सडकका लागि पैरवी बैठक



लोकप्रिय समाचार
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसेमा ग्रामिण तथा कृषि सडक निर्माणका लागि पैरवी गर्न बाह्रबिसेमा समन्वय बैठक भएको छ । उक्त बैठकमा सिन्धुपाल्चोक जिल्लाको १२ स्थानिय तह मध्ये बाह्रबिसे नगरपालिकाका १ देखि ९ वडाका जनप्रतिनिधी, वडा सचिब, राम्चे स्थानिय सभाका प्रतिनिधि, सरोकारवाला र सडकबाट प्रभाबितहरुको उपस्थिती थियो ।
समन्वय बैठकमा बाह्रबिसे नगरप्रमुख निमफुन्जो शेर्पालाई बुझाइएको ग्रामिण सडक सम्बन्धी ध्यानाकर्षण पत्रको बारेमा पुनः जानकारी गराउनुको साथै थप छलफल गरेको थियो । बाह्रबिसे नगरपालिका भित्र रहेको ग्रामीण तथा कृषि सडकको एकिन तथ्यांक छ वा छैन भन्ने बिषयमा छलफल हुँदा जनप्रतिनिधहरुले संख्या भएता पनि सडकको क्षेत्रफल लगायत अन्य बिबरण नभएको जानकारी गराएका थिए ।
बैठकमा राम्चे स्थानीय सभाका संयोजक उद्वव तिवारिले सभाले उठान गरिएको विभिन्न सवाल मध्ये स्वास्थ्यका सवाल सम्बोधन भएको र सडक सम्बन्धी सवाललाई स्थानिय सभाले उठान गरि बाह्रबिसे न पा (९ का सडकको तथ्यांक र सामुदायिक सारथीले तयार गरेको प्रमाणमा आधारित सहभागितामुलक अनुसन्धान प्रतिबेदन प्रस्तुति गर्नु भएको थियो ।
यसै गरि बाह्रबिसे न.पा–९ का वडा सचिब दुर्गा भण्डारीले यो पैरवी कार्यको लागि सबै वडामा बहस चलाउनु पर्ने भनाई राख्नु भएको थियो । समन्वय बैठकमा वडा नं. ९ का अध्यक्ष सुरज लामाले कानुनी प्राबधानको बिषयमा राम्रो जानकारी अभाबले गर्दा नागरिकको हितमा गरिने कार्यमा पछि परेको जानकारी बैठकमा गराउदै कानुनमा उल्लेखित यस बिषयमा पछि नहट्ने जिकिर गर्नु भएको थियो ।
युएसएआइडी को सहयोग र एफएचआइ ३६० को सहकार्यमा सामुदायिक सारथीले सिन्धुपाल्चोकमा संचालित नागरिक समाजस्पारस्परिक जवाफदेहिता परियोजनाको आयोजना र सहजीकरणमा संचालित बैठकमा सारथीका कार्यकारी निर्देशक तारा बहादुर भण्डारीले  ग्रामीण सडकलाई पैरवी कार्य गर्न नेपालको संविधान, सडक बोर्ड ऐन २०३१, ऐन कानुन नीति, नियम, कार्यबिधि र स्थानिय सरकार संचालन गर्न गर्न बनेको स्थानिय सरकार संचालन ऐन २०७४ को अनुसुचीमा ३ मा उल्लेख गरिएको ब्यबस्था, प्राबधान र अधिकार बारेमा जानकारी दिनु भएको थियो

, , , , ,