निर्वाचित प्रतिनिधीले घमण्ड गर्न नहुनेः सापकोटा




सिन्धुपाल्चोक जिल्लाको १२ वटा स्थानीय सरकारहरुले आ–आफ्नो वार्षीक निती तथा कार्यक्रम सार्बजनिक गरेका छन । तिनवटा नगरपालीका र ९ वटा गाँउपालिका रहेको सिन्धुपाल्चोकमा तातोपानी  कोदारी भन्सारको कारणले अरु पालीका भन्दा अली बढी चर्चामा रहने गरेको भोटेकोशी गाउँपालीकाले पनि चौथो गाँउ सभा सम्पन्न गरेको छ । पुर्ब मन्त्री माननीय अग्नी प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा भएको सभाले आब २०७६।०७७ को लागी जम्मा ४५ करोड ६१ लाख ७५ हजार ४ सय ८४ रुपैयाँको बजेट समेत स्वीकृत गरी सार्बजनिक गरेको छ ।
गाँउपालिकाका उपाध्यक्ष दाबुटी शेर्पा (लामा) ले प्रस्तुत गर्नु भएको निती तथा कार्यक्रममा स्वास्थ्य शिक्षा खेलकुद कृषी पर्यटन जलबिद्युत उद्योग ब्यपार पुर्बधार भोटेकाशी समृद्धको आधार भन्ने मुल नाराका साथ भएको गाँउ सभाले बिशेष गरी कृषीमा जोड दिइएको बजेटले पर्यटन, शिक्षा र बाताबरण स्वास्थ्य क्षेत्रमा समेत बिशेष महत्व दिएको छ । भोटेकोशी गाँउपालीकाका अध्यक्ष राजकुमार पौडेलको सभाध्यक्षतामा भएको सभाको उद्धघाटन गर्दै पुर्ब मन्त्री माननीय सापकोटाले गाँउको बिकासका लागी सबै मिलेर अगाडी बढ्न पर्ने बताउँदै भोटेकोशी गाउँपालीका आफैमा एक परिचीत पालिका भएकाले  यसको आफ्नो छुट्टै  पहिचान रहेको बताउँनु भयो । उहाँले भुकम्प पछी बिकासका लागी धेरै प्रगती भएको छ । जनताका प्रतिनीधी भए पछी समान ब्यबहार गरेर सबैको सहयोग साथ लिएर अगाडी बड्न पर्ने बताउँदै जनप्रतिनीधीले निर्बाचनमा जितेको भन्दैमा आफै सर्बे सर्बा हुन खोज्ने होइन हारेकाहरुको पनी सल्लाह र सुझाबका आधारमा काम गर्न  पर्छ भन्नु भयो ।
उँहाले आफु शक्तिशाली छु भन्ने घमण्ड नगर्न जनप्रतिनिधीहरुलाई सुझाब दिँदै सानो गल्तीले ठुलो  समस्या भोग्न पर्ने हुन सक्छ । त्यसैले अहमता र घमण्ड छोडेर सबैेसँग मिलेर  काम गर्न पर्ने बताउँनु भयो । जिल्ला समन्वय समितीका प्रमुख कृष्ण गोपाल तामाङ्गले सबैको साथ र सहयोगले मात्र समृद्ध जिल्ला निर्माण गर्न सकिने भएकाले सबै एक भएर अगाडी बढ्न पर्ने बताउँदै सबैको साथ र सहयोग भएन भने किताबमा मात्र बजेट सिमित हुने हँुदा ब्यबहारमा पनी लागु गर्न सबैको सहयोग चाहीने बताउँनु भयो । सभाध्यक्षता गरिरहनु भएका अध्यक्ष पौडेलले पालीकाका बिकासका लागी पालीकाको समृद्धको लागी  एक्लैले केही  गर्न सकिदैन त्यसैले सबै मिलेर अगाडी बढ्न पर्ने बताउँनु भयो । गाउँपालिका समृद्ध हुनको लागि टोल वडा र वस्तीहरु समृत हुनुपर्ने बताउँदै हरेक टोलटोल
र वस्तीहरुमा विकासको कार्यक्रमहरु गर्दा कागज र आफन्तको भरमा नपरी आवश्यकता र व्यवस्थापनको आधारमा विकासे कार्यक्रमहरु सञ्चालन गर्ने आफ्नो पालिकाको धारणा रहेको स्पष्ट पार्नुभयो र उहाँले आवश्यकताको आधारमा विकास निर्माणको कार्यक्रमहरु गरिने भएकाले मेरो नभनि आवश्यकतालाई मात्र प्रोत्साहन गर्न सबैलाई आग्रह  गर्नुभयो । सो अवसरमा पालिकाको विकास निर्माणको लागि हरेक काममा सहयोग गर्नहुने र समृद्ध पालिका निर्माणको लागि विशेष योगदान पु¥याउनु हुने महानुभावहरुलाई सम्मान समेत गरिएको थियो ।

भोटेकोशी गाउँपालिकाका उपाध्यक्ष दावुटी शेर्पाद्वारा प्रस्तुत आ.व. २०७६÷०७७ को वार्षिक नीति तथा कार्यक्रम
यस  गाउँपालिकाले  आगामी आर्थिक वर्षका लागि निम्नानुसार नीति तर्जुमा गरि सोहि बमोजिम वार्षिक बजेट तथा कार्यक्रम तय गरिनेछ ।
क) आर्थिक विकास नीति
यस गाउँपालिकालाई जडिबुटी र फलफुलमा आत्मनिर्भर बनाउदै नमुना गाउँपालिकाको रुपमा विकास गरिनेछ । वडा  नं.  १  लाइ  स्याउ  खेती,  किवी  जस्ता  फलफुलहरुको  पकेट  क्षेत्र  घोषणा  गरिनेछ  र  अन्य  वडाहरुमा सम्भाव्यताका आधारमा फलफुल तथा पशुजन्य क्रियाकलापहरु संचालन गरिनेछ । कृषि, पर्यटन उद्योग व्यापारलाई आधार मानेर आगामी ५ वष भित्रमा सम्पुर्ण जनतालाई आर्थिक रुपमा आत्मनिर्भर

वनाउन  युवाहरुलाइ  स्थानीय  स्तरमा  रोजगारी  सृजना  गर्ने  कार्यको  थालनी  आगामी  आर्थिक  वर्षबाट  सुरुवात गरिनेछ । कृषि सहकारी क्षेत्रको प्रवद्र्घन र विकास गरिनेछ । कृषि  सहकारी  निर्माण  गरी  भोटेकोशी  गाउँपालिकालाई  तरकारी,  स्याउ  र  मकैको  पकेट  क्षेत्रको  रुपमा  विकास  गर्ने नीति अवलम्बन गरिनेछ । लिस्तीकोट,  दुगुनागढी,  तातोपानी  धारा,  थापी  नारायण  मन्दिर  लगायतका  धार्मिक  तथा  पर्यटकीय  क्षेत्रहरुको  प्रचार प्रसार मार्फत आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन कार्यक्रमको थालनी गरिनेछ । दैनिक उपभोग्य वस्तुहरुलाइ सस्ता र सुलभ मुल्यमा जनतालाइ उपलब्ध गराउन कृषि सहकारी सँस्थाको प्रवद्र्धनमा जोड दिईनेछ ।
तरकारीका  बिउ,  अदुवाको  बिउ,  बेसारका  बिउ,  मकैको  बिउ,  टि.पी.  एस.  आलुका  बिउ,  च्याउको  बिउ,  फलफुल बिरुवा  (वष  तथा  हिउँदे  ), तरकारी  खेतीका  लागि  प्लाष्टिक  टनेल  तथा  माहुरीको  घार  सहित  सम्पुण  सामग्रीहरु वितरण गरि कृषकहरुलाई कृषि क्षेत्रमा व्यवसायिक बन्न प्रोत्साहन गरिने नीति लिईनेछ । साना  सिंचाई  अन्र्तगत  कुलो  निर्माण,  सिंचाई  पाईप,  हजारी,  स्पीङ्गकल,  प्लाष्टिक  पोखरी  निर्माण  कार्यक्रम  आगामी आर्थिक वर्षबाट तिव्र रुपमा संचालन गरिने नीति लिईनेछ । कृषि  औजारहरु  ः  मिनी  टेलर,  कोदो  चुटने  मेसिन,  मकै  छोडाउने  मेसिन,  स्प्रेयर,  पानी  तान्ने  मेसिन,  हाईग्रोमिटर वितरण कार्यलाई जोड दिइनेछ । माटो   परीक्षण   कार्यक्रम   तर्फ   ः   पि.एच.मिटर,   किट   बक्स,   काँचका   नली,   रसायनहरु   कृषि   चुन   वितरण कार्यक्रमहरुको सुरुवात गरीनेछ । कृषि बिमा कार्यक्रम, तरकारी प्याक गर्ने ट्रेय वितरण कार्यक्रम, बाली संरक्षण कार्यक्रम, विषादी वितरण कार्यक्रम, आ.ई.पी.एम.  पाठशाला  संचालन,  कृषक  गोष्ठी,  कषि  प्राविधिकलाइ  तालिम,  कृषि  सडक  निर्माण  कार्यक्रम,  भकारो सुधार  कार्यक्रम,  बाली  बिमा  कार्यक्रम,  कृषक  भ्रमण,  कृषक  तालिम  कार्यक्रम,  तरकारी  संकलन  केन्द्र  घर  निमाण गरी कृषि कार्यलाई व्यवस्थित गरिनेछ । कृषकहरुलाई पशुपालन क्षत्रमा आकर्षित गरी आत्मनिर्भर बन्न परम्परागत पेशालाइ निरुत्साहित गर्दै व्यवसायिकरण गरिने नीति लिईने छ । वातावरण स्वच्छ राख्न, रोगबाट मुक्त राख्न खोर, गोठ सुधार कार्यलाइ जोड दिईनेछ । यो   गाउंपालिका उच्च

पहाडी  क्षेत्रमा  पर्ने  र  प्रसस्त  चरनको  सम्भावना  भएकोले  व्यवसायिक  रुपमा  वाख्र्रापालन  र  चौरीपालन  गर्न  यस क्षेत्रका  कृषकलाई  आकषित  गरिनेछ  ।  स्थानिय  जातका  सिनहाल  बाख्रा  पाईने  भएकोले  उक्त  बाख्राको  संरक्षणको लागी विशेष कार्यक्रम संचालन गरिने छ । पशुपालन व्यवसायमा आर्थिक क्षति कम गर्न पशुमा लाग्ने महामारी रोग नियन्त्रण गर्र्ने कार्यका लागि भ्याक्सिनेसन कार्यक्रम संचालन गर्ने नीति लिईने छ । उच्च पहाडी भेगमा चौरी पालन  गरि छुर्पी उत्पादन गर्दै आएका र  केही लोप हुने अवस्थामा भएका चौरी संरक्षण लागि विभिन्न कार्यक्रम संचालन गरीनेछ । पशुपालन व्यवसायमा हुने आर्थिक क्षति  कम गर्न पशु उपचार तथा वीमा कार्यत्रम संचालन गरिने नीति लिईने छ । स्थानिय पशुपक्षी संरक्षण कार्यक्रम संचालन गरिने नीति लिइइने छ ।
पशु  उत्पादन  वृद्धि  गर्न  तथा  मास  उत्पादन  वृद्धि  गर्न  विशेष  गरी  वाख्रामा  वढि  तौल  भएका  र  रोगप्रतिरोधात्मक क्षमता राम्रा भएका जातका विकास गर्न कृत्रिम तथा प्राकृतिक नश्ल सुधार कार्यक्रम संचालन गर्ने नीति लिईनेछ । बेरोजगार  युवालाई  रोजगार  प्रदान  गर्न  युवा  लक्षित  व्यवसायिक  बाख्रा,  गाई,  भैसी,  चौरी,  कुखुरापालन  गर्न अनुदान कार्यक्रम संचालन गन नीति लिईनेछ । आधुनिक पशुपालनको लागि क्षमता अभिवृद्धि कार्यक्रम संचालन गर्ने नीति लिईने छ । स्वच्छ मासु उत्पादन तथा उपभोगको लागी मासु पसल सुधार कार्यक्रम संचालन गर्ने नीति लिईने छ । उद्योग धन्दा (व्यापार, जलविद्युत, जडिवुटि प्रशोधन, होटल अन्य) संचालनको लागि स्पष्ट नीति निर्धारण गरि निजी क्षेत्रलाइ  समावेश गरि  भोटेकोशी  गाउँपालिका  क्षेत्र  निजी  लगानीकर्ताको  लगानीको  लागि  सुरक्षित  गन्तव्य  हा भन्ने कुराको बोध गराउन नीति लिईनेछ ।
जसका लागि प्रचार प्रसारमा समेत जोड दिईनेछ । धार्मिक महत्व रहेका एतिहासिक, पुरातात्विक स्थानहरुको पहिचान गरि संरक्षण, संबर्धन र ब्यवस्थापन कार्यमा जोड दिईनेछ । सफल  उद्यमी  व्यवसायीहरुलाइ  उद्यमशीलतामा  जोड  दिनका  लागि  उद्यम  प्रदर्शनीका  माध्यमवाट  पुरस्कृत  गरिनेछ । नयाँ पर्यटकीय क्षेत्रहरुको पहिचान तथा उक्त क्षेत्रको विकासको लागि सार्वजनिक निजी साझेदारीको अवधारणालाइ अवलम्वन गरिनेछ । गाउँपालिकाले देश भित्रको कम्तिमा एक  र  देश बाहिरका कुन एक नगरपालिका÷गाउँपालिकासंग भगिनी सम्बन्ध विस्तार गरी आपसी सहयोग बढाउने नीति अवलम्बन गरिनेछ । गाउँपालिकाले इतिहासविद वा  पुरातत्वविदको सहायतामा  आफ्नो  क्षेत्रमा  रहेको  एतिहासिक  व्यक्ति,  घटनासंग जोडिएका वा अन्य ऐतिहासिक स्थल पहिचान गरी  उक्त स्थानका पुर्बाधार विकाश, शिलालेखन र प्रचारप्रसार गरि पर्यटकीय प्रवद्र्धन गर्ने नीति लिइनेछ ।
पर्यटन उद्योग लाइ वृद्धि गर्नका लागि प्राकृतिक सम्पदाहरुको संरक्षण गर्न जस्मा भैरवकुण्ड, दुगुनागढी, तातोपानी धारा, लिस्ती माइ मन्दिर, देउ ढुङ्गा थापी नारायण जस्ता प्राकृतिक सम्पदाहरुको संरक्षण गर्ने नीति लिइनेछ । स्थानिय  स्तरमा  भएका  खोलानाला  र  नदी  जन्य  बस्तु  बाट  हुनसक्ने  क्षति  कम  गर्न  गिटी,  बालुवा,  ढुङ्गा,  खानी संचालन गर्न गाउँपालिकाले छुट्ट मापदण्ड तर्जुमा गरि कार्यान्वयनमा ल्याइनेछ । घरेलु  उद्योगहरुको  प्रोेत्साहनका  लागि  स्थानिय  स्तरमा  प्राप्त  कच्चा  पदार्थको  प्रयोग  मार्फत  घरेलु  उद्योग संचालनमा जोड दिईनेछ । युवाहरुलाइ व्यवसायिक रुपमा पशुपालन व्यवसायमा संलग्न गराई रोजगारीका व्यवस्था गर्ने नीति लिइनेछ ।

कृषकहरुलाई पशु पालन क्षेत्रमा आत्मनिर्भर बन्न परम्परागत पेशालाइ निरुत्साहित गरी व्यवसायिकीकरण   गरिन नीति लिईने छ ।
कृषकहरुले  पालन  गरेका  पशु  तथा  कृषि  उपज  बिक्री  गर्न  सहजताका  लागी  पायक  पर्ने  स्थानमा  संकलन  केन्द« निर्माण गरिने नीति लिईनेछ । दुध, फुल र मासुका उत्पादन बृद्धि गरि गाउँपालिकालाइ आत्मनिर्भर बनाउने कार्यक्रम संचालन गरीनेछ । घिउ, नौनी तथा छुर्पी उत्पादनको लागि चौरी संरक्षण कार्यक्रम संचालन गरिने छ । आधुनिक पशुपालनको लागि कृषकहरुलाइ तालिमका ब्यवस्था मिलाइनेछ । बेरोजगार  यवाहरुलाई  विदेश  जान  रोक्नको  लागि  रोजगार  मूलक  पशुपालन  व्यवसाय,  कृषिखेती,  घरेलु  उद्योगलाइ वृद्धि गर्ने नीति लिइनेछ । प्रधानमन्त्री  रोजगार  कार्यक्रमलाइ  ग्रामीण  स्तर  सम्म  पुरयाउन  गाउँपालिका  अध्यक्ष  रोजगार  कार्यक्रमलाइ  अगामी आ.व. बाट सबै वडाहरुमा सञ्चालन गर्ने नीति लिईनेछ ।  यस  गाउँपालिका  भित्र  निर्माण हुने विद्युत आयोजनाहरुको  लगानी  सुनिश्चत  गरी  निर्माण  सम्पन्न  पश्चात गाउँपालिका भित्रका नागरिकहरु लाई अनिवार्य रुपमा ३०% शेयर उपलब्ध गराउन नीति लिईनेछ 

ख) सामाजिक विकास नीति
भोटेकोशी गाउँपालिकाको प्रत्येक स्वास्थ्य संस्थामा खानेपानी र बिजुली बत्तिका व्यवस्था गरिने छ । गर्भवती  तथा  सुत्केरी  कार्यक्रम  अन्र्तगत  अण्डा  झण्डा  गेडागुडी  वितरण  कार्यक्रम  लाइ  निरन्तरता  दिदै  अझ व्यवस्थीत गदै लगिनेछ । साविकका स्वास्थ्य संस्थाहरुमा सुचना प्रविधि मार्फत सम्पूण अभिलेखिकरण गरि सुचना प्रविधिको व्यवस्था गरिनेछ । प्रसुती  सेवा  केन्द्रलाइ  अझै  व्यवस्थित  गदै  प्रसुती  सेवा  केन्द्र  नभएका  स्वास्थ्य  संस्थामा  बिस्तार  गरि  भोटेकोशी गाउँपालिका लाई श्भचय ज्यmभ मभष्खिभचथ गरिने छ । संचालनमा रहेका सामुदायिक स्वास्थ्य ईकाइहरुलाइ प्रभावकारी रुपमा बिस्तार गरि स्वास्थ्य सेवाको पहँच लाइ बृद्धि गरिने छ । नेपाल  सरकारका  रणनीति  अनुरुप  प्रत्येक  गाउँपालिकामा  १५  शैयाको  अस्पताल  स्थापना  गर्ने  नीति  अनुरुप  जग्गा व्यस्थापन कार्य अघि बढाईनेछ । प्राथमिक  उपचार,  विपद  व्यवस्थापन  तालिम,  क्षमता  अभिबृद्धि  र  सचेतनाको  कार्यक्रम  सम्पूण  वडाहरुमा  सुरुवात

गरिने छ । स्वास्थ्यकर्मीहरुको लागी क्षमता विकास तथा गुणस्तरीय स्वास्थ्य सेवा बारे कार्यक्रम संचालन गरिने छ । साविकका प्रत्येक वडामा महिला स्वास्थ्य स्वयम सेविका मार्फत स्वास्थ्य आमा समुहको बैठक संचालन गरिनेछ । बिहे बारी बिस वष पारी सम्बन्धी सचेतना कार्यक्रम संचालन गरिने छ । छिटा  विबाह  बाट  हुने  समस्यको  बारेमा  आधारभूत  विद्यालयका  शिक्षिकाहरुलाई  क्षमता  विकास  कार्यक्रम  संचालन गरिने छ । प्रत्येक स्वास्थ्य संस्थाका लागी आवश्यक औषधी, औजार तथा उपकरणहरुका व्यवस्थापन गरिनेछ । समुदाय  स्वास्थ्य  सचेतना  कार्यक्रम  अन्र्तगत  प्रतिकारात्मक  र  प्रर्वधनात्मक  सेवामा  जोड  दिई  स्वास्थ्यकर्मीहरुलाइ
परिचालन गरिने छ साथै उत्कष्ठ कर्मचारीहरुलाइ पुरस्कृत गरिने छ । विद्यालय    स्वास्थ्य  कार्यक्रम  संचालनका  लागी  पायक  पर्ने  सामदायिक  स्वास्थ्य  ईकाइ,  स्वास्थ्य  चौकीका  नसर््िाङ्ग समुहका  स्वास्थ्यकर्मीलाइ  प्रदेश  मन्त्रालय  बाट  संचालित  क्षमता  अभिबृद्धि  तालिम  मार्फत  आवश्यकिय  सामाग्री  र स्रोत   उपलब्ध गराई विद्यालय स्वास्थ्य सेवा विस्तार गरिने छ । किशोर किशोरी मैत्री स्वास्थ्य सेवाहरुलाइ अझै व्यवस्थित गदै थप विस्तार गरिनेछ । द्यष्चतजष्लन ऋभलतभच  मा भिडियो एक्स रे सेवा उपलब्ध गराइन छ । जेष्ठ महिला स्वास्थ्य स्वयम सेविकाहरुलाइ सम्मानपूर्वक बिदाइ गर्ने कार्यको थालनी यस र्आिथक वष बाट शुरुवात गरिनेछ ।
उच्च स्थानका बस्तीहरुमा हजार दिनका आमा र बच्चाहरुलाई लक्षित पानीको मुल संकलनका साथ सोलार हिटर सहितका महिला बालबालिका र अपाङ्ग मैत्री स्नान गृह निर्माण गरिनेछ । बर्थीङ सेन्टरमा सुत्केरी गराउने लाई गाउँपालिका बाट थप प्रोत्साहन रकम प्रदान गरिनेछ । महिला स्वास्थ्य स्वयम सेविका लाई दुर्घटना बिमा गरिने छ । पुरुषहरुलाइ पोषण तथा स्वास्थ्य अभिमुखिकरण कार्यक्रम अन्र्तगत बाबा लाइ चिठ्ठी कार्यक्रम संचालन गरिनछ । एल्ऋ  जाँच (३–७ दिनको) गराए बापत रु ४०० सेवा प्रदायकलाई प्रदान गरिनेछ । पहुँच नपुगेका समुदायमा विभिन्न रोगहरुका स्वास्थ्य शिविर संचालन गरिनेछ । जेष्ठ नागरिकहरुलाइ स्वास्थ्य परीक्षण गरिनु साथै सम्मान गरिने कार्यक्रम लाग गरिनेछ । प्रत्येक स्वास्थ्य संस्थामा पोषण कर्नरको व्यवस्थापन गरिनेछ । गाउँपालिकाका  सब  विद्यालयलाइ  प्रारम्भिक  बालशिक्षाका  लागि  अत्याधुनिक  बालमैत्री  भौतिक  पूर्वाधार  तथा  शैक्षिक जनशक्ति  व्यवस्थापन  गर्ने  लक्ष  सहित  यसवष  ९  ओटा  विदयालयलाइ  आवश्यक  भौतिक  पुर्वाधार  तथा  दक्ष  शैक्षिक जनशक्तिको व्यवस्था गरी शुरुवात गरिनेछ । आधारभूत  तथा  माध्यमिक  विद्यालयमा  गुणस्तरीय,  प्राविधिक,  जीवनोपयोगी  तथा  प्रविधिमैत्री  निःशुल्क  शिक्षा  प्रदान गर्ने  लक्ष  अन्तर्गत  भिन्ना  भिन्नै  माध्यमिक  विद्यालयलाइ  कृषि  तथा  जडिबुट्टि,  पर्यटन  र  व्यापार  अध्ययनका  लागि आवश्यक भौतिक पुर्वाधार  निर्माणको  शुरुवात  गरिनेछ  ।  आगामी  वर्षदेखी  सब  शिक्षकल ल्यापटपबाट  पढाउन सक्न गरी क्षमता अभिवृद्धि गरिनेछ ।
आफनो  लागी  आफनै  श्रम’  अभियानका  रुपमा  ‘एक  बालक  एक  गमला,  एक  वयस्क  बालक  २  आना  जमिन,  एक किशोर  १  रोपनि  जमिन’  सहित  हरेक  विदयार्थीलाइ  उत्पादनमा  सहभागी  गराइ  १२  कक्षा  पास  हुने  अवधिसम्म
कम्तिमा २ रोपनिसम्म जमिनमा आफैं उत्पादन गर्न सक्न क्षमता एवं श्रम र  माटो प्रतिको  माया जगाउने कामको थालनि गरिनेछ ।
विद्यालय  ‘हाम्रो  वातावरण  र  संस्कृतिको  नमुना  हो’  भन्ने  सन्देश  दिन  ‘एक  विद्यार्थी  एक  बिरुवा’  अभियानलाई
प्रभावकारी रुपमा कार्यन्वयनमा ल्याइ केही वष भित्र सुन्दर बगैंचा र स्थानीय संस्कृतिक संग्रहालय सहितका अनुभव
हुनेगरी विद्यालयलाई ज्ञान केन्द्रको रुपमा विकाश गरिनेछ ।
विदयालय  व्यवस्थापन  समिति,  शिक्षक,  अविभावक  र  विद्याथी  बीचका  समन्वय,  सहकार्य  र  उत्तरदायीत्व  बोधका
लागि विभिन्न प्रभावकारी छलफल, अन्तरक्रिया र दक्षता विकाश तालिमलाइ निरन्तर दिइराख्न प्रभावकारी संयन्त्रको
निर्माण गरी त्यसका उचित परिचालन गरिनेछ ।
स्थानीय प्राकृतिक श्रोत, साधन, संस्कति, समाज, इतिहास र सभावनाको पहिचान हुने स्थानीय पाठयक्रमको विकास
गरी  अका  शैक्षिक  सत्रमा  स्थानिय  पाठयपुस्तक  अध्यापन  शुरु  गर्न  तत्कालै  एक  पाठयक्रम  समिति  निर्माण  गरी
कार्यन्वयननमा ल्याइनेछ ।
शिक्षक  तथा  विद्यार्थीले  गर्ने  खोज–अनुसन्धानका  प्राप्तिलाइ  गाउँविकासमा  सदपयोग  गर्ने  गरी  गाउँपालिका  भित्रका
प्राकृतिक  साधनश्रोत,  सम्पदा,  समाज,  इतिहास,  लगायतको  विषयमा  अनुसन्धान  गर्न  उत्प्रेरित  गरिनेछ  ।  उत्कृष्ट खोज र श्रृजनाका लागी गाउँपालिकाले सम्मान तथा पुरस्कारको व्यवस्था गरिनेछ ।
योग्यता भएका तर तल्ला तहमा कार्यरत शिक्षक तथा शिक्षिकाहरुलाइ आवश्यक प्रक्रिया पूरा गरी प्रात्साहन भत्ताका व्यवस्था  गरी  माथिल्ला  कक्षामा  योगदान  गर्न  उत्प्रेरित  गरिनेछ  ।  साथै  पालिकाको  शैक्षिक  रणनीतिमा  विभिन्न कारणले  योगदान  दिनै  नसक्न  शिक्षक  तथा  कर्मचारीहरुलाई  गाउँपालिकाको  तर्फबाट  आर्थिक  प्रोत्साहन  समेत व्यवस्था गरी स्वेच्छिक अबकाश लिन प्रोत्साहित गरिनेछ । क्रमश  ः  गाउँपालिकाका  विदयालयलाइ  सुविधा  सम्पन्न  भौतिक  पुर्वाधार  र  आधुनिक  प्रविधी  सहितका  गुणस्तरिय शिक्षाको शुनिश्चित गरी विदयार्थीको समस्यालाइ ध्यानमा राख्द आवश्यक पदा विदयालय भ्यानहरुको व्यवस्था गरी हाल २९ को संख्यामा रहेका विदयालयहरुलाइ १५ देखी २० को संख्यामा समायोजन गरिनेछ । गाउँपालिका  अन्तर्गत  दुर्गम  भेगका  विदयार्थीहरुको  समस्यालाइ  ध्यानमा  राखी  गाउँपालिकाको  बीचमा  पर्नेगरी  एक आवासिय विदयालयको व्यवस्थापन गरिनेछ ।
भोटेकोशी  गाउँपालिकालाइ  ‘व्यापार,  पर्यटन,  तथा  जडिवुट्टी  सहितका  नमुना  शैक्षिक  अध्ययन  केन्द्र’  बनाईने  नीति
लिइनेछ ।
शतप्रतिशत शिक्षित, स्वस्थ, स–संस्कतिक र न्याय सहितका आत्मनिर्भर बेरोजगार मुक्त पालिका बनाइनेछ ।
गाउँपालिकामा सवैको लागि शिक्षा अभियानलाई टेवा पु¥याउन विद्याथी भना अभियान, विद्यालयको पूर्वाधार विकास,
गुणस्तरीय शिक्षा अभियान जस्ता कार्यक्रमहरुमा विद्यालयहरुलाई सहयोग गरिनेछ ।
गाउँपालिका  भित्र  रहेका  सामुदायिक  विद्यालयहरुमा  अँग्रेजी  माध्यमवाट  अध्ययन÷अध्यापन  गर्ने÷गराउने  कार्यको
थालनी गरिनेछ ।
गाउँपालिका  भित्रका  मा.वि.  र  आधारभुत  विद्यालयहरुमा  विद्याथी  संख्या  र  विषयगत  आवश्यकता  अनुसार दरबन्दीको  लेखाजोखा  गरी  दरबन्दी  मिलान  कार्यलाई  निरन्तरता  दिइनेछ  र  समायोजन  भएका  विद्यालयको  हकमा
बाल कक्षा संचालन गरिनेछ ।
सब  विद्यालयमा  बालमैत्री  बसाई  सहितका  बाल  कक्षाको  व्यवस्था  गरिने  र  कक्षा  १  भन्दा  अगाडी  २  वषको  बाल विकास कार्यक्रम संचालन गरिनेछ ।
शिक्षण सिकाईलाई कम्प्युटर र सूचना प्रणालीसंग आवद्ध गरी शैक्षिक सामाग्रीको पयाप्त व्यवस्था र प्रयोगमा जोड दिइनेछ । सब विद्यालयका प्र.अ. र शिक्षक सगँ कार्य सम्पादन सम्झौता करार गरी आगामी वर्षमा सिकाई उपलब्धि बढोत्तरी गरिनेछ ।
आधारभूत  तहलाइ  निःशुल्क  र  अनिवार्य  गर्ने  कार्यक्रम  संचालन  गर्ने  तथा  विद्यालय  बाहिर  रहेका  आधारभूत  तह उमेरका  बालबालिकाको  तथ्याङ्क  यकिन  गरी  भोटेकोशी  गाउँपालिकालाई  आधारभूत  तहका  शिक्षा  सुनिश्चित  भएका घोषणा गरिनेछ । शिक्षकहरुलाई अंग्रेजी माध्यमबाट शिक्षण सिकाईको तालिम, बालमैत्री र अन्य विषयगत तालिममा जोड दिइने छ ।
विद्यालयको  अनुगमन  र  सुपरिवेक्षणमा  जोड  दिई  वडा  स्तर  र  गाउँपालिका  स्तर  बाट  विद्यालयको  नियमित
अनुगमन, निरिक्षण र सुपरिवेक्षण गरी सुधारका कार्य गरिनेछ ।
विद्यालयका  विद्याथी  संख्या  तथा  उपलब्ध  दरवन्दीको  विश्लेषण  गरी  सहयोगी  संघ  संस्था  समेत  संगको  समन्वयमा नपुग  दरवन्दीको  लागि  आवश्यक  अनुदानको  व्यवस्था  गरिने  छ  ।  जसमा  माध्यमिक  तहको  विद्यालयमा  कम्तिमा मा.वि. तहको १ जना क्अष्भलअभ÷ःबतज त्भबअजभच को अनुदानका व्यवस्था गरिनेछ ।
शिक्षक तथा वि.व्य.स. का पदाधिकारीका क्षमता विकासका कार्यक्रमहरु संचालन गरिनेछ । विद्यालयको लेखा परिक्षण र सामाजिक परिक्षणलाइ व्यवस्थित गर्ने कार्यक्रम संचालन गरिनेछ ।
शैक्षिक सुचना तथा विद्यालय तथ्याङ्कलाइ व्यवस्थित गरिनेछ । कक्षा  १  देखि  कक्षा  ८  सम्ममा  सब  छात्रा  र  दलित  तथा  सिमान्तकृत  समुदायका  सब  छात्र–छात्रालाई  छात्रवृत्ति उपलब्ध गराइनेछ । शिक्षा  सम्बन्धि  ऐन  नियम  निर्देशिका  विकास  गरि  आवश्यकता  अनुसार  संशोधन  र  परिर्माजन  गरी  शैक्षिक
कार्यक्रमलाइ व्यवस्थित गरीनेछ ।
आगामी १० वर्षभित्रमा सवै शैक्षिक संंस्थाहरुमा निःशुल्क र गुणस्तरीय शिक्षाको लागि लगानी वृद्धि गरिनेछ ।
स्वास्थ्य  सेवामा  आगामी  ५  वष  भित्रमा  सव  जनताको  निःशुल्क  पहच  हुने  गरि  संंघीय  सरकारका  स्वास्थ्य  बिमा कार्यक्रमलाइ समेत साझेदारी हुने गरि कार्यक्रम तय गरिनेछ ।
स्वच्छ खानेपानीको पहूँच सव वडाहरुमा पु¥याउनका लागि आवश्यक वजेट विनियोजन गरि कार्यक्रम संचालन गर्ने नीति अवलम्वन गरिनेछ ।
बालमैत्री, लैङ्गिकमैत्री र फरक क्षमता भएका व्यक्तिमैत्री पुर्वाधार जस्त खानेपानी, शौचालय जस्ता पुर्वाधार निर्माणमा गाउँपालिकाको तर्फवाट आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराईनेछ ।
स्वास्थ्य क्षेत्रमा जनताको पहुँच सहज बनाउन एम्बुलेन्सका ब्यवस्थापन, घुम्ती शिविर समेत संचालन गरिने छ ।
गैरसरकारी  संघ  संस्थाहरुबाट  संचालनल  गरिने  सबै  प्रकारका  सहयोग  तथा  सेवाहरुलाइ  गाउँपालिकाको  एकद्वार प्रणाली मार्पmत संचालन गर्न अनुमती दिइनेछ । गाउँपालिका  भित्र  सरकारी  तथा  गैरसरकारी  क्षेत्रवाट  संचालन  गरिने  योजना  तथा  आयोजनाहरुका  अनुगमन, मूल्याङ्कन पद्धतिलाई व्यवस्थित गरिनेछ । गाउपालिका भित्रका स्वास्थ्य संस्थाहरुमा चौबिसै घण्टा प्रसुती सेवा सञ्चालनको लागि आवश्यक सहयोग गरिने छ । सबैका पहुचमा स्वास्थ्य भन्ने नारालाइ व्यवहारमा आत्मसाथ गरिनेछ ।
समुह  मार्पmत  जनचेतनामा  अभिबृद्धी,  आर्थिक  र  सामाजिक  संमृद्धी  जस्ता  कार्यक्रमहरु  संचालन  गदा  महिलाहरुलाइ
प्राथमिकता दिई समुह गठन गरिनेछ । यूवाहरुको  लागि  आवश्यक  खेल  मैदान  तथा  खेल  सामाग्री  सहयोग  र  खेलकुद  प्रवद्र्धनका  विविध  कार्यक्रमहरु
आयोजना गरिनेछ । गाउँपालिका  भित्रका  गरिव,  दलित  ,जनजाति,  पिछडिएका  वर्ग,  अपाङ्ग  एवं  अल्पसंख्यक  जातजातिको  पहिचान  र लगत संकलन गरिनेछ ।
ग)पूर्वाधार विकास नीति
भोटेकोशी  गाउँपालिकाको  अरनिको  राजमार्गकोे  दायाँ  बाया  सोलार  बत्ती  जडान  गर्न  निजी  क्षेत्र  सँग  सहकार्य  र साझेदारी गरिनेछ र सडक पेटी निर्माण कार्यलाई ब्यवस्थित गरिनेछ । ग्रामिण  सडक  कम्तिमा  ७  मिटरको  हुन  पर्ने  नीति  अनिवार्य  गरिएका  छ  र  ग्रामिण  सडकका  बीचबाट  कम्तिमा  १० मिटर भित्र भौतिक संरचना निर्माण गर्न नपाईने नीति अवलम्वन गरिनेछ । कम्तिमा  एक  वडामा  एउटा  ग्रामिण  सडकलाई  प्राथमिकतामा  राखि  ५  वष  भित्रमा  पक्की  नाली  र  ग्राभेल  सहितका व्यवस्थित सडक निर्माण गरिनेछ । एकृकीत विकास गुरुयोजना निर्माण गरी सोही अनुरुपका विकास कार्यलाइ अगाडी बढाईनेछ । युवाहरुको लागि कम्तीमा १ वडामा १ खेल मैदान निर्माण गर्ने नीति लिइनेछ । विद्युत क्षेत्रको विकासका लागि लगानी आकर्षित गर्न गाउँपालिकाले लगानीको सुरक्षण नीति लिइने छ । निजी क्षेत्रबाट सञ्चालन गर्ने उद्योग, व्यवसाय तथा व्यापारका संरक्षण गर्ने नीति अंगिकार गरिनेछ । सडकका लगत कट्टा गर्ने कार्यको थालनी यसै आर्थिक वर्षबाट गरीनेछ ।
सडक निर्माण तथा मर्मत सुधारका क्रममा  गाउँपालिकाबाट निर्धारण गरिएका सडक क्षेत्राधिकार कायम गर्ने, सडक बिस्तार नीति तथा मापदण्डको   प्रभावकारी ढंगले कार्यान्वयन गरिनेछ । प्रत्येक सडकका लागि विनियोजित रकमका १% रकम कट्टा गरि मर्मत सम्भार कोषमा जम्मा गरिनेछ सा रकमबाट साझेदारीमा मर्मत संभार कार्य सञ्चालन गरिनेछ । सडकका  क्षेत्राधिकारलाइ  प्रभावकारी  कार्यान्वयन  गरी  सडक  अतिक्रमणलाइ  निरुत्साहित  गर्दै  सडक  खुला  राख्न कार्यमा निरन्तरता दिइनेछ । सकेसम्म  कम  योजनाहरु  छनौट  गर्नु  पर्ने  रु.५  लाख  भन्दा  बढीका  पूर्वाधार  सम्बन्धी  योजना  छनौट  गर्ने  कार्यका थालनी गरिनेछ । योजनाहरु छनौट गर्दा आवश्यकतालाइ ( ल्भभम दबकष्क) ध्यान गरेर मात्र वजेट विनियोजन गर्ने नीति लिईनेछ । ट्रयाक  खोलिसकेकका  बाटोहरुलाईनै  प्राथमिक  दिई  स्तर  उन्नति  (ग्उनचबमष्लन धयचप)  गरिने  कार्य  प्राथमिकताका
साथ अघि बढाईनेछ (क्ष्मभ  मचबष्ल, ःबकयलबचथ धबिि, न्बदष्यल धबिि  भतअ। क्तचगअतगचभक) मोटर  बाटो  छनौट  गदा  प्रत्येक  वडा  कार्यालय  सम्म  दोहोरो   (  मयगदभि बिलभ)  रोड  बाह  महिना  (ब्िि धभबतजभच)
मा संचालन गर्न सक्ने खालका सडक मर्मतको लागी वजेट विनियोजन गरीनेछ । भोटेकोशी  गाँउपालिकामा    चक्रपथ    (च्ष्लन  चयबम)  निर्माणको  लागी  भैरवकुण्ड  ,वगाम  टसिथाङ  ,  ड्राईपोट  , नाटुखर्क, मार्मिङ हुदै अरनिको हाईवेको बञ्जीजममा जाडने बाटा निर्माणको कार्य थालनी गरिनेछ । भोटेकोशी  गाँउपालिकामा  प्रशस्त  मात्रामा  पानीका  मुलहरु  भएकोले  उचित  खानेपानी  तथा  सिचाई  योजनाहरु संचालन गर्न बजेट व्यवस्था गरिनेछ । सिन्धुपाल्चोक  जिल्लामा  भएका  बाह्रैवटा  स्थानीय  तह  मध्य  भोटेकोशी  गाँउपालिकामा  बढी  पानी  पन  भएकोल वर्षातको  समयमा  सडक  यातायात  संचालन  गर्न  कठीनाइ  पर्ने  भएकोले  खोलाहरुमा  झोलुङ्ग  पुलहरुका  निर्माणलाइ प्राथमिकता दिई वजेटका विनियोजन गरिनेछ । स्थानीय  सरकार  संचालन ऐन २०७४  बमोजिम  घर  बनाउदा  नक्सा  पासको  नियम  आगामी  आर्थिक  वर्षबाट  कडाईका साथ लागु गरिनेछ । सडक मापदण्डलाइ कडाईका साथ लागु गरी सडक बिस्तार कार्यलाइ प्राथमिकताका साथ अघि बढाईनेछ । यस आ.व.मा सम्पन्न भएका योजनाहरुमा प्रयोग भएका निर्माण सामाग्री सामानहरुको गुणस्तर कायम गर्न कठिनाइ भएकोले आगामी आ.व.मा योजनामा प्रयोग हुने निमार्ण सामाग्रीहरु मध्ये पाईप र ग्यावीन बक्स कार्यालयबाटै खरीद गरि उपभोक्ता समितिलाई हस्तान्तण गन व्यवस्था मिलाईनेछ ।
हाल  गाँउपालिका  प्रायजसो  वडाहरुमा  काठका  पोलहरु  प्रयोग  भएकाले  भविष्यमा  मानवीय  जोखिमहुने  अवस्था रहेकोले  काठका  पोलहरु  फलामका  पोलहरु  मार्फत  विस्थापन  गरी  गाउँपालिकालाई  काठका  पोल  मुक्त  गाँउपालिका बनाउने कार्यका थालनी गरिनेछ । योजनाका  सख्या  बढी  हुने  भएकाले  त्तगबलतष्तथ  मात्र  नभएर  त्तगबष्तिथ  कन्ट्रोल  गर्न  मन्त्रालयबाट  स्वीकृत  दरबन्दी अनुसार प्रत्येक वडा कार्यालयमा प्राविधिक कर्मचारीहरुको व्यवस्था मिलाईनेछ । घर तथा अन्य भौतिक संरचना निर्माण गदा भूकम्प प्रतिरोधात्मक प्रविधिको अवलम्वन गर्न जोड दिईनेछ । प्रत्येक वडामा एक सामुदायिक भवन निर्माण कार्यको थालनी गरिनेछ । गाउँपालिकाद्धारा  स्वीकृत  वार्षिक  योजनाहरु  आर्थिक  वष  अन्तमा  मात्र  काम  गर्ने  विगतको  परिपाटीलाइ  अन्त्य  गर्दै वैशाख  मसान्तभन्दा  पछि  कुन पनि  विकास  योजनाका  सम्झौता  नगर्ने  तथा  जेष्ठ  मसान्त  पछि  कुन  पनि  योजनाका भुक्तानी नगर्ने नीतिलाइ कडाईका साथ अवलम्वन गरिनेछ । 
घ)वातावरण तथा विपद व्यवस्थापन नीति
 वन  क्षेत्र  संरक्षणको  लागि  वृक्षारोपण,  संम्बर्धन  र  ब्यवस्थापनका  लागि  सामुदायिक  र  कबुलियति  वन  उपभोक्ता
समूहहरुलाइ सक्रिय बनाइ कार्य संचालन गरिनेछ । ईन्धनको वनक्षेत्रमा पर्ने चाप कम गर्न वैकल्पिक उजा प्रवद्र्धन कार्यक्रमलाइ जोड दिईनेछ । सडक  निर्माण  गदा  दुबैतर्फ  वृक्षारोपण  साथ  बहुउपयोगी  घास  खेतीका  लागि  प्रोत्साहित  गर्ने  नीति  लिईनेछ  साथ भ्लखष्चयmभलत ःबलबनmभलत उबिल ९भ्ःए० बनाइ कार्यान्वयन गरिनेछ । वातावरण  मैत्री स्थानीय शासनको स्वीकृत  सूचकहरु  प्राप्तिका लागि जनचेतनामूलक  कार्यक्रमहरु  सञ्चालन  गरिनेछ । गाउँ  क्षेत्रभित्रका  विद्यालय,  सरकारी  तथा  गैरसरकारी  संस्थाहरुसँगका  साझेदारीमा वातावरण  संरक्षणका  विभिन्न
कार्यक्रमहरु सञ्चालन गरिनेछ । जलवाय परिवर्तनबाट पर्न सक्न प्रभाव न्यूनिकरण गर्न सरोकारवाला निकाय, गै.स.स. तथा विकास साझेदारहरुसंग समन्वय र सहकार्य गरि स्थानीय जलवायू परिवर्तन अनुकुल कार्ययोजना तर्जुमा गरि कार्यान्वयमा ल्याइनेछ । स्वस्थ  र  सफा  मासु  आपूर्तिको  लागि  उपयुक्त  स्थानका  पहिचान  गरि  निजी  वा  सार्वजनिक  वा  निजी–सार्वजनिक बधशाला सञ्चालन कार्य प्रारम्भ गरिनेछ । गाउँपालिका भित्र नदी कटान, पहिरो, नियन्त्रण गर्नका लागि आवश्यक बजेट विनियोजन गरिनेछ । गाउँपालिकाका  शहरी  क्षेत्रमा  सृजना  हुने  फोहोरलाई  व्यवस्थापन  गर्नका  लागि  घरबाट  नै  कुहिने  र  नकुहिने  फोहोर छुट्टाउने  कार्यलाइ  नागरिक  सचेतना  मार्फत  व्यवस्थापन  गरिनेछ  साथै  नकहिने  फोहोरलाइ  पुनः  प्रयोगमा   ल्याउन च्भ(गकभ अभलतचभ का स्थापना गरिनेछ । गाउँपालिका  भित्र  सँचालन  गरिने  बालुवा  ढुंगा  र  अन्य  खानीजन्य  उद्योगहरुलाइ  स्थानीय  बस्ती,  वन  जंगल  र सार्वजनिक  स्थलहरुलाई  असर  नपर्ने  गरि  संचालन  अनुमति  प्रदान  गरिनेछ  ।स्थानिय  स्तरमा  पर्न  सक्ने  प्राकृतिक विपतवाट मानवीय क्षति न्यूनीकरण गर्न स्थानिय स्तरमा वृक्षारोपण र वनजङ्गल सुरक्षा गर्ने नीति लिइनेछ । जसका लािग एउटा रुख कटान बापत १० वटा रुख वृक्षारोपण गर्ने नीति लिइनेछ ।
घरवाट नै फोहोरलाई व्यवस्थापन गर्नका लागि टोल टोलमा फोहोर फाल्ने ड्रमका व्यवस्था गरिनेछ । सार्वजनिक  स्थान,  होटल  पसलबाट  निस्किने  प्लाष्टिक  जन्य  वस्तुहरु  र  सिसा  जन्य  वस्तुका  उचित  व्यवस्थापन गर्नका  छुटटै  कानुनी  तथा  नीतिगत  व्यवस्था  मिलाईनेछ  ।  साथै  वातावरण  संरक्षणका  निम्ति  प्लाष्टिक  रहित गाउँपालिका निर्माण गर्ने नीति लिईनेछ । स्थानिय स्तरमा भएका छाडाजन्य पशुलाई नियन्त्रण गर्नका लागि आवश्यक व्यवस्था गरिनेछ । भू–क्षय  बाढी,  पहिरा  नियन्त्रणको  लागि  वृक्षारोपण  गर्ने  र  जथाभावी  रुख  कटानका  कार्यलाइ  निरुत्साहित  गर्नको
लागि दण्ड जरीवाना गर्ने नीति लिइनेछ ।
उच्च पहाडी भेगमा पाइन बहुमूल्य जडीबुटीहरुलाई संरक्षण गर्ने नीति लिइनेछ । सार्वजनिक स्थानहरुमा सार्वजनिक शौचालय निर्माण गर्न नीति लिइनेछ ।
सार्वजनिक सरकारी सम्पत्ति, बाटा घाटो, पाटी पौवा, कुवाहरुको उचित संक्षरण गर्ने नीति लिइनेछ ।
ङ)संस्थागत विकास तथा सेवा प्रवाह नीति
सेवा प्रवाहलाइ  व्यवस्थित  गर्न  गाउँपालिका  अन्र्तगतका  महिला  स्वास्थ्य  स्वयमसेविका,  कर्मचारी,  जनप्रतिनिधि  तथा गरिब तथा जेहेन्दार विद्यार्थीहरुको दुर्घटना बिमा तथा स्वास्थ्य बिमा गर्ने नीति लिइनेछ । उपभोक्ता  समिति  तथा  निर्माण  व्यवसायी  निर्माण  कार्यमा  प्रतिस्पधा  गराइ  गुणस्तरीय  भौतिक  संरचना  निर्माण  गर्न आवश्यकतानुसार योजनाहरुको निर्माण कार्य ठेक्का प्रणलीबाट गरीन नीति लिइनेछ । रोजगार सेवा केन्द्रमा सूचीकृत श्रमिक मार्फत निर्माण कार्य गराउन पहिला प्राथमिकतामा राखी योजनाहरु संचालन गरिनेछ । गाउँपालिका  भित्रका  आमा  समूहका  पहिचान  गरी  उनीहरुको  अग्रसरमा  योजना  सञ्चालन  गर्ने  कार्यका  थालनी
गरिनेछ । होमस्टे सेवालाई प्रवद्र्वन गर्ने कार्य नीति लिइनेछ ।  गाउँपालिका  भित्र  खोलिएका  नयाँ  ट्रयाकहरुको  लगत  कट्टा  गरी  सडकका  स्वीकृत  मापदण्ड  बमोजिम  क्षेत्रधिकार कायम गरिनेछ । गाउँपालिकाभित्रका  युवा  जनशक्तिलाइ  परिचालित  गरी  उनीहरुलाइ  उद्धमशील  बनाउने  र  उनीहरुकै  माध्यमबाट रोजगारी सिर्जना गर्ने गरि युवा उद्धम कार्यक्रम सञ्चालन गरिनेछ । हरेक वडामा एक विशेष उद्धमी समुहका पहिचान गरि आवश्यक सशर्त वित्तिय सहयोग गरिनेछ ।
बेरोजगारहरुका  ज्ञान,  सीप,  योग्यता,  अनुभव  र  बजारका  मागका  आधारमा  आवश्यक  पन  सीप  विकास  तालिमका
पहिचान गरि तालिमका कार्यक्रमहरु सञ्चालन तथा सम्बन्धित तालिम केन्द्रमा सिफारिस गरिनेछ । गाउँपालिका भित्रका सम्पुण बेरोजगार ब्यक्तिहरुका विस्तृत विवरण रोजगार सेवा केन्द्र मा उपलब्ध हुने गरी सुचना सम्पन्न गरीनेछ । गाउँपालिकाभित्र  सञ्चालन  हुने  सार्वजनिक  निर्माणका  कार्यहरुमा  सम्भव  भयसम्म  श्रम  मूलक  प्रविधिको  प्रयोग
गरिनेछ । कामदारहरुका दररेट आवश्यक परामश गरि बढाउनेछ । कामलाइ  सम्मान  गर्ने  संस्कृतिको  विकास  गर्न  जनप्रतिनिधि,  कर्मचारी  तथा  समाजका  प्रतिष्ठित  व्यक्तित्व  सहितका अगुवाइमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । गाउँपालिका  भित्रका  सबै  बेरोजगारहरु  एवम  सार्वजनिक  तथा  निजि  क्षेत्र  मार्फत  सञ्चालन  हुने  आयोजनाहरुलाइ
रोजगार सेवा केन्द्रका दायरामा ल्याइ त्यस्ता आयोजनाहरुमा सिर्जना हुने रोजगारीका आपूर्ति सुचिकृत बेरोजगारहरु
मध्येबाट गर्ने आवश्यक व्यबस्था मिलाईनेछ । गाउँपालिका  भित्र  पहिरो  तथा  अन्य  विविध  जोखिम  मा  धेरै  स्थानहरु  देखिएका  हुँदा  यस्ता  स्थानहरुका  मर्मत  तथा वृक्षारोपण लगाएतका कामसँग रोजगार सिर्जना लाइ एकिकृत गरिनेछ । गाउँपालिकाको सुविधा सम्पन्न आफ्नै भवन निर्माण गरी सेवा प्रवाहलाइ आगामी आर्थिक वर्षमा व्यवस्थित गरिनेछ । जेष्ठ नागरिक परिचय पत्र वितरण, अपाङ्ग परिचय पत्र वितरण, घ वर्गको निर्माण ईजाजत पत्रका वितरण र योजना सम्झौता कार्य सफटवेयरमा आधारित बनाई सेवा प्रवाहलाइ व्यवस्थित गरिनेछ । गाउँपालिकाको  कार्य  बोझलाई  कम  गर्न  आवश्यकता  अनुसारका  दरबन्दी  सृजना  गरी  कर्मचारी  अभाव  परिपूती मार्फत छितो छरिता सेवा प्रवाह पद्धतिको अवलम्बन गरिनेछ । कर्मचारी तथा जनप्रतिनिधिको क्षमता अभिवृद्वि गर्न कम्तीमा १५ दिनका विषयगत तालिम सञ्चालन गरिनेछ । देश  दर्शन  मार्फत  विकासका  नयाँ  पद्धतिलाइ  अनुशरण  गर्न  पदाधिकारी  तथा  कर्मचारीहरुलाई  राष्ट्रिय  तथा अन्तराष्ट्रिय स्तरका नमूना विकासका क्रियाकलापहरुको अवलोकन गर्ने कार्यको थालनी गरिनेछ । कर्मचारीहरुलाई  काम  प्रति  उत्प्रेरित  गर्न  तथा  उपभोक्ता  समितिलाइ  विकास  प्रति  जागरुक  गराउन  पुरस्कृत  तथा सम्मान गर्ने कार्यक्रमको थालनी गरिनेछ । 
सहकारी संस्था दर्ता, नवीकरण तथा अनुगमन गर्ने कार्यलाइ व्यवस्थित गरिनेछ । गाउँपालिकाको  वेभसाईटलाइ  प्रभावकारी  ढंगले  सञ्चालन  गरी  सम्पूण  सूचनाहरु  वेभसाईट  मार्फत  प्रसारित गरिनेछ । गाउँपालिकाका  गतिविधिहरु  पारदशी  तुल्याउन  तथा  स्थानीय  नागरिकहरुलाई  सहज  तवरले  जानकारी  पु¥याउन सब खालका सञ्चार माध्यमसँग   समन्वय गरिनेछ । गाउँपालिकामा  सञ्चालित  आयोजनाहरुको  गुणस्तर  अभिवृद्दि  गरी  वित्तीय  जोखिमलाई  न्यूनीकरण  गर्न  अनुगमन समिति गठन गरी उक्त समितीलाइ सक्रिय तुल्याईने छ । गाउँपालिकाभित्र  संचालनमा  रहेका  व्यवसायीहरुलाइ  आफनो  व्यवसाय  प्रति  उत्तरदायी  बनाउन  करको  दायरामा अनिवार्य रुपमा ल्याईनेछ । सञ्चालित  विकास  निर्माण  लगायत  सब  कार्यक्रमहरुको  नियमित  अनुगमन  प्रगति  समीक्षा,  समन्वय  बैठक, सार्वजानिक सुनुवाई, सामाजिक परीक्षण आदि   कार्यक्रमहरुलाइ बढावा दिइनेछ । गाउँपालिकाका वडा कार्यालयका संस्थागत सुदृढिकरणका कार्यहरु थालनी गरिनेछ । कार्यालयलाई  सेवाग्राही  मैत्री  बनाउन  सुशासनका  सुचाङ्ककहरुलाई  नागरिक  वडापत्र,  सुझाव  पेटिका,  सूचना अधिकारी तोक्ने जस्ता कार्यहरुलाइ लाग गरिनेछ । भोटेकोशी  गाउ  कार्यपालिकाको  कार्यालयमा  जनतालाइ  सरल  र  सहज  रुपमा  सेवा  प्रवाह  गर्नका  लागि  सोधपुछ कक्षको स्थापना गरिनेछ । गाउँपालिका  भित्र  रहेका  सँघ  संस्थाले  सँस्थागत  विकासका  लागि  नियमावली  तयार  गरि  गाउपालिकावाट  स्वीकृत लिई सँचालन गर्न प्रोत्साहित गरिनेछ । कर्मचारी  एवं  पदाधिकारीका  क्षमता  विकासका  लागि  आवश्यक  समय  सापेक्षित  बनाउन  तालिम,  अध्ययन  तथा अवलोकन  भ्रमणको  व्यवस्था  मिलाईनेछ  साथै  कर्मचारीका  मनोबल  उच्च  वनाइ  राख्न  प्रोत्साहन  कोषको  व्यवस्था गरि  आवश्क  सुविधा  उपलव्ध  गराईनेछ    र  उत्कष्ट  कार्यसम्पादन  गर्ने  कर्मचारीलाइ  वार्षिक  बजेट,  नीति  तथा कार्यक्रम सार्वजनिक समारोहमा पुरस्कृत गरिनेछ । कर्मचारीको  व्यवस्थापनका  लागि  भोटेकाशी  गाउँपालिकाको  कर्मचारी  विनियमावली  तयार  गरि  कार्यान्वयनमा ल्याईनेछ । 
च) वित्तिय व्यवस्थापन तथा सुशासन नीति
गाउँपालिका  अन्र्तगतका  वडा  कार्यालयहरुमा  पनि  टेलिफोन,  इन्टरनेटको  सुविधा  विस्तार  गरिने  कार्यको  थालनी गरिनेछ । गाउँपालिकाको  आफ्नै  डिजिटल  प्रोफाईल  र  मोबाईल  एप्लिकेशनको  विकास  माफत  सुचना  प्रवाहलाइ  व्यवस्थित गरिनेछ । गाउँपालिकाका  जनप्रतिनिधि  तथा  कर्मचारीहरुलाइ  आवश्यक व्यक्तिगत  घटना  दर्ता, सामाजिक  सुरक्षाभत्ता  र  क्ष्ऋत्(सूचना तथा संचार प्रविधि) सम्बन्धि ज्ञान तथा सीप हस्तान्तरण गन तालिमका व्यवस्था गरिनेछ । गाउँपालिकामा  सि.सि.क्यामेरा,  डिजिटल  नोटिस  बोर्डका  व्यवस्था  गरी  आर्थिक  तथा  योजना  गत  सूचनामा  सबैको पहुँच बढाईनेछ । आवश्यक  सुचना  तथा  संचार  प्रविधि  प्रयोग  गरी  विद्युतीय  शासन९भ्(नयखभचलबलअभ०   सफ्टवेयर÷प्रणालीहरु  जस्त द्यगकष्लभककरभ्लतभचउचष्कभ भ्लतचथ (व्यवसाय दर्ता), क्भलष्यच ऋष्तष्शभलकजष्उ क्ष्मभलतष्तथ ीभततभच (जेष्ठ नागरिक परिचय–
पत्र), म्ष्कबदष्ष्तिथ क्ष्मभलतष्तथ ीभततभच (अपाङ्ग परिचय–पत्र), म् ऋबतभनयचथ ऋयलकतचगअतष्यल एभचmष्ककष्यल ीभततभच (घ वर्गको  निर्माण  इजाजत  पत्र),  एभचकयललभ ि क्ष्लायचmबतष्यल  क्थकतझ  (व्यक्तिगत  सुचना  प्रणाली),  क्ष्लखभलतयचथ ःबलबनझभलत क्थकतझ (जिन्सी  व्यवस्थापन प्रणाली),  एबिललष्लन ःबलबनझभलत क्थकतझ (योजना  व्यवस्थापन
प्रणाली),  ीभततभच ःबलबनझभलत क्थकतझ (दर्ता÷चलानी  व्यवस्थापन  प्रणाली),  ख्भ्च्क्एःक्ष्क् (सामाजिक  सुरक्षा भत्ता र व्यक्तिगत घटना दर्ता) अनिवार्य रुपमा प्रयोग गरिनेछ । तत्कालिन गाउ  विकास  समितिबाट  पेश्की  रकम  लिइ  हालसम्ममा  फछर्याैट  नभएका,े म्याद नाघेको  पेश्की फछर्याैट कार्यमा  प्रभावकारी  पहल  गरि  पेश्की  शून्य  गरिनेछ  साथै  पेश्की  फछर्यौट  गर्न  अटेर  गर्ने  व्यक्ति  फर्म  संघ  सँस्थाका नामावली कार्यालयका मुलद्वारमा फ्लेक्स ब्यानर बनाई सार्वजनिक गरिनेछ ।
गाउँपालिकाद्वारा  स्वीकृत  वार्षिक  योजनाहरु  संचालनका  क्रममा  उपभोक्ता  समितिलाइ  पेश्की  दिने  प्रचलनलाइ  पुण रुपमा बन्द गरिनेछ । त्यस्ता योजनाहरुलाई रनिङ्ग बिल तथा कार्य सम्पन्न भएपछि मात्र भुक्तानी दिईनेछ । हरेक  महत्वपूण  सन्देश  र  सूचनाहरु  कार्यालयका  वेवसाईट,  फेसबुक  पेज  र  स्थानीय  एफ.एम.रेडियो  मार्फत  सव गतिविधिहरु  नागरिकहरुका  जानकारीमा  ल्याउन  प्रयास  गरिनेछ  ।  यस  गाउपालिकाका  सामाजिक  सुरक्षा  भत्ता  प्राप्त गर्ने सब नागरिकको नाम गाउपालिकाको ध्भदकष्तभ मार्फत सार्वजनिक गरिने छ । लेखा  व्यवस्थापनका  लागि  ब्अअयगलतष्लन क्यातधबचभ को  प्रयोग  गरी  वित्तिय  अनुशासनलाइ  प्रभावकारीता   कायम गरीनेछ । गाउँपालिकाको  वित्तिय  जोखिम  न्युनिकरणका  लागि  प्रत्येक  योजनाका  स्थलगत  अनुगमन  पश्चात  मात्र  रकम भुक्तानीका व्यवस्था मिलाइनेछ । 

, , , , , , , , , , ,