बस्नेतको ६१करोडको खाता झुटो ठहर



लोकप्रिय समचार सिन्धुपाल्चोक   नेपाली काँग्रेसका केन्द्रीय सदस्य एब पुर्ब सुचना तथा संञ्चार मन्त्री मोहनबहादुर बस्नेत माथी केही समचार माध्यमहरुले प्रकाशन गरेको समचार झुटो एबम चरित्र हत्या गर्नका लागी मात्र गरिएको प्रमाणीत भएको छ ।

यस सम्बन्धमा  काठमाडौंको महाबौद्धस्थित प्रणामी बचत तथा ऋण सहकारी संस्थाले मोहन बहादुर बस्नेत साँग सहकारकिो कुनै पनी कारोकार नभउको प्रमाणीत दिए पछी यो समचार झुटो भएको प्रमाणीत भएको हो ।
बस्नेतले यस सम्बन्धमा   आफनो र परिबारको नाममा समेत कुनै पनी खाता  नभएको पत्रकार सम्मेलन गरेर  जानकारी दिनु भएको छ । 
केही समचार माध्ययमहरुले पूर्वमन्त्री बस्नेतको नाममा ठूलो रकम निक्षेप राखेको भेटिएपछि सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धान थालेको र सहकारी विभागले सहकारीमा रहेको बस्नेतको ६१ करोड रुपैयाँ ‘फ्रिज’ गरेर अनुसन्धान थालेको भन्ने भ्रमपुर्ण समचार प्रशारण गरेकोमा दुख लागेको बताउँदै आफुले सरकारले ल्याउँन लागेको मिडीया काउन्सिल को बिरोध गरिरहेको आफु आफ्नो पाटी पनी बिधी र बिधीको शाशन सँगै लोकतन्त्रमा बिश्वास गर्ने भएकाले पनी कुनै पनी मिडीया माथी अङ्कुस लगाउँन नहुने बिचारमा रहेको बताउानु भयो । उँहाले यसो भन्दैमा एकलौटी अरुको चरित्रहत्या गर्ने खालका समचार प्रकाशन प्रशारण गर्नेलाइ भने छुट नदिने र
कानुनी प्रकृयाबाट कार्बही गर्ने बताउँनु भयो । उँहाले जो जस सँग सम्बन्धीत समचार छ त्यस साँग पनी सोधेर उसको पनी धारणा राख्नु पर्ने बताउँदै संञ्चाकर्मीहरु प्रायोजित हुन नहुने बताउँनु भयो । 




, , , ,