घरेलु तथा साना उद्योग विकास समितिको सीप तालिम सम्पन्न संगै आत्मानिर्भरता


लोकप्रिय समाचार
 घरेलु तथा साना उद्योग विकास समिति सिन्धुपाल्चोकको आर्थिक तथा प्राविधिक  सहयोग मा गलैचा बुन्ने तालीम समापन भएर उद्योगको शुरुवात भएको छ ।


जिल्ला लघु उद्यमी संघ सिन्धुपाल्चोकको सहजिकरण  तथा व्यवस्थापनमा गरीवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम सञ्चालन भइरहेको छ ।  चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १ स्याउलेमा १ महिने गलैचा बुनाइ तालिम समापनको साथमा गलैचा उद्योगको सुरुवात भएको हो ।  दलित जनजाति ,महिला र विपन्न परिवारको १५ जनालाई तालिम प्रदान गरि तान सेट सहयोग गरि उद्योगको स्थापना गरिएको छ  ।
स्थानीय बासिन्दाहरुको मागमा आधारित गलैचा बुनाई तालिम २०७६ साल जेष्ठ ६ गते देखि सुरु गरेर २०७६ साल आसाढ ८  गते समापन गरियको हो  ।  चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. १को वडा अध्यक्ष श्री सानुकान्छा श्रेष्ठको अध्यक्षता , घरेलु तथा साना उद्योग विकास समितिको प्रमुख कल्पना शर्माको प्रमुख आतिथ्य, जिल्ला लघु उद्यमी संघ (डिमेगा) सिन्धुपाल्चोकको अध्यक्ष श्री सानुमाया गुरुङको विशेष आतिथ्यता, युवा सामाजिक अभियानता आशिष लामा र डिमेगाका कार्यक्रम संयोजक विक्रम सुन्दासको आतिथ्यमा  तालिम सम्पन्न गरियको हो  । तालिम समापनको क्रममा कार्यक्रम संयोजक श्री विक्रम सुन्दासले तालिम संचालनको क्रममा भएको कच्चापदार्थ र मेशिन औजार खर्च ,प्रशिक्षक खर्च ,हलभाडा र सहभागि खाजा खर्च गरि कुल जम्मा रु.ज्ञ,ढढ,ज्ञद्दछ÷— विवरण सार्वजानिक गर्दै जनलेखापरिक्षण गराउनु भयो । कार्यक्रममा मन्तव्यको क्रममा डिमेगाको अध्यक्ष सानुमायाले उद्यमीहरु औपचारिक संस्थागत सदस्य भएको र उद्यम निरन्तर संचालन गर्न सुझाव राख्दै उद्यममा परेको समस्याहरु मौखिक तथा लिखित जिल्ला लघु उद्यमी संघमा पेश गर्न अनुरोध गर्दै जिल्ला लघु उद्यमी संघ लघु तथा घरेलु उद्यम प्रर्वदनको लागि परामर्श,पैरवी र विकल्प प्रदान गर्ने छाता संगठन बारे  बताउनुभयो । प्रमुख अतिथि कल्पना शर्माले उद्यमीहरुलाई यस आ.व.मा तालिम मेशिन औजार उपलब्ध गराएर  व्यवसाय सुरु भएको छ । निरन्तर उद्यम संचालन गरि आफ्नो उद्योगमा अन्य व्यक्तिहरुलाई समेत रोजगारी सिर्जना गराउन सकेमा आगमी बर्षको योजनामा उद्यम स्तरउन्नति तथा विस्तारको लागि थप सहयोग गर्न सकिने कुरा जानकारी दिनु भयो ।
गलैचा उद्यम कम लगानीमा घरैमा बसेर घरायसी कामहरु संगसगै संचालन गर्न सकिने यो व्यवसाय महिलाहरुको लागि अति नै राम्रो रहेको हुदाँ स्थानीय तह र घरेलु कार्यालयमा अनिवार्य दर्ता गरि संचालन गर्न अनुरोध समेत शर्माले गर्नु भयो । स्थानीय स्तरमा नै रोजगारी सिर्जना हुने प्रकृति सीप विकास तालिम संचालन गरि उद्योग स्थापनमा सहयोग गर्ने घरेलु तथा साना उद्योग विकास समिति सिन्धुपाल्चोक र जिल्ला लघु उद्यमी संघ सिन्धुपाल्चोकलाई विषेश धन्यावाद दिर्दै आगमी दिनमा संमन्वय ,सहकार्य र साझेदारीको लागि अनुरोध गर्दै वडा अध्यक्ष सानुकान्छा श्रेष्ठले समापनको क्रममा  गरीव दलित,जनजाति ,महिलाहरुको बसोबास रहेको स्याउले विकासका कार्यक्रमले पनि पिछडिएको तथा पछाडि पारिएको यो ठाउँको विकास निर्माणको लागि आफुलाई जनताले निर्वाचित गराएको अव एक घर एक उद्योगको अवधारणको साथ परिषद सम्पन्न गर्दै रकम विनियोजित गर्न पहल गर्ने बताउनु भयो । समृद्ध नगरपालिका निर्माणको पहिलो प्राथमिकतामा लघु तथा घरेलु उद्योग स्थापना नै रहने यस बर्षको योजनामा आम्दानी अभिवृद्धिको कार्यक्रमहरु वडा कार्यलय संचालन गर्ने कुरा बताउनु भयो । गलैचा उद्यम संचालनको क्रममा कुनै  समस्या एवम चुनौतिहरु देखा परेमा वडा कार्यालयमा सम्पर्क राख्न समेत अनुरोध गर्नुभयो ।

, , , , ,