पिडामाथि पिडा सहदै सुकुम्बासी


विनासकारी भूकम्पको पिडा जिल्ला बासी सबैका लागि समान रह्यो । सबैले आफ्ना घर गुमाए, आफन्त गुमाए र  क्रमस आफ्नो बुताले घर ठडाए । तर भूकम्प गएको ४ वर्ष वितिसक्दा भूमिहिन सुकुम्बासी भने अझै राज्यले कहिले आपूm सुकुम्बासी हो भन्ने प्रमाणित गर्ला अनि आफ्नै नामको माटोमा घर बनाउँला भनेर कुरी रहेका छन् ।

सिन्धुपाल्चोक लगायत भूकम्प अति प्रभावित जिल्लामा रहेका सुकुम्बासी तथा भूमिहीनका लागि जग्गा खरिदका लागि २ लाख अनुदान दिने निर्णय राष्ट्रिय पुनर्निमाण प्राधिकरणले गरेको थियो ।
सिन्धुपाल्चोक जिल्लामा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालद्वारा सञ्चालित  भूकम्पछिको पुनर्निमाण र पुनस्र्थापनामा सदाचार कार्यक्रम अन्र्तगत हिजो मेलम्चीमा भएको छलफल कार्यक्रम अधिकांस उपस्थितले पटक पटक कागजपत्र मागि लगेको लामो समय वितिसक्दा पनि सुनुवाइृ नभएको प्रति आक्रोस पोखेका थिए । राज्य यति लामो समय सम्म पनि यसबारे चासो नदिनुले सरकार भुकम्पपिडित सुकुुम्बासी प्रति सकारात्मक नभएको आरोप समेत लगाए । मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा भएका भूमिहिन सुकुम्बासीहरुसंग गरिएको छलफलमा सहभागि एक सिता तामाङ्गले भूकम्पअघि सार्वजनिक स्थानमा बस्दै आएको र भुकम्पपछि सो स्थानमा बस्न नदिएकोले हाल मासिक ३ हजार तिरेर जग्गा भाडामा लिएर बस्नुपरेको दुखेसो पोख्नु भयो । आफू अपाङ्ग समेत भएकोले थप पिडा थपिएकाले अनुदान सम्बन्धी प्रकृया बारे छिटो निर्णय गर्न सम्बन्धित निकायलाई आग्रह समेत गर्नुभयो । कार्यक्रममा बोल्दै मेलम्ची नगरपालिका वडा न १० का वडाध्यक्ष  भक्त बहादुर खड्काले राज्यले गरेका भूमिहिनको परिभाषा र यहाँको परिवेश बारे एकरुपता नआएकोले यसलाई व्याहारिक बनाउन समेत आग्रह गर्नुभयो । कार्यक्रमका प्रमख अतिथि मेलम्ची नगरपालिकामा उपप्रमुख भगवति नेपालले हामी जनप्रतिनिधिको भूमिका यस बारेमा अत्याधिक भएको बताउनु भयो । उहाँले नगरपालिकाले   यस बारेमा निकै अघि नै कार्यपालिकाले निर्णय गरि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणकरणलाई यस बारेमा ध्यानाकर्षण समेत गरिएको बताउनु भयो । सिन्धुपाल्चोकको पुनर्निमाण प्रकृयामा यस्ता भुमिहिन सुकुम्बासीको बारेमा आवाज कम उठेकाले सो विषयमा छलफल चलाई सम्बन्धित निकायको ध्यानाकषर्ण गरिने समेत परियोजनाका जिल्ला अधिकृत उमेश विश्वकर्माले जानकारी दिनुभयोे ।

, ,