डडुवामा बन्यो खानेपानी उपभोक्ता समिती


 लोकप्रिय समचार सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगर पालीका  वडा नं १४मा जेष्ठ महीनामा मात्र खानेपानी तथा सडक उपभोक्ता समिती बनेको छ । जेष्ठ पहिलो हप्तामा बनेको प्रदेश सरकारबाट प्राप्त पचास लाख रुपैयाको साँगाचोक डडुवा झोलङ्गे मोटर बाटो को उपभोक्ता समितीको अध्यक्षमा बलराम अधिकारी सचिबमा सरोज श्रेष्ठ कोषाध्यक्षमा रेखा खत्री र सदस्यहरुमा दिनेस नेपाल , पार्बती नेपाल, रमा अयाृल र प्रेम बहादुर नेपाल रहनु भएको छ भने जेष्ठको अन्तीम सातामा डम्बर बहादुर नेपालको अध्यक्षतामा पचास लाख को  डडुवा हाडीखोला लिफ्ट खानेपानी निर्माण उपभोक्ता समिती बनेको छ । जसमा उवाध्यक्ष शम्भु तामाङ्ग सचिब रत्न बहादुर श्रेष्ठ कोषाध्यक्ष मिना नेपाल र सदस्यहरुमा लक्ष्मी ढुङ्गना र तुलाराम तामाङ्ग रहनु भएको वडा अध्यक्ष शेर बहादुर श्रोष्ठले बताउँनु भयो ।

, , , , ,