सिन्धुपाल्चोकमा चोरको बिगबिगी प्रहरी बढायो सुरक्षा गस्ती


 लोकप्रिय समचार सिन्धुपाल्चोक जिल्ला को सदरमुकाम चौतारामा रहेको सामुदाय प्रहरी कार्यलय रहेको भवन अगाडी को प्रयास मेडीकलहल  चोरी भएको छ ।

पछिल्लो समयमा सिन्धुपाल्चोकको सदरमुकाम मात्र होइन गाँउमा समेत चोरी बड्न थाले पछी प्रहरीले  चोरी नियन्त्रणका लागी  प्रहरी गस्ती समेत बढाएको छ ।
हामीलाइ प्राप्त समचार अनुसार सदरमुकाम चौतारामा एकै रात  दुइ ठाँउमा   चोरी भएको छ। चौताराको ब्यस्त चोक नवलपुर चोकमा  रहेको प्रयास औषधी पसल मा ताल्चा फोडेर औषधी पसल भित्र रहेको  नगद , सुन को सिक्री र औषधी समेत गरी करिब डेढ लाख बराबरको धनमाल चोरी भएको  बताइएको छ भने ।
बसपार्कमा रहेको सैलुन पसल फेरेर पाँचहजार नगद चोरी भएको  छ। हिजो बेलुका ८बजे पसल बन्द गरेर घर गँए बिहान आउँदा पसल फोरिएको अबस्थामा  देख्दा आफै चकीत परेको मेडीकल संञ्चालक यमुना कुमारी मल्ल श्रेष्ठले बताउँनु भयो ।
उँहाका अनुसार एउटा घर्रामा  राखेको  नगद र सुनको सिक्री हराएको छ  साथै ढोका नजीकको हर्लीस भिटामिन जस्ता औषधी हरु समेत चोरी एकोमा आफुलाइ अचम्म लागेको बताउँनु भयो ।
घटनाको जानकारी पाउँना साथ प्रहरीले अनुसन्धान थालेको छ भने सुरक्षा गस्ती बढाइएको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरिक्षक जगदिश रेग्मीले बताउँनु भयो । बजारमा चोरीको बिगबिगी बढी रहेकोले बजार बासीका हरेक घरमा  सिसिटिभी जडान गर्न जरुरी देखीएकाले नागरिकको सुरक्षाका लागी बिशेष पहल गर्न पर्ने आबश्यकामा स्थानीयले जोड दिएका छन ।

, ,