जनप्रतिनीधीले स्थानीयको चाहानाअनुसार काम गर्न पर्ने ःबस्नेत






लोकप्रिय समचार स्थानीय सरकारले स्थानीय नागरिकको चाहाना अनुसार काम गर्न पर्ने  नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसञ्चारमन्त्री मोहनबहादुर बस्नेतले  बताउँनु भएको छ ।
उँहाले नेपाली काँग्रेस बिधीको शासनमा बिश्वास गर्छ  जनताकाो मतको कदर गर्छ त्यसैले  जनताको भाबना बिपरित केही गर्न नहुने बस्नेतले बताउँनु भयो  सुनकोसी गाँउपालीकाको आठौ गाँउ सभाको उद्धघाटन गर्दै उँहाले त्यस्तो बताउानु भएको हो ।जनताको टाउकोमा करको भार अनी जनप्रतिनिधीले कमीशनको भरमा मात्र काम गर्ने हो भने देश को अस्तीत्व नै समाप्त हुने हुँदा  कसैले पनी गरिब किसानलाइ कर र  बिकासमा कमीसन लिन नहुने बताउँनु भयो र भन्नु भयो नेपाल िकाँग्रेसले जितेका सबै तहमा जनताको ढाड सेक्ने गरि सरकारले लागु गरेको कर नलीनु बस्नेतले सिन्धुपाल्चोक जिल्ला सुनकोसी गाउँपालिकाको बिकाशका गतीबिधी हेर्दा पारदशीृ र स्थाइत्व पनी देखीएकाले पालीकाका पदाधिकारीहरुलाइ बिशेष धनयबाद दिदै सुनकोसीगाँउपालीकालाइ लाई नमुना गाउँपालिकाका रुपमा विकास गर्न आफ्नो तर्फबाट गर्न पर्ने र सक्ने सबै खाले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो  । सो अबशरमा गाउँपालिकाभित्रका उत्कृष्ट विद्यालय, सेतीदेवी शारदा माविलाई नगद रुएक लाखसहित नमुना बिद्यालयको रुपमा रहेकाले बिशेष सम्मान गर्दे बस्नेतले राम्रा काम गर्नेलाइ सम्मान  र नराम्रा काम गर्नेलाइ कार्बही  गर्ने परिपाटलिे राम्रा काममा यसरी नै लाग्न प्रेरेणा मिल्ने बताउँनु भयो  । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकाको आठौं गाउँ सभाले आगामी आर्थिक २०७६।७७का  लागि ३६ करोड ३ लाख ४० हजार रुपैयाँको बजेट समेत  पारित गरी सार्बजनिक गरेको छ ।
सुनकोसी गाउँपालिका उपाध्यक्ष लक्ष्मी पौडेलले आगामी आर्थिक वर्ष२०७६।७७का लागी  लागि चालूतर्फ २२ करोड ५९ लाख ८३ हजार र पुँजीगततर्फ ११ करोड ८४ लाख १६ हजार रुपैयाँको अनुमानित आयव्यय गाउँ सभामा पेस गर्नुभएको थियो  । सुनकोसी गाउँपालिकाले गत वर्ष नै सर्वसाधारणसँग कुनै प्रकारका कर नलिने निर्णय गरी सकेको छ ।


गाउँपालिकाभित्रका विभिन्न वडामा पर्यटकलाई आकर्षित गर्न भ्यू टावर निर्माण गर्ने, होमस्टे सञ्चालन गर्ने र पर्यटकीय क्षेत्र घोषणा गर्न केबलकार सञ्चालनका लागि डीपीआर तयार पार्ने नीति गाँउपालीकाले लिएको बताउँदै गाँउपालीकाका अध्यक्ष श्रवण कुमार जिसीले सुन्दर सुनकोसी, समृद्ध सुनकोसी र सुखी सुनकोसी’ भन्ने नारालाई गाउँपालिकाले आफ्नो मूल उद्देश्य बनाएको  बताउँनु भयो । उँहाले शिक्षा क्षेत्रका लागि पनि गाउँपालिकाले विशेष कार्यक्रम अघि सारेको छ । विद्यालय शिक्षालाई प्रभावकारी बनाउन सबै विद्यालयमा इन्टरनेट तथा विद्युतीय हाजिरी जडान गर्ने र विद्यालयका प्रधानाध्यापकलाई मासिक १ हजार भत्ता उपलब्ध गराउने समेत जानकारी दिनु भयो । बजेटमा खाश गरी कृषी खेलकुद शिक्षा , पर्यटन स्वास्थयमा बढी प्रोत्साहीत गरिएको छ । बजेट पारदशीताकासाथ संञ्चालन गर्नका लागी सबै एक भएर लागी पर्नु पर्ने बताउँदै जिसीले यसका लागी आफ्नो गाँउपालीकका सबै नागरिक सचेत रहेको बताउँनु भयो ।  



, , , ,