लोकप्रिय समचार चौमासिक तलब बुझ्दै आएको चौतारा साँगाचोकगढी नगरपालिकाका शिक्षकहरुलार्ई अबदेखि मासिकरुपमा तलब उपलब्ध गराउने भएको छ । शिक्षण पेशाका कर्मचारीलाई चौमासिक तलब भुक्तानी गर्दा सधैँ आर्थिक समस्यामा परिरहने अवस्थाको अन्त्य गर्न नगरपालिकाले उक्त निर्णय गरेकोे छ । चौमासिक तलब भुक्तानीलाई अन्त्य गर्दै हरेक महीनाको ५ गतेभित्र मासिक तलब निकासा गर्ने निर्णय गरिएको नगरपालिकाका प्रमुख अमानसिंह तामाङले बताउनुभयो । शिक्षक, कर्मचारी र बालविकासका सहयोगीलाई समेत आगामी आर्थिक वर्षबाट मासिकरुपमा तलब निकासा गर्ने बताइएको छ । नगरपालिकाभित्रका सबै तहका गरेर ४५१ शिक्षक, लेखा कर्मचारी, कार्यालय सहयोगी र ६५ वटा बालविकासका सहयोगीसमेतलाई मासिक तलब भत्ताको व्यवस्था गर्न कठिन भए पनि शिक्षक, कर्मचारीको हितमा नयाँ अभ्यासको थालनी गर्ने निर्णय गरिएको नगरप्रमुख तामाङको भनाइ छ । हालसम्म देशैभरमा शिक्षकहरुले चौमासिक तलब भुक्तानी पाउँदै आएकामा सम्भवतः मासिक तलब भुक्तानीको निर्णय गर्ने चौतारा साँगाचोकगढी पहिलो नगरपालिका बनेको छ । यो निर्णयले शिक्षकहरुको पनी समयमा नै आर्थीक समस्याको समधान हुने भएकाले यो निर्णयले ठुलो सहयोग गरेको शिक्षक लालबहादुर श्रेष्ठले बताउँनु भयो ।
चौताराले शिक्षकलाई मासिक तलब दिने
[email protected] Powered by Blogger.
