मेगा बैंकको सहयोगमा बिपन्न परिवारकी छात्रालाई छात्रावृत्ति प्रदान


राधिका गिरी
चौतारा साँगाचोकगढी नगरपालिकामा रहेको चौतारा शाखा मेगा बैँक लिमिटेडले विपन्न परिवारकी छात्रा लाई छात्रवृत्ति प्रदान गरेको छ । कृष्ण रत्न गंगा मा.वि विद्यालयमा अध्यनरत आर्थिक विपन्न परिवारको छात्रा छनोट गरी कक्षा ५ मा पढ्ने छात्रा लाई छात्रवृत्ति प्रदान गरेएको छ । उक्त कार्यक्रम श्री कृष्ण रत्न गंगा मा.वि मा भएको थियो । एक छात्रा लाई कक्षा ५ देखि १२ सम्म लाग्ने खर्च मेगा बैँक लिमिटेडले व्यहोर्ने छ । पठन–पाठन मा आएका समस्यालाई उक्त बैंकले हल गर्नेछ । उक्त कार्यक्रम कुनै पनि महिलाले आर्थिक समस्याबाट वञ्चीत भई पठन–पाठन मा आएको समस्यालाई हटाउन यस्तो कार्यको थालनी भएको हो ।

यसै मेगा बैँक लिमिटेड चौेतारा शाखा प्रबन्धकज्युले हाम्रो बैंक वित्तिय कारोवारमा मात्रै सिमित नभई समाजको विकास को लागि पनि सहयोगार्थ रुपले अगाडी बढ्ने कुरा बताउनु भयो । हाम्रो सुरुवात यस कार्यबाट भएको कुरा बताउनु भयो । पृथक वित्तिय समावेशितालाई आत्मा साथ गर्दै समग्र अर्थतन्त्रको विकास होस् भन्ने पक्षमा रहेको हुँदा यसलाई निरन्तरता दिने प्रतिवद्धता गर्नुभयो । आर्थिक समस्याको कारण अध्यनलाई अगाडि बढाउन नसक्ने हुँदा हामीले गरेकोसानो सहयोग बाट महिलालाई ठुलो अवसर जुटने र देशमा शिक्षित र दक्ष व्यक्तिको उत्पादन गर्ने सहयोग हुने कुरा बताउनु भयो । यसै अबसरमा चौतारा सागाँचोकगढी न.पा ५ पुरानो बजार घर भई कृष्ण रत्न गंगा मा.वि की कक्षा ५ मा अध्यनरत छात्रा श्री मेनुका श्रेष्ठलाई सो सेवा प्रदान गरिएको थियो । उहाँको परिवार आर्थिक विपन्न आम्दानीको स्रोत नभएको, आमाको स्वास्थ्यमा समस्या र बुबापनि लेबर काम गरी जिविकोपार्जन गर्ने भएको हुँदा उहाँलाई सो छात्रावृित्तको आवश्यकता महशुस गरि सो सेवा उनीलाई प्रदान गरेका हौं बैंकका प्रबन्धकले भन्नु भयो । हामीले छनौट गरेका विद्यार्थी पढाईमा उत्कृष्ट हुनुपर्ने र उसको परिक्षा नतिजा पनि हामी आफैले हेर्ने छौ भन्नु भयो । यदि पढाई को नतिजा नराम्रो भएमा अर्को व्यक्तिको छनौट गर्ने सक्ने बताउनु भयो । आगामी दिन हरुमा सामाजिक क्षेत्र लाई पनि विशेष जोड दिई अगाडी बढ्ने छौं भनि बताउनु भयो ।

, , , , ,
Lokpriyasamachar@. Powered by Blogger.