दलित सहभागितालाई लिएर पार्टीका बैठकहरु प्रभावित भए, रामबहादुर सुनार

लोकप्रियसमचार    सिन्धुपाल्चोक जिल्ला साविक कुञ्चोक गा.वि.स. वडा नम्बर–३ (हाल ईन्द्रावती गाँउपालिका–२) मा जन्मनुभएका रामबहादुर सुनार सिन्धुपाल्चोक दलित आन्दोलनको स्थापित नाम हो । विगत १५ वर्षदेखि सामाजिक, राजनीतिक र दलित आन्दोलनमा क्रियाशिल सुनार नेपाली समाजमा विद्यमान रहेको जातीय भेदभाबको विरुद्धमा क्रिर्यशिल त हुनुुहुन्छनै खोज, अनुसन्धान, लेखन र अध्ययनमा समेत त्यतीकै सक्रिय हुनुहुन्छ । उहाँ संग छुवाछुत मुक्तराष्ट्र घोषणा दिवसको सन्दर्भमा गरेको कुराकानी–

– छुवाछुत मुक्तराष्ट्र घोषणा भएको १३ बर्ष पूरा भएको छ यसको पृष्टभूमिबारे बताईदिनुस् न ?
देशमा श–सस्त्र दोण्ड थियो । अर्को तिर राजाद्धारा राजनीतिक दलहरु प्रतिबन्धित थिए । यसको विरुदमा राजनीतिक दलहरुको नेतृत्वमा नेपालमा दोस्रो जनआन्दोलन सुरुभयो । दद्धरत तत्कालिन नेकपा माओबादीसहितको सहभागितामा दोस्रो जनआन्दोलन सफल भएपछी राजाद्धारा विगठीत संसदललार्ई पूनर स्थापित गरिएको थियो । त्यही पूनर स्थापित संसदले देशलाई २०६३ जेष्ठ २१ गते छुवाछुत मुक्तराष्ट्र घोषणा गरेको थियो ।
– छुवाछुत मुक्तराष्ट्र घोषणाले कतिको सार्थकता पाएको पाउनुहुन्छ ?
हुदै नहुनु भन्दा यो हुनुपनी राम्रै हो तर विना आधार, विना तयारी हतारमा गरिएको यो घोषणाले जुन उदेश्य राखेर त्यो काम भएको थियो त्यसले सार्थकता प्राप्त गर्न सक्दैन र यो घोषणाले पनी सार्थकता प्राप्त गर्न सकेको छैन् । तपाई जानकार हुनुहुन्छ खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न केही आधारभूत मापदण्डहरु तय गरिएका छन् । त्यो पूरा नहुदा सम्म त्यो घोषणाहुन सक्दैन तर पनी घोसणा भएकै ठाउमा पनी त्यसको समस्या छ । तर छुवाछुत मुक्त गर्ने काम भयो यसको लागि न सरकारी तयारी छ न गैरसरकारी घोषणा गरियो तर सही अर्थमा त्यसले केही हुन सकेन आज पनी आस्यक नीति नियम कानूनकै संमेन्त्रहरुकै अभाबमा छ ।
यो घोषणा गर्नु राम्रो हुदाहुदैपनी पहिलोकुरा कुनै तयारिविनानै हतारमा गरिएको घोषणा थियो । दोस्रो घोषणा पश्चात सरकारी क्षेत्रबाट जुनखालको तयारिकासाथ अभियानहरु संचालन गर्नुपर्दथियो त्यसकालागि राज्य, राजनीतिक दल कोही अघिसरेको देखिएन । तेस्रो राज्यको यतीठूलो समस्यालाई समाधान गर्ने सवालमा गैरसरकारी र नीजि क्षेत्रहरुले पनी केही भूमिका निर्बाहगर्ने तदरुकता देखाएनन् जसलेगर्दा छुवाछुत मुक्तराष्ट्र घोषणाले जती सार्थकता पाउनुपर्ने हो त्यो पाउन सकेको पाईदैन् ।
–यसमा कमजोरी कस्को राज्य, राजनीतिकदल वा तपाई अभियानकर्ताहरुको ?
मलाई लाग्छ यो कुनै पक्षलाई दोशलगाएर हामी कसैले पनी भाग्ने ठाउ छैन् । हाम्रो समाज, हाम्रो सामाजिक संरचना, संस्कार संस्कृति यि सबैकुरालाई हेर्नेहो भने यो राज्य हाम्रो हो र यो राज्य संचालकहरु पनी यही समाजका उपजहरुहुन् । जसलेगर्दा हामी राज्यलाई मात्र दोशलगाएर पन्छिन मिल्ने ठाउ देख्दिन । र राजनीतिकदललाई मात्र दोश लगाएर पनी हुदैन राज्य या राजनीतिकदल जाहा जे जो भएपनी उनीहरु यहिसमाजका उपजहुन् । हामीले भोग्दै देख्दै आईरहेका छौं आफु जानेबुझेको, सम्भ्रन्त ठान्नेहरु नै मेरी श्रीमती कुरा बुझदिन, मेरी आमा मान्नुहुन्न, हजुर आमाको कसरी मन दुखाउनु भन्ने कु तर्क गर्दै आफ्नो घर भित्राउने आट गर्न सक्नुहुन्न । त्यतीमात्र हैन दलित सहभागितालाई लिएर पार्टीका बैठकहरु प्रभावित भएका कयांै घटनाहरु छन् । अनी यहि समाजबाट आएका मान्छेहरु न हुन राज्य संचालक, यहि समाजका मान्छेन हुन राजनीतिकदल त्यसैले मलाई त राज्य वा राजनीतिक दलकोमात्र भन्दा पनी हामी स्वयम्को पनी कमजोरी छ जस्तो लाग्छ ।
–कसरी
हामी स्वयम्ले पनी संस्थागत रुपमा यो अभियानलाई अगाडी बढाउन सकिरहेका छैनउ, यसलाई सहि निश्कर्षमा पुराउन संगठन चाहीन्छ तर हामी आफैमा संगठीत छैनउ, हिजो हामीलाई कमजोर बनाउन विभिन्न जातमा विभाजन गरेर विभाजित गराईयो तर आज हामी आफै लोभ लालचा, ठूलो बन्ने सपनाको कारण जातै पिछीका, थरैपिछिका, पार्टीनै पिछीका, ठाउनै पिछिका, लिंगनै पिछिका संघ संथाको नाममा लोभ लालचा, ठूलो बन्ने सपना बोकेर एक आपसमा फुटीरहेका छौं यसले हामीलाई झन कमजोर बनाउने निश्चित छ ।
–यसो हो भने यो समस्या कसरी समाधानहुन्छ ?
पहिलो कुरा यो समस्या कुनै एकजाती बर्ग समुदायको मात्र हैन । यो समग्र राज्यको समस्या भएकाले यसकालागि राज्य तयारहुनुपर्छ । दोस्रो भोट बैंकको रुपमा प्रयोगगर्दै आएका राजनीतिक दलहरु तयार हुनुपर्छ । तेस्रो हामी आफैपनी तयार हुनुपर्छ ।
–प्रसंग बदलौ देश गणतन्त्रमा आईसक्दा पनी किन तपाईहरु दलित दलित भनिरहनुभएको छ ?

साहानुभूति राख्ने कुरा र समानअनुभूती गर्नेकुरा  एउटै हुन्नरहेछ । जती भन्न सजिलो छ त्यती गर्न सजिलो हुन्नरहेछ । यो मेरो अनुभब हो ।
म पञ्चायतमा जन्मिय, प्रजातन्त्रमा हुर्किए र गणतन्त्र अनुभूत गरिरहेको छु । तर ब्यवस्था फेरिएपनी अबस्था फेरिएको छैन । रुपमा फेरिएको छ सारमा उस्तै छ । फरक यती हो मेरो बुबाले प्रत्यक्ष विभेदको अनुभब गर्नुभो । म अलि घुमाउरो तरिकाले विभेदमा परेको छु । बुबालाई नपढेका, नजानेका, नबुझेकाहरुले विभेद गरे तर म जानेका, बुझेका, पढेलेखेका विद्धान बुज्रुकहरुबाटै विभेदमा परेको छु । त्यसैले मुख्यकुरा ब्यबस्था हैन् अबस्था हो ।

–भन्नखोजेको ?
महिले अघिपनी भने विभेदको रुप फेरिएको छ सारमा उस्तै छ । जस्तै हिजोको प्रजातन्त्र र आजको लोकतान्त्रीक गणतन्त्रमा के फरक छ ? नेतृत्व उही छ, नेतृत्वको कार्यशैली उस्तै छ, नाताबाद, कृपाबाद, चाकडी, चाप्लुसी घटेको छैन बढेको छ । फरक यती हैन हिजो एउटा राजा थियो आज थुप्रै ठूटेराजाहरु बढेकाछन् । हिजो एउटा राजाको शोषणा थियो आज सयांै राजाहरुले शाशन गर्नथालेकाछन्  मात्र नाम फरक हो पूरानो सिसिमा नयाँ स्टिकट टासेको जस्तो ।
महिले भन्न खोजेको के हो भने दलितहरु विभेदमा परेको त अहिले मात्र हैन नी हजारौ बर्ष भयो । यस विचमा कयौ राजाहरु फेरिए, कयौ प्रधानमन्त्रि, मन्त्रिहरु बने, विभिन्न नामधारि ब्यबस्थाहरु आए खै त उनिहरुको राजनीतिक, सामाजिक, आर्थीक अबस्थामा काहाँ कहिले परिबर्तन आयो ? विभेद रहित समाजमा कहिले हास्नपाए ? ब्यबस्था फेरिदैमा अबस्था फेरिदैन अबस्था फेरिन नेतृत्वको ईच्छा शक्ति चाहीन्छ ।

–गणतन्त्रीक नेतृत्वमा पनी ईच्छा शक्ति छैन ? दलितलाई दबाएरै राख्न चाहान्छन् भन्ने आरोप लाउन खोज्नुभएको ?
आरोप हैन उहाहरुको ब्यबहार त्यस्तो छ भन्न खोजेको  । तपाईनै भन्नुस न कानुन बनाउदैमा सबै समस्या समाधान हुन्छ ? राज्यको नेतृत्वगर्ने ब्यक्तिहरु कानून बनेपछी सबै समस्या समाधान भए जस्तो गरि कानमा तेलहालेर बसिरा छन् । यसको मतलब के हो ? खुल्ला दिशामुक्त बनाउन अभियान चाहीन्छ, साक्षर बनाउन अभियान चाहीन्छ तर सदियौ देखि पछाडी पारिएको समुदायको मुक्तिको लागि राज्यले कुनै कार्यक्रम अगाडी सार्नु पर्दैन ? किस्ताबन्धि अर्थात एप्रोचको रुपमा कार्यक्रम अगाडी सारेर दलितहरुको समस्या समाधान हुदैन ? २÷४ सय घर बनाईदिएर, अन्तरजातीय विवहा गर्नेलाई पैशादिएर, २÷४ सय भक्ताबढेर वा केही सुधार उन्मुख कामगरेर समस्या समाधान हुदैन यसकालागि निरन्तरतामा क्रमभंगता ल्याउनेगरि राज्यले वृहत कार्यक्रम संचालन गर्नुपर्छ ।
–तपाईहरु यसो भन्नुहुन्छ तर उनीहरु तपाईहरु मिल्नै सक्नुहुन्न, तपाईहरु भित्रै पनी विभेद छ, तपाईहरु स्वयम् आटनै गर्नुहुन्न ? तपाईहरुले अधिकारको लागि आन्दोलननै गर्न सक्नु भएको छैन भन्नछन् के हो त साँचो कुरा ?
म त भन्छु यो नै उहाँहरुको दलित मानसिकता हो । यो उहाहरुको दलित मानसिकताको उपज हो ।
–कसरी ?
तपाईहरु मिल्नै सक्नुहुन्न तपाई भन्नुस हामी मिल्न नसक्या कि हिजोका ति शामन्तहरुले बनाएको संरचनाले मिल्न नदिएको ? मिल्नै नसक्ने गरि बनाएको संरचनालाई तोडेर याहासम्म दलितहरु आईपुगेका छन् तर यसोभनेर आरोपलगाउनेहरु हिजोकै जस्तो श्रीमती, बुढा भएका आमाबुबाले मान्दैनन भन्दै प्रतिबन्धित गर्छन् अनी तिमिहरु मिल्न सक्दैनउ, तिमिहरु भित्र विभेदछ भनेर पन्छिन पाईन्छ ? मलाई लाग्छ त्यो पाईदैन् शिक्षित तपाईहरु, यो संरचना निमार्ण गर्ने तपाईहरु, यो राज्यशत्ताको नेतृत्वगर्ने तपाईहरु अनी कसरी हामी मिल्न नसकेको विभिन्न बाहानामा मिल्न नदिने तपाईहरु अनि आरोप खेप्ने चाहि हामीहरु
अब जा सम्म आटको कुरा छ,शता, शक्ति, स्रोत तपाईहरु लिएर बस्नु भा छ कसरी आट गर्न सक्नु स्मरण गराउ २०६८ सालमा जातिय भेदभाब तथा छुवाछुत कसुर र सजाऐन २०६८ आय यता १४जना दलितहरुले छुवाछुतकै कारण ज्यान गुमाउनु परेको छ ।
अब रहयो आन्दोलनको कुरा, जाहासम्म आन्दोलनको कुरा छ नेपाली समाजका दलितहरुले छुटै आन्दोलन गरेनन होला तर नेपालमा भएका सबै जसो आन्दोलनमा ज्यान गुमाउने दलितहरु अग्र मोर्चामा रहेका छन् । याहाहरुलाई लाग्छहोला दलितहरु हामीलाई राजा बनाउन लडेकाहुन् माफ गर्नुहोला दलितहरु कसैलाई ठूटेराजा बनाउन लडेका हैनन चाहे सात साल होस वा सत्रसाल, २०४६ होस् वा ५१ वा ६२÷६३ यि सबै आन्दोलनहरुमा जीबन बलिदान गर्नेको सपना छुवाछुत मुक्त समाज निर्माण गर्नु हो , विभेद मुक्त समाज बनाउनु हो, दलितहरुले पनी मान्छे भएर बाँच्नपाउने अधिकारको सुनिश्चित गर्न हो । अब पनी आन्दोलन पुगेन भन्नु भनेको आफुले आफ्नै लागी मृत्युको आह्वान गर्नु सहरा हो तसर्थ यि मित्थ्या आरोपको कुनै तुक छैन् । 
–आफुले आफ्नै लागी मृत्युको आह्वान गर्नु सरह हो भन्नु भयो नी यो भनेको चाही के हो ?
तपाईलाई स्मरण गराउ नेपालको ईतिहासमा जतीपनी आन्दोलन हरु भए यि सबै आन्दोलनमा दलितहरुको सहभागिता, उनिहरुको योगदान, उनिहरुको भूमिका महत्वपूर्ण छ । यसले के पुष्टि गर्दछभने दलितहरु पनी आफ्नो अधिकारका लागि आतुर छन् । तर यत्रो सहभागिता, मृत्युबरण ले पनी नपुगेर फेरि अर्को आन्दोलन गर, आन्दोलन पुगेको छैन भन्ने हो भने अब केका विरुद्ध आन्दोलन गर्ने ब्यबस्था परिवर्तनका यत्रा आन्दोलनबाट दलितहरुको कुनै अबस्था फेरिनन भने दलितहरुको आन्दोलन केका निम्ति ब्यबस्था परिबर्तन पश्चातपनी फेरिननसकेको नेतृत्वको विरुद्धमा नभएर कस्का विरुद्ध गर्ने तसर्थ यो आह्वानगर्ने भनेको त्यही ब्यबस्था फेरिदापनी बदलिन नसकेका हरुप्रति हो अब आन्दोलन भयो भने यसको निसान उहाहरु तिरनै लाग्ने निश्चित छ ।
–तपाईहरुकै विचमा पनी विभेद त छ नि ?
महिले अघिनै भनिसके त विभेद छ । तर त्यो न्यूनिकरण पनी हुदै गईरहेको छ नि । हामी विचको विभेदलाई देखाएर कोही भाग्न पाउदैनन । अरुलाई होचो बनाएर आफु अग्लो बन्न कोही खोज्नु हुन्न, अर्काको खुट्टा काटेर, अर्कालाई हिलो छ्यापेर कोही भाग्न खोज्छ भने ति कातरहरुलाई राम राम भन्न मात्र सकिन्छ अरु केही गर्न सकिन्न परिवर्तनको सुरुवात आफुबाट गर्ने माहानता देखाउन सक्नुपर्छ । हामी त्यो खोजिरहेका छौं ।
–आन्तरिक विभेद अन्त्य गर्न तपाईहरुको योजना के छ ?
सर्बप्रथम अझै पनी केही मात्रामा जागरणका अभियानहरु संचालन गर्न आबश्यक छ । हामी त्यो चलाउछौं त्यही अभियान अन्तरगत रहेर विभिन्न बस्तिहरुमा पुगेर सामाजिक अन्तरघुलनका लागि चुलेभोज गर्ने अभियान चलाउछौं । यसो गर्न सक्यो भने केही मात्रमा आन्तरिक विभेद न्युनिकरण हुन्छ भन्ने अपेक्षा छ । यस अभियानमा गैर दलितको पनी भूमिका रहवस् र उहाँहरुको पनी यो अभियानमा साथ रहेको हेर्ने अपेक्षा छ ।
–दलित भन्नुहुन्छ सामाजिक सुरक्षा भक्ताहरु लिनु हुन्छ यसले के सन्देश जान्छ ?
पहिलो कुरा सामाजिक सुरक्षा भक्ता दलितहरुले लिनेकुरा छ त्यो दान हैन । यो त अधिकार हो । सयौं बर्षदेखि छुवाछुतको मारमा परेका दलितहरुको निम्ती यो क्षेतिपूर्ती हो । जसले गर्दा यसको विरोध गर्नु वा यस्ता कुरा गर्नुको कुनै तुक छैन् । दलितहरुलाई हजारौं बर्षदेखि पछाडी पारिएको छ । जसले गर्दा उनीहरु अन्य समुदायको तुलनामा पछाडी छन् । एउटा कमजोर मान्छे र बलियो मान्छेलाई एकैसाथ दौडाउने हो भने बलियो मान्छे अगाडी पुग्छ तसर्थ सकारात्मक विभेदको नीतिअनुसार यो अभियान थालीएको हो यसमा कसैले मन खुम्चाउन आबश्यक छैन र मन खुम्चाउन हुन्न । 
–दलित भन्ने कि नभन्ने तपाईहरुकै विचमा पनी विभेद छ नी ?
विभेद हैन बहसको विषय बनेको छ । यसलाई बहसको विषय बनाउन त पाईयो नी । बहस हुदा कसैले पक्षमा भाग ले ला कसैले विपक्षमा यसलाई अझ बृहत बहस गरेर अगाडी बढ्नु पर्छ ।
–तपाई के भन्न रुचाउनुहुन्छ ?
मलाई भन्नुहुन्छ भने मलाई दलित भनेको ठीक लाग्छ । किनकी हामी खोजेको समाज दलित भन्ने कि नभन्ने, भन्ने होईन हामीले खोजेको समाज दलित भएरै पनी मानब भएर बाँच्न पाईयोस भन्ने हो । मान्छेर मान्छेको विचमाविभेद न होस भन्ने हो । हामीले मानब अधिकारका कुरा गरेका हौं त्यसैले मलाई लाग्छ दलित भनियरै पनी मानब भएर बाँच्ने अधिकारको कुरा सुनिश्चित गर्नु छ त्यसकराण पनी बेठीक हो भन्ने लाग्दैन् ।
–जातिय विभेद अन्त्य गर्न गैरदलितको भूमिका के हुनुपर्छ ?्
जातीय भेदभाब कुनै जाती वर्ग वा समुदायको मात्र समस्या हैन् । यो समग्र राज्यको समस्या हो । राज्यको समस्यामा दलित, गैरदलित सबैको सहकार्य र एकाताको आबश्यकता हुन्छ । म त ठान्छु दलितको समस्या मा सबैभन्दा बढी गैरदलित नै संबेदनशिल हुनु आबश्यक छ । यदि यो समुदायले छुट्टै आन्दोलन गर्ने अबस्थाआयो भने त्यस्को पहिलो निसाना त फेरिपनी अन्य समुदायनै हुने हो । देशको १३ प्रतिसद जनसंख्या ओगेटेको यो समुदाय आन्दोलीत हुनुपर्ने अबस्थाआउदा परिनामपनी गम्भीर खालको हुन्छ तसर्थ  सबैको सहकार्य, सहमती र एकताको माध्यमबाट मात्र यो आन्दोलन सफल हुन्छ र सबैको भूकिा त्यतीकै महत्वपूर्ण हुन्छ ।
–अब तपाईहरुको योजना के ?
अब देशमा विभिन्न खाले आन्दोलनहरु संगै विभिन्न खाले ब्यबस्था परिवर्तन भएर गणतन्त्रमा आईपुगेका छौं ।याहा सम्म आईपुग्दा धेरै दलितहरुले जीवन बलिदान पनि गरेका छन, अंगभंग भएका छन् । यसको एउटै उदेश्य सभ्य र समता मूलक समाजको निर्माण हो । यसर्थ विद्यमान कानूनी ब्यबस्थालाइ आत्मसाथ गर्दै ब्यबहारीक कार्यन्वायनको निम्ती आन्दोलन गर्ने हो । हामी चाहान्छौ शान्ती पूर्ण तबरबाटै यो समस्याको हल होस् । त्यसकालागि सबै नागरिकसमाज, राजनीतिकदल, बुद्धिजिवी, पत्रकार, शिक्षक लगाएत समपूर्ण समुदायलाई यो अभियानमा सहभागि गराउदै यो अभियानलाई निश्कर्षमा पुराउनुपर्छ ।
–अन्त्यमा केही भन्नु छ कि ?
हाम्रो समाज, संस्कार, संस्कृति, परम्परा, रितिरिवाज सबै हिजोको सामन्तवादी संस्कारबाट अगाडि बढीरहेको छ । निति परिवर्तन भएको छ नियत परिवर्तन हुनसकिरहेको छैन ।
र पनी यो दलित भन्ने समस्या कुनै एउटा बर्ग, समुदाय, जातीको मात्र हैन समग्र राज्यको समस्या हो । तसर्थ राज्यको समस्यालाई समाधान गर्न राज्यनै संवेदनशिल हुनुपर्दछ । त्यसका अलबा सम्बन्धित निकायको पनी ध्यान जान जरुरी छ । यस समस्या समाधनको लागि सम्पूर्ण नागरिकसमाज, राजनीतिकदल, बुद्धिजिवी, पत्रकार, शिक्षक लगाएत सम्पूर्णमा सहयोग अपेक्षा गर्दछु ।
अन्त्यमा यो अबसर दिनुभएको मा लोकप्रिय समचार दैनिक परिबारलाई हार्दिक धन्यबाद ब्यक्त गर्दछु ।



, , , ,
Lokpriyasamachar@. Powered by Blogger.