डान्स पछि फेरि अर्को कीर्तिमान राख्ने तयारीमा ः बन्दना नेपाल


 सुरेश तिमल्सिना ( काठमाडौं )
पुर्बी नेपालको धनकुटामा वि.स २०५८ सालमा जन्मेकी १७ वर्षीया डान्सर बन्दना नेपालले गत मङ्सिर सात गते देखि बाह्र गते सम्म  एक सय २६ घण्टा लगातार नाचेर  ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा सबैभन्दा लामो समय डान्सिङ म्याराथोन गर्ने व्यक्तिको रूपमा नाम लेखाउन सफल हुनु भएको छ । मरेपनि यही स्टेजमै मर्छु। बाँचेपनि यही स्टेजमा बाँच्छु। यो देशलाई विश्वसामु चिनाउनेछु’, नृत्य प्रस्तुत गर्ने क्रममा उहाँले भन्नुभएको थियो । गिनिज बुक अफ वल्र्ड रेकर्डका प्रतिनिधिहरूले उनलाई लगातार ४–४ घण्टापछि १० मिनेट आरामको समय दिइएको थिए ।
परिवारका अन्य सदस्यले उनलाइ यति लामो समय सम्भब छैन भन्दा पनि उनी आफुले हार नखाइ आफ्नो अभिनयलाई प्रर्दशन गरेको कुरा उहाँ बताउनुहुन्छ । उनको मेहेनतले गर्दा नेपालको नाम विश्वसामु परिचित भएको छ । यो रेकर्डले उनलाइ प्रोत्साहित गरेको कुरा उनी बताउछिन । डान्स मात्र नभएर अहिले उनले बन्दना नेपाल फाउण्डेसनबाट विभिन्न सामाजिक गतिविधिमा सक्रिय भई नृत्यलाई निरन्तरता दिने काम पनि गरिरहनु भएको छ । बिद्यालय बाट नै डान्समा प्रवेश गरिकी बन्दना सामाजिक काममा पनि उत्तिकै लागिरहेकी छिन , कक्षा एघारको परिक्षा दिएर बसेकी बन्दना अहिले आफू भन्दा सानालाई पनि नेपालमा नै बसेर आफ्नो देशको नाम बिश्वसामु चिनाउन सकिन्छ आफुमा भएको क्षमतालाइ प्रस्तुत गर्नु अति आवश्यक छ भन्दै प्रेरणा दिइरहनु भएको छ, गिनिज बुकको सर्टि्फिकेट प्रधानमन्त्री केपि शर्मा ओलि बाट ग्रहण गरिकी बन्दनाले सरकारले नृत्यलाई मान्यता दिने हो भने कयौं सम्भबना रहेको कुरा उनी बताउछिन । आफ्नो कलिलो उमेरमा नै बिश्वसामु देश चिनाउने मानिस कम नै हुन्छन यसको उदाहरणको रुपमा बन्दनालाई लिन सकिन्छ , केही दिन अगाडि मात्र पत्रकार सुरेश तिमल्सिना संगको कुराकानीमा उनले भनिन “ अब अन्य बिदामा पनि देशको नाम बिश्वसामु चिनाउने छु के विषय केही समयपछि सार्बजनिक गर्ने छु “ । गिनिज बुकमा नाम लेखाएकी बन्दना अहिले डान्सलाइ मध्यनजर गर्दै विभिन्न डान्स तालिम लिइरहनु भएको छ । प्रत्येक मानिसमा हरेक कला हुन्छ तर उसलाइ आफ्नो घरपरिवारको साथ सहयोग नहुने भएकाले उसले आफुमा भएको कलालाइ चाहेर पनि प्रस्तुत गर्न पाउदैन , यदि आफ्नो परिवार बाट सहयोग हुने हो भने अन्य कला भएका कयौं ब्यक्ति निस्कन सक्ने कुरा उनी बताउछिन । राज्यले प्रत्येक क्षेत्रमा समान रुपले ध्यानाकर्षण गर्ने हो भने डान्सको माध्यम बाट मनोरञ्जन मात्र नभएर दुखमा परेका ब्यक्तिहरुको मुहारमा खुशी ल्याउन सक्ने कुरा बन्दना बताउनुहुन्छ ।

, ,