लोकप्रिय समचार भोटेकोशी गाउँ पालीकाले पालीकामा रहेको २९वटा बिद्यालयलाइ मर्ज गरेर बढीमा १६वटा बनाउँने घोषणा गरेको छ । पालीकाका प्रमुख राजकुमार पौडेलको अतिथ्यतामा भएको भोटेकोशी शैष्ीक सम्मेलनले उक्त घोषणा गरेको हो ।मंङ्गलबार सम्पन्न भएको सम्मेलनलेगाउँपालिकाका सबै विद्यालयलाई प्रारम्भिक बालशिक्षाका लागि अत्याधुनिक बालमैत्री भौतिक पुर्वाधार तथा शैक्षिक जनशक्ति व्यवस्थापन गर्ने लक्ष्य सहित यस वर्ष ९ ओटा विद्यालयलाई आवश्यक भौतिक पुर्वाधार तथा दक्ष शैक्षिक जनशक्तिको व्यवस्था गरी शुरुवात गरिने,आधारभुत तथा माध्यमिक विद्यालयमा गुणस्तरीय, प्रावधिक, जीवनपयोगी तथा प्रविधिमैत्री निःशुल्क शिक्षा प्रदान गर्ने लक्ष्य अन्र्तगत भिन्नभिन्नै माध्यमिक विद्यालयलाई कृषि तथा जडिवुटि, पर्यटन र व्यापार अध्ययनको लागि आवश्यक भौतिक पुर्वाधार निर्माणको शुरुवात गरिनेछ । आगामी वर्षदेखि सबै शिक्षकले ल्यापटपबाट पढाउन सक्ने गरी क्षमता अभिवृद्धि गरिने, आफ्नै लागि आफ्नै श्रम अभियानको रुपमा एक बाल एक गमला एक वयस्क बाल २ आना जमिन, एक किशोर १ रोपनी जमिन सहित हरेक विद्यार्थीलाई उत्पादनमा सहभागि गराई १२ कक्षा पास हुने अवधिसम्म कम्तिमा २ रोपनीसम्म जमिनमा आफैं उत्पादन गर्न सक्ने क्षमता एवं श्रम र माटो प्रतिको माया जगाउने कामको थालनी गरिने ,विद्यालय हाम्रो वातावरण र संस्कृतिको नमुना हो ।
शिक्षक तथा बिद्यार्थीले गर्ने खोज अनुसान्धानका प्राप्तीलाइ गाँउबिकाशका लागी सदुपयोग गर्ने गरी पालीका भित्रको सम्पदा खोजलाइ प्रोत्साहन गरिने लगाएतको घोषणा गरिएको छ । घोषणा समापनमा बोल्दै अध्यक्ष पौडेलले पालीकाका सबै नागरिकहरुले उच्च शिक्षा हासिल गर्न कुनै पनी समस्या भोग्न नपरोस भनेर पालीका लागी परेको बताउँनु भयो । उँहाले पालीकाका मानीसहरु शिक्षीत भए भने बिकाशका कामहरु ले गती लिने बताउँनु हुदै समृद्ध र पहिचानसहीतको लोकप्रियताका लागी शिक्षको बिकाश पहिलो प्रथमिकतामा रहेको बताउँनु भयो ।