वि.स.२०६९ सालमा स्थापना भएको एग्रो फरेस्ट्र्ी र्नसरी प्रालीको संयोजनमा राष्ट्रिय कृषकमहासंघको आयोजनामा इन्द्रावती गाँउ पालीका वडा नं १०मा भएको कमार्यक्रममा  सहभागीहरुले इन्द्रवती गाउपालिकामा धाँन, मँकै,कोदो नफलेको ले माटोको परिक्षण गनुपर्ने, बाँदरले बालीनाली बिनास गरेको हुँदा त्यसको नियन्त्रण गर्न पर्ने खानेपानीको निकै समस्या रहेको  गुनासो गरेका थिय ।   साथै शिक्षाको निति तथा विद्यालयको पाठ्पुस्तकमा समेत कृषि सम्बन्धबी विषय वस्तु समावेश गरिनु पर्ने कुरा स्थानीय बासीले धारणा  राखेका थिए  ।
कार्यक्रा सव डिभिजन वन कार्यलय नबलपुरका कार्यलय  प्रमुखले वातावरणलाई स्वच्छ र सफा राख्नको निम्ति वन विनाश रोक्नु पर्दछ नत्र यसले स्वास प्रश्वासमा असर गर्दछ वनजङगल फडानी गर्दा मानव र कृषि वातावरण लाई धेरै असर गर्दछ भन्नु भयो ।  कार्यक्रममा उर्वर भुमी दिन दिन बाझो भयो
विरुवा रोपौ रसायनिक मलको प्रयोग नगरौ जस्ता गीत ,कविता व्यक्त गरीएको थियो । र यस गाउँपालिकामा काठमाण्डौं तालिम केन्द्र बाट आएका विद्यार्थीहरुले गाउपालिकामा देखिएको समस्यको एउटा प्रतिवेदन तयार पारेका थिए ।  कार्यक्रममा प्रमुख अतिथि बंशलाल तामाङले राष्ट्र्ीय अध्यक्ष नबराज बस्नेत , सञ्चार कर्मीहरु  नेत्रबहादुर बस्नेत, डम्बर रसकि भारती , सन्तोष भण्डारी राकेश श्रेष्ठ लगाइतलाइ प्रशंसा पत्र समेत प्रदान गरिएको थियो  । कार्यक्रम कृषक समुह महासंघ सिन्धुपाल्चोकका अध्यक्ष चन्द्र बहादुर तामाङ्गको सभापतित्वमा भएको थियो । 

, ,
Lokpriyasamachar@. Powered by Blogger.