कुखुरालाई रानीखेतको खोप लगाउँदै जुगल र हेलम्बु


राधिका गिरी
लोकप्रिय समचार
सिन्धुपाल्चोक जिल्ला सुआहाराले हेलम्बु गाउँपालिका र जुगल गाउँपालिकाका कुखुरा पालकहरुलाइ उर्जा प्रबाह गर्नका लागी रानीखेत बिरुद्ध खोप दिएको छ। पालीकाहरुको साझेदारीमा भएको उक्त खोप कार्यक्रमबाट  हजार दिनका आमाहरुलाइ पौष्टीक आहार खुवाउँनमा मद्धत पुग्ने उद्धेश्यले यो खोप लगाउँन थालीएको हो ।

पशुविज्ञ केन्द दोलखा को बिशेष सहयोगमा भएको कुखुरालाइ रानीखेत रोग बिरुद्धको खोप लगाइसके पछी कुखुराले अण्डा पनी बढी हुने  र मासु  पनी बढ्ने र स्वस्थ हुने कुरा  बिज्ञकेन्दै दोलखाका प्रमख निशान शर्मा ले बताउँनु भएको छ ।  हेलम्बु र जुगल गाउँपालिकामा पालिंदै आएका स्थानीय जात तथा उन्नत जातका कुखुराहरुलाइ रानी खेत विरुद्धको रोगलाई न्यूनिकरण गर्न तथा कुखुराको उत्पादन वृद्धि गरी अण्डा र मासुको उपभोग बढाई समुदायमा रहेका हजार दिनका गर्भवती तथा दुई वर्ष मुनिका बालबालिकाको पोषण सुधार ल्याउनमा यस कार्यक्रमले सहयोग पु¥याउँने छ ।
खोप अभियान  कार्यक्रम सञ्चालन गर्नका लागि आवश्यक पर्ने जुकाको औषधी र रानी खेत विरुद्धको खोप दिन पशुविज्ञ केन्द्र दोलखाले  सहयोग उपलब्ध गराएको   । हेलम्बु गाँउपालीकाका प्रमुख निमाग्याल्जेन शेर्पाले पालीका भित्रका हरेक नागरिकलाइ स्वस्थ्य र स्वच्छ रहन सुआहाराले गरेका हरेक अभियान प्रशंसनिय रहेको बताउँदै यो अभियानले झन राम्रो गरेको बताउँनु भयो ।  त्यसैगरी समुदायमा जनचेतना पु¥याउना लागि सुआहारा कार्यक्रमबाट भएको यस अभियानबाट आफ्नो पालीकामा पोष्टीक आहाराका लागी धेरै सहयोग पुगेको बताउँदै जुगल गाँउपालीकाका उप प्रमुख श्रृजना तामाङ्गले सुआहारा कार्यक्रमले बिशेष गरि हजारदिनका आमाहरुको स्वास्थ्यका बारेमा चासो राख्ने गरेकोमा आफुलाइ र पालीकाका आमाहरुलाइ खुशी लागेको बताउँनु भयो ।  उँहाले बिभिन्न जातका कुखुरालाइ रानीखेतरोगका बिरुद्ध खोप लगाइदिएर कुखुरा पालकलाइ ठुलो सहयोग गरेको बताउँनु भयो ।   त्यसै गरी हेलम्बु गाउँपालीकाका  पशु शाखा प्रमुख तोप बहादुर बरुवाल ले पालीका भित्रका हरेक कुराखालाइ स्वस्थ स्वस्छ राख्न सुआहाराले गरेको यो अभियानलाइ  सबैले सहयोग गर्न पर्ने बताउँनु भयो । सुआहाराले खोप लगाउने अभियान मिति २०७६ साल असार १५ गतेदेखि शुरु गरेको हो । यो अभियान  असार ३० गतेसम्म सञ्चालन हुने छ । स्वच्छ र सफा मासुको उपभोग बढाई हजार दिनका गर्भवती आमाहरुलाई पोषणयुक्त खाना उपलब्ध गराउने र कुखुराहरुमा लाग्ने रोगबाट बचाउनको लागि यो  कार्यक्रम सञ्चालन भएको हो । घरायसी खाद्यान्न उत्पादन अधिकृत श्री हिक्मत राज उपाध्यायका अनुसार  स्थानीय जातका कुखुरा साकिनी, घाँटी खुइले, प्वाँख उल्टे र उन्नतजातका , निउमहमसार ब्यालक अष्ट्रेलप, गिरिराज आदि उन्नत जातका कुखुराहरुलाई समेत खोप लगाइरहेको छ । यो अभियान हाललाइजुगल गाँउपालीकामा दशहजार र हेलम्बु गाँउपालकिामा दशहजार गरी बिस हजार कुखुरालाइ जुकाको औषधी सहीत रानीखेत बिरुद्धको खोप लगाउँने योजना रहेको समेत उपाध्ययले जानकारी दिनु भयो । 

, , , , , , ,