जिबिकोपार्जन सुधार अनुदान वितरण तथा व्यवसायिक तरकारी तालिम समापन कार्यक्रम

लोकप्रिय समाचार
चौतारा साँगाचोकगढी न.पा १३ मा श्री छाप देउराली सामुदायिक वनको आयोजनमा उक्त वनका उपभोक्ताहरुलाई सामुदायिक वन नाफाजनक भएकाले जिवीकोपार्जन सुधार तथा अनुदान वितरण स्वरुप प्रति एक घरधुरी वापत रु ५,०००। का दरले उपभोक्ताको जिविकोपार्जन सुधारका लागि उक्त रकम वितरण गरिएको थियो । यस श्री छाप देउराली वनको जम्मा उपभोक्ता घरधुरी संख्या ३७९ मध्ये व्यवसाय गर्ने घरधुरी २७९ रहेको र उक्त संख्यालाई विभिन्न समुह गठन गरी नियमानुसार आय–आर्जन गर्नका निम्ति बाख्रा पालन गर्ने शर्तमा २३ वटा समुहलाई १३,४५,०००।– रुपैयाँ रकम वितरण गरेको छ ।





उक्त सामुदायिक वनले वितरण गरेका घरधुरीमा व्यवसाय सञ्चालन गरे नगरेको पुर्ण अनुगमन गर्ने प्रतिवद्धता समेत राखेको छ । उपभोक्ताले पैसा लिएर व्यवसाय सञ्चालन नगर्ने र घरमै रहेको बाख्रा देखाएमा कारवाही समेत हुने उल्लेख गरेको छ । उक्त सामुदायिक वनको अध्यक्ष श्री दयालक्ष्मी श्रेष्ठ ज्यूले आफु कार्यकालमा रहेदेखि वनबाट भएको आम्दानीलाई सामुदायिक वन दिग्दर्शनको अधिनमा रहेर आम्दानी भएको रकम मध्ये २५ प्रतिशत वन बिकासमा ३५ प्रतिशत जिविकोपार्जन र ४० प्रतिशत यस वन समुहसँग सम्बन्धित विकास निर्माणमा प्रयोग गरेको कुरा जानकारी गराउनु भयो ।
चौतारा साँगाचोकगढी न.पा वडा नं १३ को स्थानीय विभिन्न सडकहरु निर्माणको लागि ९५०,०००।– अनुदान सहयोग गरेको र यसका साथै वन छेउमा सडकको स्तरोन्नती तथा बाटो चौडा गर्दा निस्केको सडकको दायाँबायाँको माटोलाई बगेर जान नदिन उक्त क्षेत्रमा अम्रिसो रोपण कार्य भुक्षय हुन रोक्ने प्रयास गरेको यस वन समुहले उपभोक्ताहरुले स्वास्थ्य उपचार कोष खडा गरी दिर्घकालिन रोग लागेको उपभोक्ताहरुलाई रोगको प्रवृति र निजको आर्थिक हैसियतलाई मुल्याङ्कन गरी आवश्यक सहयोग गर्ने गरेको र वन समुहले एक तालिम हलको आवश्यकता महसुस गरी करिब २०० जना क्षमता भएको तालिम हलको समेत निर्माण गरेको कुरा बताउनुभयो । उहाँले वन संरक्षणमा समेत जोड दिनुपर्ने कुरा बताउनुभयो ।
कार्य समितिको पहल सँगसँगै उपभोक्ताको साथ सहयोगमा वनक्षेत्रमा आवश्यक स्थानमा सुचना बोर्डको व्यवस्था गर्न, वन घेराउ उपलब्ध गराई अझ दिगो भरपर्दो बनाउने कार्य भने कुरा बताउनुभयो । यस वन क्षेत्रमा रहेका २ ओटा ब्लक मध्ये एक ब्लक ऋज्ञक्ज्ञ ब्लकमा वैज्ञानिक वन व्यवस्थापनको विधि अपनाई जिल्ला वन कार्यालय सिन्धुपाल्चोकका स्वीकृत कटान योजना बमोजिम रुखहरुको थिनिङ गरी १६४८७.३४ क्यू फि खोटेसल्ला र पाटेसल्ला काठ निकाली सो काठलाई नियमानुसार लिलाम गरी समुहको आर्य आर्जनमा वृद्धि गर्ने र आगामी दिनमा पनि यस्तै व्यवसाय मुलक कार्यक्रम ल्याउने र देउराली सामुदायिक वन नमुनाको रुपमा चिनाउने लक्ष्य व्यक्त गर्नुभयो ।
उहाँले आफैले रोपेर आज आफैलाई आर्थिक सहयोग पाउँदा ठुलो खुशी पनि व्यक्त गर्नुभयो । यो श्री छाप देउराली सामुदायिक वन पनि उत्कृष्ट भएर गणेशमान पुरस्कार प्राप्त गर्न सक्ने वातावरण सिर्जना गर्ने सबैमा अनुरोध गर्नुभयो यस वनले विकास निर्माणका काम धेरै गरेको छ र अझै गर्ने प्रतिबद्धता जायर गर्नुभयो । यस श्री छाप देउराली वन सामुदायिक उपभोक्ता समितिले व्यवसायिक तरकारी खेती तालिम समेत गरी उपभोक्ताका जिविकोपार्जनमा व्यवासायिक तरकारी खेतीले सहयोग गर्ने आशाको साथ यो तालिम समापन गरिएको थियो ।

गुणस्तरीय तरकारी खेतीबाट ताजा तरकारी उत्पादन गरी स्वास्थ्यमा समेत फाईदा हुने कुरा बताउनुभयो । उक्त समुहको अध्यक्ष दयालक्ष्मी श्रेष्ठ ज्यूले उपभोक्ताका बाँझो रहेका जग्गामा कुम्वुको विरुवा रोप्ने कार्य पनि चाँडै हुने बताउनु भयो । बेमौसमी तरकारी तालिम र उक्त स्थानमै होमस्थेको व्यवस्था गराउने समेत प्रतिज्ञा व्यक्त गर्नुभयो । सेतीदेवी माध्यमिक विद्यालयका विद्यार्थीलाई खानेपानीको समस्या परेको हुँदा त्यसका लागि मुहान संरक्षण गर्ने क्रममा ट्याङकी बनाउन समेत सहयोग गर्ने प्रतिबद्धता दिनुभयो । निष्कर्षमा श्री छाप देउराली सामुदायिक वनले उपभोक्ता हितको लागि विभिन्न व्यवसायिक नाफामुलक कार्यमा जोड दिएको छ । वन डिभिजन अधिकृत तुलाराम घिमिरेले राम्रो कामको थालनीको प्रशंसा गर्दै आगमाी दिन यो भन्दा प्रगति गर्दै जाने कुरामा जोड दिनुभयो । राम्रो काम गरेवापत हामीले गर्ने सहयोग गर्ने छौं उहाँले भन्नुभयो । यस श्री छाप देउराली सामुदायिक वनले वितरण गरेका अनुदान रकममा छुटेका घरधुरीलाई समेत पुर्ण छलफल पछि वितरण कार्य गर्ने कुरा यसै संगठनको अध्यक्ष दयालक्ष्मी श्रेष्ठले बताउनुभयो ।   

, , , ,
Lokpriyasamachar@. Powered by Blogger.