उद्यमशिलता बन्दै भेडेटारबासी


लोकप्रिय समचार देश संघीयतामा गए पछी आआफ्नो ठाँउलाइ पहिचानमा ल्याउँनका लागी  र आआफ्नो गाँउमा हुने उत्पादनलाइ चिनाउँनका लागी बिभिन्न कार्यक्रमहरु भइ रहेको छ । सिन्धुपाल्चोक पजल्लाको चौतारा साँगाचोकगढी नगरपालीकाले  तिम्मुर  खेती तथा खेर गइरहेको हलुवाबेदको सदुपयोग गर्दे  कृषी पेशालाइ प्रोत्साहन हुने खालका कामहरु गरिरहेको छ ।  देशका बिभिन्न भागमा उद्यमशिलताका लागी बिभिन्न कामहरु भइरहेको छ यसै बिच प्रदेश १ लाई केन्द्रित बनाएर उद्यमशिलता ,जवाफदेहिता ,सार्वजानिक मुद्वाका काम गर्दै आएको ‘ई.पी.आई(अ सेन्टर अफ आइडिया’ले श्रावण २६,२७ र २८ गते पूर्वी नेपालको पर्यटकीय गन्तव्य भेडेटारमा उद्यमशिलता  शिबीर संञ्चालन गर्ने भएको छ । प्रदेश स्तरिय शिबिरमा  २५ जना सहभागी हुने भएका छन ।  आवर गोल इन्स्टिच्युटको व्यवस्थापन  हुन लागेको उक्त शिबीरमा प्रशिक्षर्थीलाइ नेपाल किन गरिव छ ?, उधमशिलता बिकास , स्टार्ट अफ च्यालेन्ज, सरकारी तथा बैंकिंग प्रोसेस ,उधमका अनुभव तथा अन्य कुरामा प्रशिक्षण प्रदान गर्ने क्याम्पका संयोजक  वाल चन्द्र नेपालले जनाकारी दिनु भयो ।उँहाका अनुसार शिबीर तिन दिन सम्म सञ्चालन हुने छ । नेपालका युवा वर्गमा देखिएको बैदेशिक रोजगारले नेपाललाई आर्थिक रुपमा क्षति पुगी रहेको र क्याम्पमा नेपालमै केहि गर्ने वातावरण साथै राम्रो ज्ञान भएकालाई लगानी कर्ता सम्म पुर्याउने उदेश्यका साथ शिबीरको तयारि गरिएको ‘ई.पी.आई(अ सेन्टर अफ आइडिया’का आउटरिच अफिसर अभिष कटुवालले बताउनु भयो ।  ३ दिने क्याम्पको सहभागीका लागि अनलाइन फारम एभरेष्ट पोलेसी इन्स्टिच्युटको(‘ई.पी.आई(अ सेन्टर अफ आइडिया) फेसबुक पेज तथा वेब पेजमा गएर भर्न सकिने ब्यबस्था मिलाइएको आयोजकले जनाएको छ ।यस अघी  पहिलो क्याम्प इटहरीमा भएको ‘ई.पी.आई(अ सेन्टर अफ आइडिया’ अप्रेसन डिरेक्टर गायत्री कार्कीले  बताउँनु भयो  ्रकार्कीका अनुसार उक्त शिबीरमा २७ जना सहभागी भएका थिए भने  प्रशिक्षक का रुपमा  विकल्प एण्ड अल्टरनेटिभका निर्देशक बसन्त अधिकारि , समृद्ध फाउन्डेसनबाट रोशन श्रेष्ठ, सुरथ ग्रिरी ,वल्ड लिंक इन्टरनेट केन्द्रिय कार्यालयबाट सुजन पौडेल लगायतको उपस्थिति थियो । यस पटकको शिबिरमा  ग्लोबल अन्टरपेनरसिप नेटवर्कका नेपाल प्रमुख दिपेन्द्र चौलगाई ,उधमी सुरज बैध , विकल्प एण्ड अल्टरनेटिभका निर्देशक बसन्त अधिकारि वल्ड लिंक इन्टरनेट केन्द्रिय कार्यालयका  सुजन पौडेलले प्रबिक्षण दिनेकार्यक्रम रहेको छ ।