बिबाहभोजका कारण१३२ बिरामी


लोकप्रिय समचार सिन्धुपाल्चोक जिल्लाको  बलेफी गाउँपालिकावडा नं ५ स्थित विञ्जेल मुलाबारी भन्ने ठाँउमा झाडापखलाको कारण १३२ जना बिरामी परेका छन । झाडापखलाको महामारी फैलिएपछी गाँउपालीका का अध्यक्ष केदार क्षेत्रीले कुनै पनी नागरिकको उपचारका कमीका कारण  ज्यान नजाओस भन्दै तत्काल उपचारको ब्यबस्था गरेको र पालीककै खर्चमा एम्बुलेन्स तथा उपचारखर्चको समेत ब्यबस्था गर्नु भएको थियो  । झाडापखलाका कारण एकै गाउँका १३२जना  बिरामी भएका कारणको खोजी भइरहेको छ  । शुक्रबार स्थानीय गोपीकृष्ण भुजेलको छोरीको विवाह थियो । त्यही बिहेको भोज खाएपछि यो महामारी देखा परेको बताइएको छ ।
झाडापखलाका कारण विरामी भएका १जनालाइ  काठमाण्डौमा उपचार गराइरहेको छ भने १३१जनाको उपचार भइ घर फर्केको समेत अध्यक्ष क्षेत्रीले जानकारी दिनु भएको छ ।   भक्तपुरबाट आएको जन्ती पनी फर्केर भक्तपुर गए पछी बिरामी परेको कारण फुडपोइजन भएको अनुमान गरिएको हो । शुक्रबार भएको बिहे भोज खाए पछी शनीबार देखी बिरामी परेका बिरामीहरुलाइ उपचार गराउँनका लागी गाँउपालीकाका अध्यक्ष क्षेत्री सहित वडाअध्यक्ष बिकाश श्रेष्ठ जल्बीरे स्वास्थ्यकार्यलयका डा. पिताम्बर, संन्दीप , फुल्पीङ्ग डाँडाका स्वास्थ्य कर्मीहरु लगाएत स्थानीय स्वास्थ्यकर्मीहरु खटेका थिए । बिरामी परेको खबर प्राप्त गर्न साथ स्वास्थ्यकार्यलय सिन्धुपाल्चोकबाट  चिकीत्सकका टोली खटाइएको डा पोमावती थापाले बताउँनु भयो । स्वास्थ्य कार्यलयबाट स्वास्थ्य शिक्षा अधिकृत शुशील ढकालका साथै डाक्टर प्रतिक ज्ञवाली , तपस्या भुषाल, ल्याबका प्रबणि कुमार महत्व स्वास्थ्यकार्यलयका पुस्कर थापा लगाएत गएको स्वास्थ्य कर्मीहरुले १०१जनाको उपचार गरेको शुशिल ढकालले जानकारी दिनु भयो । स्थानीय मुलाबारमिा ५जना बालबालीका ५५जना महीला र ४१जना पुरुषको उपचार गराइएको बताउँदै ढकालले पानी परेको कारण फोहोर पानी र फुड पोइजन भएकाले झाडा पखला लागेको र स्वास्थ्य कर्मीहरुका साथै गाँउपालीकाका पदाधिकारीहरुले समयमा नै उपचारको ब्यबस्था गराएर मानबीय क्षेती हुन बाट बचाएकोमा त्यस प्रती स्थानीयहरुले  प्रशंशा गरेका छन ।

, , ,
Lokpriyasamachar@. Powered by Blogger.