विवाद समाधानका उत्तम उपाय मेलमिलाप


लोकप्रिय समाचार
मेलमिलाप पद्धतिको प्रक्रिया र सिदान्त महत्वपुर्ण भएकोले यसको बिकास मार्फत समाजमा दिगो शान्ती स्थापना गर्ने उद्देश्यले एसिया फाउडेशनको आर्थिक तथा प्राविधिक सहयोगमा प्राकृतिक स्रोत द्धन्द्ध रुपान्तरण केन्द्र नेपालले २०७२ साल देखि सिन्धुपाल्चोक जिल्लामा यसको प्रभावकारी प्रयोग मार्फत ९०५ जना मेलमिलापकर्ताको माध्यमबाट बिभिन्न किसिमका १९७० बिवाद सहजिकरण गरि यसको प्रभावकारी प्रयोग गरिरहेको छ । यति खेर स्थानिय तहको बिद्यायिकी कार्यकारीणी र सबै स्थानिय बिवादहरुमा न्यायिक समितिको सक्रियता बाट बिवाद समाधानगरि बिवादको बस्तुगत निरुपण गरिनु जरुरि देखिन्छ । त्यसैले  मेलमिलापका आधाभुत सिदान्तको अवलम्बन गरि मेलमिलापकर्ताले बिवाद समाधान गर्ने तर्फ हामि सबैले ध्यान दिई मेलमिलापबाट समाधानगर्ने कुरालाई पहिलो स्तरको न्यायको रुपमा बिकाश गर्नु पर्दछ ।
नेपाल एक बहुभाषिक एँव बहुुसाँस्कृतिक मलुक हो । यस पहिचानले मान्यता प्राप्त गरेको छ बिभिन्न समुदायकको बिविधताले द्धन्द्धलाई बढन सक्ने देखिन्छ ।

यस किसिमको समाजमा परम्परा देखि नै बिवाद समाधान गर्ने आफनो रैथाने पद्धति पनि प्रचनलनमा रहेको छन् साथै राज्यले विवाद समाधानको लागि बिभिन्न न्यायिक निकायको खडा गरि विवाद निरुपण गर्ने अ‍ैपचारिक मान्यता दिएको छ । यि र यस्ता निकायबाट बिवाद समाधान हुदा जित हारको को अवस्था रहन्छ । यस किसिमको अवस्थाको हार्ने पक्षले अपमानित बोध गर्देछ भने जित्ने पक्षले जित्ने उपाएको खोजिमा लागि बिवादको अन्त हुन दिदैन । बिवादको दिगो समधान र दुवेै पक्षको जित –जिततको महसुस गर्ने हाल मेलमिलापको पद्धतिको बिश्वभर प्रचलनमा रहेको छ । साथै यसको प्रयोग  नेपालमा पनि भईरहेको छ । नेपालको २०७२ सालमा सविधान जारि गरि स्थानियतहलाई बिवाद सामधानको न्यायिक निकायको रुपमा स्वीकार गरिएको र मेलमिलापलाई बिवाद समाधानको महत्वपुर्ण पद्धतिको रुपमा आत्मसात गरेको छ । साथै सबिधानमा आधारित रहेर स्थानिय सरकार सञ्चालन ऐन २०७४  ले वडा तह सम्म स्थानिय बासिन्दाले वडामा रहेको मेलमिलाप केन्द्रबाट सेवा प्रयोग गर्ने अवसर प्राप्त गरेको छ । यस्ता किसिमका अधिकारलाई एकरुपता कायम गर्ने मेलमिलाप ऐन २०६८ र नियमावालि २०७० मेलमिलाप परिषद तथा जिल्ला मेलमिलाप अनुगमन समिती जस्ता निकायको गठन समेत गरिसकेको छ । साथै स्थानिय न्यायिक समितिले हेर्न पाउने सुचिमा मेलमिलापको माध्यमबाट बिवाद समाधान गर्ने भन्ने बिषयले झन यसलाई स्तरिकरण गरि मेलमिलाप प्रक्रिया मार्फत बिवाद समाधन गर्नुपर्दछ ।  साथै मेलमिलाप भनेको पक्षहरुले मेलमिलापकर्ताको सहजिकरणमा बिवाद  समाधानगर्ने पद्धति हो जँहा मेलमिलापकर्ता सहजकर्ता निष्पक्ष र तटस्थ तेस्रो पक्षको रुपमा रहि बिवादको बिषय र समस्या पहिचालन गर्ने बिवादका पक्षको दाबि वा माग के हो बुझि उनिहरुरुको भित्रि चाहाना पत्ता लगाउने पक्ष का हित र चाहना पुरा हुने समस्याका उपायहरु खोज्न बिवादका पक्षलाई मदत गर्ने कार्य नै मेलमिलाप हो भन्ने मुल उद्देश्यलाई आत्मसात गरी प्राकृतिक श्रोत द्दन्द रुपाण्तरण केन्द्र नेपाल सिन्धुपाल्चोक ले मेलमिलापको सिद्दान्त, प्रयोग र प्रभावकारीता विषयक कार्यपत्र प्रस्तुत गरी मिति २०७६ आषाढ १६ गते चौतारामा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ र यस वर्ष समेत संचालन गरिने कार्यक्रमको कूल बजेट रु ८६ लाख ९३ हजार ५ शय ८६ रहेको संस्थाका जिल्ला कार्यक्रम संयोजक ठाकुर राम चौलागाईले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला अदालतका न्यायधिस टिकाराम अचार्य ले विवाद आफैमा सानो ठूलो हुँदैन सुरुवातमा नै समाधान गर्नुपर्ने भएकाले वडा वडा बाट विवाद समाधान भएकाले कार्यक्रम उपलब्धिमूलक भएको बताए । कार्यक्रमका विषेष अतिथि जिल्ला समन्वय समिति उप प्रमुख बाल कुमारी सापकोटा ले सरकारको काममा सहयोग गरेको साथै समुदायमा परम्परागत रुपमा समाधान हुने प्रक्रियामा हार जित हुने भएपनि यस प्रक्रियामा जित जितको महसुस हुने भएकाले स्थानिय सरकारहरुले बजेट समेत विनियोजन गरेको र जि स स बाट यसका लागी जिल्ला समन्वय समिति समन्वयकारी भूमिका निर्वाह गर्ने बताइन । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरिक्षक लगायत अन्य जिल्लाका कार्यलय प्रमुख सहितको उपस्थितीमा सम्पन्न भएको थियो  ।

, , , ,
Lokpriyasamachar@. Powered by Blogger.