चौतारा बसपार्क सरसफाई अभियान


सिन्धुपाल्चोक
सरसफाई सप्ताह २०७६ (२२ जेष्ठ देखी २८जेष्ठ) को अवसरमा जेष्ठ २६ गते जिल्लाको सदरमुकाम चौतारा स्थित बसपार्कमा सरसफाईको  कार्यक्रम सम्पन्न भएको छ । जिल्ला स्तरिय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिको आयोजनामा आयोजित उक्त कार्यक्रममा  जिल्ला समन्वय समिति , सरसफाई डिभिजन कार्यालय, नेपाली सेना, ससस्त्र प्रहरीको साथै जिल्लामा कार्यरत गैरसरकारी संस्था सेवक नेपाल, जनहित ग्रामिण सेवा समिति, सिडिइसिएफ् , बसपार्क टोल सुधार समिति र सुआहारा सहित स्थानियवासीको सक्रिय सहभागिता रहेको थियो ।


“संघ, प्रदेश र स्थानिय सरकार, पुर्ण सरसफाई समृद्धीको आधार” नारा सहित जेठ २२ देखी २८ गते सम्म्म लाई राट्रिय सरसफाई सप्ताहको रुपमा विविध कार्यक्रम गरी  मनाइरहेको छ । यसै अवसरमा गरिएको बसपार्क सरसफाई कार्यक्रममा उपस्थित सम्पुर्णले बसपार्कमा रहेको फोहोर लाई संकलन गर्नुका साथै स्थानियबासीमा फोहोरलाई उचित ब्यवस्थापनको लागी सल्लाह पनि प्रदान गरिएको थियो ।
 बसपार्क सरसफाई कार्यक्रम पश्चात बोल्दै जिल्ला समन्वय समितिका उप प्रमुख बालकुमारी सापकोटाले सरसफाई भयो भने मात्र सुखी र स्वच्छ हुन सकिन्छ र सरसफाईले पनि समृद्ध नेपाल बनाउन सहयोग गर्ने बताउनुभयो । साथै वसपार्क सफा राख्न सेवक नेपालबाट भएको  सामाग्री सहयोगका लागी धन्यबाद ब्यक्त गर्नुभयो ।
उक्त कार्यक्रममा बजार सरसफाईको लागी सेवक नेपाल बाट सरसफाईका सामाग्रीहरु कुचो, डस्टविन लगाएतका सामाग्री उप प्रमुख मार्फत बसपार्क टोल सुधार समितिलाई हस्तान्तरण समेत गरेको थियो । सेबक नेपालको  ब्यबस्थापकिय सहयोगमा भएको उक्त कार्यक्रमा सेवक नेपालका  जिल्ला कार्यक्रम प्रबन्धक पूर्ण पूरीले कार्यक्रममा बसपार्क सरसफाई कार्यविधी तयार गरी सम्बन्धित समितिले कार्यान्वयनमा ल्याउने तयारीमा रहेको,  सरसफाईको कार्यलाई अबको दिनमा स्थानियले महत्वका साथ लिनुपर्ने र सरसफाई र स्वच्छताको क्षेत्रमा ब्यवहार परिवर्तन गर्न  सेवक नेपालले जिल्लाका ९ वटा स्थानिय तहको ३३ वडामा  कार्यक्रम संचालन गरिरहेको जानकारी समेत दिनुभएको थियो ।

, , , , , ,