बाँझो जग्गाको सदुपयोग गर्दै नेत्रज्योती सहकारी


लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्लाको सदर मुकाम  समेत रहेको  चौतारा साँगाचोकगढी नगरपालीका वडा नंम्बर  १४ मा रहेको नेत्रज्योती कृषी सहकारी संस्थाले  नगर पालीका भित्र रहेको बाँझो जग्गा सदुपयोग गर्दे नगरपालीकाको उद्धेशय अनुसार (घर–घरमा रोजगार  नगरका नागरिक आत्मानिर्भर) भन्दै सहकारी संस्थाले अभियान शुरु गरेकको छ  । यो अभियानलाइ शुरुमा वडा नं १४बाट  आफ्नो कार्यक्रम अगाडी बढाएको छ ।  पछील्लो समयमा गाउँका युवा शक्ती बिदेशमा रोजगारीमा गएको  र गाउँमा भएको मानिस पनि राजधानी केन्द्रीत भएका कारण खेतीयोग्य जमीन बाँझो रहेकोले  बाँझो जग्गामा जग्गाको माटो अनुसार  उत्पादनमुलक खाद्यान्न लगाउँने योजना अगाडी सारेको छ ।

यो योजनालाई अनुसार शूरुमा तिम्बुर खेती गर्नै लागेको हो चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमान सिं तामाङले नगरका नागरिकहरु कोहि कतै बेरोजगारी नरहुन साना तथा ठुला उद्योगहरु सञ्चालन गरेर आद्यौगिक नगरको रुपमा विकास गर्न लागिरहेको अवस्थामा  यसरी नगरका खेतीयोग्य बाँझो जमिनलाई सदुपयोग गरी  उत्पादनमुलक काम गरेर अगाडि बढिरहेका संघसंस्था र व्यक्तिहरुलाई नगरपालिकाले प्रोत्साहन गरिरहेको बताउनुभयो । कृषि क्षेत्रमा आत्मनिर्भर बन्ने खालका नगदे बालीको रुपमा तिम्बु्र खेती गर्न लागेकाले सहकारीलाई विशेष धन्यवाद दिँदै नगरपालिकाबाट गर्नपर्ने र हुने सहयोग  गरि नै रहने बताउनुभयो । साथै उहाँले कुनै पनि काम गर्दा उपलब्धीमुलक र पहिचान मुलक भयो भने मात्र समृद्ध नगर निर्माणमा सहयोग पुग्ने भएकाले त्यसतर्फ ध्यान दिन सबैमा अनुरोध गर्नुभयो । वडा नं १४ का वडा अध्यक्ष एवं नगरपालिका वातावरण विभागका संयोजक शेरबहादुर श्रेष्ठले खेतीयोग्य जमिनलाई तिम्बुर खेती गरेर वातावरणलाई समेत स्वच्छ बनाउने
अभियानमा लागेको सहकारी संस्थालाई सबै पक्षबाट सहयोग गर्नुपर्ने जरुरी रहेको बताउनुभयो । चौतारा साँगाचोकगडी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष एवं चौतारा साँगाचोकगढी नगरपालिका आर्थिक विभागका संयोजक नरमान श्रेष्ठले सहकारीतको माध्यमबाट गरेका कामहरु पारदर्शी र स्थायित्व हुने र यसले आर्थिक उन्नतीका साथै आय–आर्जन मुलक कार्यक्रमलाई समेत सहयोग पुग्ने हुँदा यस्ता खालका कार्यक्रमहरुलाई नगरपालिकाबाट हुने सहयोगहरु सम्भव भएसम्म उपलब्ध गराईरहेको बताउनुभयो । नेत्रज्योती कृषी सहकारी संस्था मिति २०६९साल श्रावण ९ गते देखी बिधिवत दर्ता भइ कृषि  तथा पशुपालन संँग सम्बन्धीत काम गर्दै आइरहेको छ । यस संस्थाले शुरुमा २०६९सालमा कृषीमा आधुनिकी करण गर्नका लागी टेक्टर खरिद गरेर बितरण गरेको थियो । त्यसैबेला  जेष्ठ नागरिक हरुलाइ सम्मान र सहयोग गर्दै आएको छ । त्यसको साथै  बिभिन्न कार्यक्रम गर्दै जिल्लाको पहिचानका लागि बिषेश काम गर्दै आइरहेको छ । पछिल्लो समयमा  गाँउमा बाझो रहेको जमिनहरुलाइ सदुपयोग गर्नका लागि गाँउमा रहेको जमिनको बिबरण तैयार गरि बाली लगाउँने योजना राखेर काम अगाडी बढाउँन खोजेका थियो त्यसको तैयारीमा रहदा भुकम्प गए पछी रोकीएको थियो त्यस पछी स्थनीयलाइ खाद्य
उत्पादनमा प्रोत्साहन गर्नका लागी  उपायहरुको खोजी गर्दै जाँदा सहकारीले बिद्यालयमा सरकारले बिद्यार्थीलाइ खाजाका लागी नगदको ब्यबस्था  गरिरहेको र नगदबाट बिस्कुट र चाउचाउ लगाएतका सामग्री खुवाइएको र केही बिद्यालयमा खाजाको नगदबाट निजी शिक्षक राखेको हुँदा यसको पनी सदुपयोग हुने र स्थानीय खाद्यान्नको प्रयोग हुने  हुँदा कृषकलाइ खेतीमा प्रोत्साहन पनी हुने देखीएकोले  दिबा खाजा ब्यबस्थापनको जिम्मा लिएर काम गर्नै योजनका साथ  अगाडी बढ्ने काम भएको संस्थाका कोषाध्यक्ष होमनाथ चौलागाइले बताउँनु भयो  । 
विद्यालय दिवा खाजाको ब्यबस्थापन गर्न  शूरु गर्ने योजना अगाडी सारिरहेको अबस्थामा यस संस्थालाइ जिल्ला शिक्षा कार्यलयको रोहबरमा विश्वखाद्य कार्यक्रमको सहयोगमा  सिन्धुपाल्चोक जिल्लाको साविक ठुलोसिरुवारी गाँउ विकास समितिका १० वटा सामुदायक विद्यालयमा अध्यनरत विद्यालयहरुलाई दिवा खाजाको  ब्यवस्थापन गर्न  २०७३ साल भाद्र देखी जिम्मा लिएर काम गर्न शुरु गरेको बताउँदै सस्थाका सचिब राजेन्द्र बस्नेतले दिवा खाजा सञ्चालनमा आउने बित्तीक्कै खाजा ब्यवस्थापनको लागी विभिन्न चरणमा अन्तरक्रियाहरु भए  विभिन्न समुदायहरुसँग समन्वय गरेर  तत्कालीन गाविस सचिव तथा गाँउ  शिक्षा समितिका अध्यक्षको संयोजकत्वमा
गाँउ बाल संरक्षण समितिका अध्यक्ष स्थानीय स्वास्थ्य चौकीका प्रमुख सहित रहेका विभिन्न विद्यालयका  विव्यस अध्यक्ष सहितको अनुगमन टोली समेतको  निर्माण गरी  चाउचाउ बिस्कुटको अन्त्य गरि  स्थानीय स्तरमा उत्पादीत खाद्यान्न प्रयोग गरेर खाजा खुवाइयो खुवाइएन भनी अनुगमन समेत गराइएको थियो प्रत्यक बिद्यालयमा स्थानीय तरकारी तथा फलफुल उत्पादनका लागी  करेसा बारीको निर्माण गरेका थियो । यसबाट बिद्यालयमा कृषी उत्पादनका शिक्षा प्रदान गर्न पनी सहज भएको स्थानीय हरुको बाँझोरहेको जमीनलाइ सदुपयोग  हुने हुँदा यसलाइ निरन्तरता दिन आबश्यक  भएकोले बाँझो जमीनको सदुपयोग गर्न सहकारी लागीपरेको संस्थाका कोषध्यक्ष सिता बानीयाले बताउँनु भयो ।
तत्कालीन जिबिसबाट  प्रोत्साहन स्वरुप पचासहजार पुरस्कार समेत पाएको सहकारी संस्थाले गाउँमा रहेका हलुवाबेदलाइ जुस निर्मण गरेर बितरण समेत गरिरहेको छ भने पछील्लो समयमा  शेयर सदस्यहरुको बाँझोरहेको जग्गालाइ  खेती योग्य बनाउँने अभियानमा लागेको छ । शुरुमा चौतारा साँगाचोकगढी नगर पालीका वडा नं १४मा आब २०७५।७६मा बाँझो रहेको ६० रोपनी रैकर जग्गामा तिम्बुर खेती गरेरर शुरुवात गरिएको छ भने आब २०७६।७७मा वडा नं १३का शेयर सदस्यहरुको बाँझो जग्गामा नगदे बालीको  खेती गराइने योजना रहेको छ । यो योजना सँगै  रोपीयको बिरुवा रेख देख गर्न कर्मचारीको आबश्यकता परेको र ति कर्मचारीले बिरुवा रोपेको ठाँउमा  गोडमेल गर्दा त्यँहा  रहेको घाँस समेत  खेर जाने भएकोले त्यसको सदुपयोगका लागी पनी भैसी  पालन गर्न पर्ने भएको हुँदा तत्काललाइ बिस वटा भैसी पालन ब्यबसाय शुरु गरिन लागेको संस्थाका सहसचिब कृष्ण बहादुर ठकुरीले बताउँनु भयो ।
 आगामी बर्ष नगरपालीका भित्र रहेका  सबै जग्गाको बिबरण तैयार गरेर खेती योग्य बनाउँन लागी परेको समेत ठकुरीले बताउँनु भयो ।

, , , , , , ,