उपभोक्ता सम्बन्धी अन्तरक्रिया बारबिसेमा


लोकप्रिय समचार हरेक सरकारले लगाएको कर   ब्यबसायी तथा ब्यपारी मार्फत उपभोक्ताले तिर्न पर्ने हुन्छ । उपभोक्ताहरले तिरेको कर सङ्कलन गरेर ब्यबसायीले तिर्ने हुन ।ब्यापारी मार्फत कर सङ्कलन गरेर राज्यले लिने गर्छ ।  त्यसैले करको सदुपयोग भएको छकी छैन भनेर   चासो राख्दै करका बारेमा खबदारी गर्नु पनी उपभोक्ताको अधिकार भएको पुर्ब कानुन मन्त्री माननीय शेर बहादुर तामाङ्गले बताउँनु भएको छ ।
उँहाले बारबिसे नगर पालीकाको सम्मन्वयमा घरेलु तथा साना उद्योग बिकाश समिती सिन्धुपाल्चोकको आयोजनामा भएको अन्तर क्रिया कार्यक्रममा प्रमुख अतिथीका आसनबाट बोल्दै उक्त कुरा बताउँनु भएको हो । उद्योग बाणीज्य संघ सिन्धुपाल्चोकको सभाहलमा  भएको कार्यक्रममा बोल्दै तामाङ्गलेस्थानीय स्तरमा उत्पादन भएका ताजा खानेकुरा  खान छाडेर बाहीरबाट ल्याइएका खाद्यान्न खाने गरेका हामी नेपाललिे अब आफ्नै उत्पादन खाने बानी बसाल्न पर्ने बताउँनु भयो र भन्नु भयो अब बारबिसे नगरपालीकाका मानीसले बाहीरका सामग्री खरि गर्नु भन्दा यँही उत्पादन गरेर खानका लागी  साना ठुला उद्योग गर्न पर्ने र त्यसका लागी स्थानीय सरकारले सहयोग र सम्बर्धन गरिरहेको बताउँनु भयो ।
सिन्धुपाल्चोक जिल्लामा घरेलु तथा सानाबिकाश समितीले गाँउ गाँउका नागरिकलाइ स्थानीय उद्योग आयआर्जनमा सहयोग गरेर गाँउ मुखी भएकोमा बिशेष धन्यबाद दिदै स्थानीय स्तरका नजागरिकले पनी यसको उद्धेश्य अनाुसार काम गर्न पर्ने बताउँनु भयो । कार्यक्रममा बार बिसे नगर पालीकाका प्रमुख निमफुन्जो शेर्पाले बारबिसे नगरपालीकाले साना ठुला सबै उद्योगीलाइ समान सहयोग गरिरहेको बताउँदै आत्मा निर्भताका लागी नगरपालीकाबाट बिषेश सहयोग गरिने बताउँनु भयो ।
उँहाले उपोग्य समाग्री को बिषयमा उपभोक्ताहरुले चासो राखेर  सामान खरिद गर्न पर्ने  र बजामा म्याद सकिएको सामाग्री  देखा परेमा तुरुन्त नजीकको प्रहरी या नगरपालीकालाइ खबर दिन समेत आग्रह गर्नु भयो । कार्यक्रमा बारबिसे नगरपालीका वडा नं ४का वडाअध्यक्ष ज्ञानेन्द्र प्रसाद श्रेष्ठले उपभोग्य बस्तु खरिद गर्नु भन्दा पहिले त्यसबारेमा जानकारी प्राप्त गर्नु पर्ने बताउँनु भयो। उँहाले म्याद नाघेका सामान बेच्ने जो कोहीलाइ पनी कार्बही गरिने भएकोले त्यस्ता खालका ब्यपारी भेटीएमा तत्काल खबर गर्न अनुरोध गर्नु भयो श्रेष्ठले साना ठुलासबै ब्यबसाय दर्ता गरेर संञ्चालन गर्न अनुरोध गर्नु भयो  भने उद्योग बाणीज्य संघका सचिब शम्भु तिमल्सीनाले उपभोक्ताले सामान खरिद गर्दा गुणस्तरिय  मुल्य  र परिणाम हेरेर मात्र  सामान खरिद गर्न पर्ने बताउँनु भयो कार्यक्रमको सभापतीत्व गरिरहनु भएका घरेलु तथा सानाबिकाश समिती सिन्धुपाल्चोकको प्रमुख कल्पना शर्माले  घरेलु तथा सानाबिकाश समिती सिन्धुपाल्चोकले उपभोक्ता हक अधिकार संरक्षण तथा प्रबद्र्यन सम्बन्धी अन्तरक्रीया गर्नुका बारेमा जानकारी गराउँदै उपभोक्तहरुले सक्रियताका साथ आफ्नो अधिकार प्रयोग गर्नु पर्ने बताउँनु भयो ।
इश्वर प्रसाद चालीसेले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो भने कार्यक्रमको  बारबिसे स्थित रेडीयो लोकप्रियनेत्रज्योती १०६.६मेगाहर्ज  र लोकप्रिय  रेडीयो प्लानेट८९.१मेगाहर्ज चौतारले प्रत्यक्ष प्रशारण गरेको थियो ।



, , , ,