स्वास्थ्य कार्यालयबाट सचेतना कायक्रम


लोकप्रिय समाचार
अपाङ्गता भएका ब्यक्तिहरुको आय स्तर बृद्धीका लागी र सकेसम्म आत्मनिर्भरता बन्नका लागी बिभिन्न कार्यक्रमहरु भइरहेको सरोकारवालाहरुले बताएका छन । प्राय गरेर अपाङ्गताभएका मानीसहरुलाइ दिइने सुबिधामा सरकारले जस्तो निती बनाए पनी स्वयम सरोकारवालाहरुले आफ्नो अधिकार नमागे सम्म र अधिकारको खोजी नगरे सम्म स्थानीय बाट सुबिधा पाउनबाट बञ्चीत हुन सक्ने भएकाले  अधिकारका लागी आबज उठाउँन पर्ने सरोकारवालाहरुले बताएका छन । खाश गरी पहाडी गाँउहरुमा अपाङ्गता भएका ब्यक्तीहरुलाइ पर्याप्त मात्रमा स्वास्थ्य क्षेत्रबाट हुन पर्ने सहयोग  समेत दिन नसकीरहेको अबस्थामा यस  क्षेत्रमा कसरी सुबीधा दिन सकिन्छ भनेर स्वास्थ्यकार्यलय लागी परेको जिल्ला  स्वास्थय प्रमुख डा पोमावती थापाले बताउँनु भयो  ।


स्वास्थ्य निर्देशनालय प्रदेश नं ३ को आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथीको आसनबाट बोल्दै जिल्ला सम्मन्वय समितीका उप प्रमुख बालकुमारी सापकोटाले समग्रमा जिल्लाका अपाङ्गता भएका ब्यक्तीहरु लाइ स्थानीय सरकारले बजेटको समेत ब्यबस्था गरेका र त्यसका लागी अपाङ्गता भएका ब्यक्तीहरु आफैले  चासो देखाउँन पर्ने आबश्यकता रहेको बताउँनु भयो ।
स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य प्रशासक डा राजेन्द्र प्रसाद गिरीले अपङ्गता भएका ब्यक्तीहरुका बारेमा जानकारी गराउँदै सरकारले  दिएका सुबीधाकाबारेमा समेत सबैले जानकारी लिन पर्ने  बताउँनु भयो । होटल अरनिकोमा आयोजित अपाङ्गता सम्बन्धी एक दिने सचेतना कार्यक्रमको सञ्चालन भने जनस्वास्थ्य निरिक्षक लक्ष्मीराज जोशीले गर्नु भएको थियो ।

, , , , ,