काँग्रेस द्धारा बाढी पिडीतलाइ सहयोग गर्ने


लोकप्रिय समचार ,नेपाली काँग्रेसले आफ्ना  सबै माननीयहरुले ५दिनको तलब बाढीपिडीतलाइ सहयोग गर्ने भएको छ। प्रमुख सचेतक बालकृष्ण खाडद्धारा सोमबार जारी गर्नु भएको बिज्ञेप्तीमा उक्त कुरा जनाइउको छ। उम्हमद्धारा हस्ताक्षरित बिज्ञेप्तीमा भनीएकोछ ः

सर्लाही जिल्लामा भएको विभिन्न हिंसात्मक घटनामा सरकारले विधिको शासन पद्धतिको अपहेलना र मानवअधिकारको उल्लङ्घन साथै नागरिक अधिकार एवं नागरिकको बाँच्न पाउने हकको रक्षा नगरेको हुँदा नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले संघीय संसदमा संसदीय छानविन समिति बनाउन माग गर्दा सत्तापक्षले यस्तो महत्वपूर्ण र संवेदनशील विषयमा गम्भीर भई छानविन समिति बनाउन तयार नभएको हुँदा मानव अधिकार, नागरिक अधिकार र जनसरोकारसँग सम्बन्धित गम्भीर विषयका माग पुरा गराउन संसद अवरोध गर्नु परिरहेको छ । यसै बीच विगत पाँच दिन देखिको अविरल बर्षा भई उक्त वर्षाका कारणले बाढी, पहिरो र डुवान हुन गई विभिन्न जिल्लाका ६२ भन्दा बढी नागरिकले ज्यान गुमाई सकेका छन् । झण्डै त्यतिनै संख्यामा नागरिक वेपत्ता, सयौं नागरिक घाइते, हजारौं नागरिक प्रभावित भएका छन् ।  महत्वपूर्ण राजमार्गहरु अवरुद्ध भएको, विभिन्न स्थानमा विद्युत सेवा लगातार रुपमा अवरुद्ध भएको, कतिपय स्थानमा उद्धार कार्यमा संलग्न सुरक्षाकर्मी समेत सम्पर्क विहिन भएको, अरबौैं मूल्य बराबरको घर, खेत, धनमाल, बाली नष्ट भएको वर्तमान अवस्थामा विपद व्यवस्थापन, उद्धार राहत र पुर्नस्थापना सम्बन्धि विषयमा संसदमा गम्भीर छलफल गर्न अत्यावश्यक भएको हुँदा नेपाली कांग्रेस तथा राष्ट्रिय जनता पार्टीले प्रतिनिधि सभा नियमावली २०७५ को नियम ७८ को उपनियम (१) बमोजिम बाढी पहिरो सँग सम्बन्धित अत्यन्त जरुरी सार्वजनिक महत्वको विषय माथि छलफल गर्न आजको बैठकको अन्य कारवाही स्थगन गरी बाढी पहिरोको विपद व्यवस्थापन सम्बन्धमा छलफल गरियोस् भनेर ल्याएको प्रस्तावमा सत्तापक्ष सकारात्मक देखिएन । यस सम्बन्धमा संसदमा छलफल गरी संसदको धारणा सुनी सरकारले प्रतिबद्धता व्यक्त गरी विपदका बेला सबै शक्ति एकजुट भई विपदको सामना गर्न, जनतालाई विश्वास र भरोषा दिलाउँन, विपदबाट उद्धार, राहत र पुनस्र्थापनामा जुट्नुपर्नेमा सरकार संसदको सामना गर्न नै तयार नहुनु दुःखद कुरा हो । नेपाली कांग्रेस सरकारको यस्तो असंवेदनशिल, अनुत्तरदायी र असहिष्णुता कार्य प्रति खेद प्रकट गर्दछ । नेपाली कांग्रेस संसदीय दल राष्ट्रिय विपदको यस दुःखद घडीमा सबैलाई एकताबद्ध भई विपदको सामना गर्न हार्दिक आहवान गर्दछ । यस प्राकृतिक प्रकोपमा परी घाइते भएकाहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ र ज्यान गुमाएकाहरु प्रति हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दै शोक सन्तप्त परिवारजान प्रति गहिरो समवेदना प्रकट गर्दछ ।साथै बाढी, पहिरो र डुवान प्रभावितहरुका लागि राहत स्वरुप नेपाली कांग्रेसका संघीय संसदमा प्रतिनिधित्व गर्नुहुने माननीय सदस्यहरुको पाँच (५) दिनको तलब बराबरको रकम सहयोग गर्ने नेपाली कांग्रेस संसदीय दल निर्णय गर्दछ । बिज्ञेप्तीमा भनीएको छ ।

,