दोलालघाटको बजार ब्यबस्थीत गर्नु पर्ने


एकराज श्रेष्ठ ,भुम्लु गाँउ पालिका कै मुख्य द्वारको रुपमा रहेको  दोलालघाट बजार क्षेत्रका बिकाश गर्न  सबै लाग िपर्नु पर्ने पालीकाका अध्यक्ष गुमानध्वज कुँबरले बताउँनु भएको छ ।

उाहाले  सडक नालीबाटअतिक्रमित टहरा पाली तथा ब्यापारिक प्रयोजनका सामानहरु हटाइ सडक खुल्ला गराएमा तत्काललाई (नेपाल सरकारको सडक बिस्तार कार्ययोजना सुरु नगरे सम्मको लागी) घरहरु नभत्काउन अनुरोध सडक डिभिजन कार्यलयमा आवश्यक पहल गरि दिने बचन बद्धता गर्नु भयो ।  यस बिषयमा  दोलालघाट बासीले बेवास्ता गरे ठुलो घाटा   बेहोर्नु पर्ने हुदा दुर्घटना हुन नदिन दुलालेश्वर क्लवले नेतृत्व गर्दै पचास जनाको जम्बो समिती गठन गरि पालिकाको निर्देशन अनुरुप अभियान थालनि गरि रहेको छ।  बस पार्क ब्यवस्थापन देखि सडक दाया बायाका एक मिटर भित्रका  अतिक्रमित संमरचनाहरु हटाउन, सडक खुल्ला गराइ यातायात आगमनमा बाधा नपुर्याउन अपिलका साथ आ(आफ्नो घर अगाडीका सिमा क्षत्र निर्धारण गरिएको ठाउ सम्म आ(आफ्नै जिम्मेवारका साथ पुरा गर्ने सहमति गराइ क्लव लगायत गठित समिती लागी परेका छन। यसरी सर्प पनि मरिने लौरो पनि नभाचिने कथनका साथ  समाज हितको निमित चालेको पाइला सफल भए  पक्कै नै क्लव उदाहरणिय संस्थाको रुपमा चिनिने कुरामा कुनै दुइ मत नहोला ।पब्लिक सेवा भन्दा  पब्लिसटी मेवा  पाउने होडबाजी बढी  हुने गर्छ हाम्रा समाजमा । यसमा कुनै दुइ मत छैन की पब्लिक सेवा पछि पब्लिसटी मेवा आफसे आफ पाउछ।कोही सेवा भन्दा मेवामा मात्र अपेक्षारित हुन्छन भने कोही सेवाको साथ साथ मेवामा पनि।जसमा जुन सुकै स्वार्थ भए नी पहिलो स्थान भने सेवामा दिनुआवश्यक छ। यीनै उदाहरणको पात्र बनेको छ काभ्रे भुम्लु गाउ पालिका दोलालघाटमा अवस्थित दुलालेश्वर बातावरणिय तथा समाज सेवा क्लव।
  २५ बर्ष अघि स्वच्छ तन,मन बचन र कर्मले समाजको सेवा गरौ भन्ने मुल नाराले स्थापित  यस संस्था ले अहिले उदारणिय समाजिक सेवाको कार्यमा लागेको छ।सडक ऐन २०३१ नियमानुसार सडक दाया बायाका २५ मिटरका घरहरु भत्काउने २०७६।२९ को  १५ दिने सुचना पश्चात  बिस्थापित हुने त्रासमा बसि रहेका दोलालघाट बासीमा एउटा सानो दियो आशा पलाउने कार्य  क्लवले गरेको छ।दुइ कार्यकालको अध्यक्षको बागडोर सम्हालि सकेका क्लवका अध्यक्ष  अष्ट बहादुर श्रेष्ठ ले संस्थाको नेतृत्वमा मिती २०७६।२।२० मा दोलालघाट बजार बिस्थापित बिषयमा  गाउ पालिका अध्यक्ष ,उपाध्यक्ष तथा सम्बन्धित वडाका जनप्रतिनिधी माझ अन्तरक्रिया कार्यक्रम गराइ  निकासाका केहि सम्भावित पाइलाहरु अघि बढ्ने बातावरण श्रृजना गराएको थियो।अधिकांस दोलालघाट बासीको उपस्थिती रहेको सो कार्यक्रममा समाज सुधारक एंव क्लवका बरिष्ट सल्लाहकार गोबिन्द प्रसाद पराजुली ज्युले सिंघो दोलालघाट बासीको तर्फबाट बोल्दै यस पालिका कै गहनाको रुपमा रहेको पर्यटकिय नगर दोलालघाट लाइ कुरुप नबनाइ दिन आग्रह गर्नु भयो।उहाले हामी बिकास बिरोधी होइनौ भन्दै ३ वटा माग गाउ प्रमुख माझ राख्नु भएको थियो। प्रमाणित घर जग्गाको उचित क्षेतिपुर्ति,बैकल्पिक बाटो वा भत्काउनु पर्ने परिस्थितीमा नेपाल सरकारको कार्य थालनी अनुरुप धुलिखेल देखि भत्काइएको अवस्थामा मात्र दोलालघाट बजारमा शुरु गर्न गराउन सम्बन्धित निकायमा अपिल गर्न आग्रह गर्नु भएको थियो।

, , , , , ,
Lokpriyasamachar@. Powered by Blogger.