बजार अनुगमनमा म्याद सकिएका समान भेटीए


लोकप्रिय समाचार
चौतारा साँगाचोकगढी नगरपालिकाले हिजो चौतारा बजारमा रहेका हार्डवेयर पसलहरुमा अनुगमन गर्दा प्रयोग अवधि सकिएका सामाग्री भेटिएको छ । विभिन्न चरणमा चौतारा साँगाचोकगढी नगरपालिकाले अनुगमन गर्दै आएपनि अझै बजारमा यस्ता म्याद नाघेका सामाग्री भेटिनुले व्यापारीहरुले प्रशासनिक निर्देशनलाई अवज्ञा गरेको सहजै अनुमान गर्न सकिन्छ ।

विशेष गरी निर्माण क्षेत्रमा संलग्न रहेका हार्डवेयर पसलहरु तथा ग्रिल कारखानाहरुमा नविकरण, विल, मुल्यसुची जस्ता विषयमा अनुगमन गरिएको थियो । अनुगमनमा चौतारा साँगाचोकगढी नगरपालिकाका उपप्रमुख जानुका पराजुली, वडा नं ५ का वडा अध्यक्ष नरमान श्रेष्ठ, उपसचिव विदुर धिमाल, दुर्गा ढुङ्गेल, शिव कार्की, जिल्ला प्रशासन कार्यालयका अर्चना आचार्य, जिल्ला प्रहरी कार्यालयको हरिभक्त गैंडा, उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकका उपाध्यक्ष श्यामकृष्ण श्रेष्ठ,
नगर सुधार समितिका अध्यक्ष नेत्रबहादुर बस्नेत र ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपालका जिल्ला अधिकृत उमेश विश्वकर्मा लगायतको टोलीहरुले बजार अनु्गमन गरेको थियो ।
अनुगमनमा म्याद सकिएका सामानहरु विक्रि बन्द गर्न र आयकरमा दर्ता गरेका हिसाबकिताब पारदर्शीता गर्न र नगरमा आ–आफ्नो उद्योग दर्ता गरी समयामा नै लेखापरीक्षण गरी बुझाउनु पर्ने कर बुझाउन समेत निर्देशन गरिएको थियो ।
बजार अनुगमन चौतारा साँगाचोकगढी नगरपालिकाको समन्वयमा ट्रान्सपरेन्सी ईन्टरनेशनलद्वारा सञ्चालित भुकम्पपछिको पुर्ननिर्माण र पुर्नस्थापनामा सदाचार कार्यक्रम अन्र्तगत आयोजना गरिएको परियोजना अधिकृत विश्वकर्माले जानकारी दिनुभयो । 

, ,