असार महिनामा मात्रै १२१ जना महिलामाथि हिंसा


महीला पुनस्थपना केन्द्र काठमाण्डौले असारमा मात्र १२१ जना महीलामाथी हिसां भएको जनाएको छ । केन्द्रका कार्यकार िनिर्देशक  लुभराज न्यौपानेद्धारा जारी बिज्ञेप्तीमा यस्तो जनाइएको हो ।प्रस्तुत बिज्ञेप्तीमा भनीएको छ , महिलामाथिहुने हिंसाले महिलाको स्वतन्त्रता, मर्यादित र समाजमाआत्मसम्मान सहितबाँच्नपाउने अधिकार, समानताको अधिकार, यातना र भयमुक्तभईजीवनजिउनपाउने अधिकार जस्ता आधारभूतअधिकारहरू कुण्ठित गरेको छ । घरदेखि सार्वजनिक स्थलमा समेत बढिरहेका हिंसाका घटनाका तथ्याङ्कले महिलाको शारीरिक, मानसिक स्वास्थ्यका साथै आत्मसम्मान, परिवार  र अन्तत समाजमाप्रत्यक्ष असर पारेको छ । 

विषयवस्तु
ओरेक नेपालले असारमहिनामाआफ्नो कार्यालयमाअभिलेखिकरण गरेका (८०) तथाविभिन्न राष्ट्रिय पत्रपत्रिकाहरुबाट प्राप्त (४१) तथ्याङ्ककाआधारमा१२१वटा लैङ्गिकविभेदमाआधारित हिंसाको तथ्याङ्क संकलनभएको छ ।
क) हिंसाको प्रकार


ओरेकले अभिलेखीकरण गरेको तथ्याङ्कलाईविश्लेषण गर्दा असारमहिनामा५७वटा (४७प्रतिशत)घरेलु हिंसाको तथ्याङ्क संकलनभएको छ । यसैगरी २७ वटा (२२प्रतिशत)बलात्कार, १४ वटा(१२प्रतिशत) सामाजिक हिंसाको घटनाभएको पाइएको छ । यसरी नै १० वटा (८प्रतिशत) हत्या, ६ वटा (५प्रतिशत) यौनदूव्र्यवहार, ३ वटा (२ प्रतिशत) बलात्कारको प्रयास, २ वटा मानव बेचविखनकाघटना,१ जनामहिलालेलैंगिकविभेदकाकारणले आत्महत्याको प्रयास गरेको घटना र १ जनालाई अनलाइनमार्फत हिंसा भएको तथ्याँक संकलनभएको छ ।
ख) प्रभावितको उमेरको आधारमाबर्गीकरण

उमेरको आधारमाविश्लेषणगर्दा असार महिनामामात्रै सबैभन्दा धेरै ३७जना (३१प्रतिशत)१७ देखि २५ वर्ष उमेर समूहकाबालिका, किशोरी र युवामहिलाहरु बढी हिंसाको जोखिममा रहेको पाइएको छ । यसपश्चात हिंसामा पर्ने सबै भन्दा बढी ३२ जना (२६प्रतिशत) २६ देखि ३५ वर्ष उमेर समुहकामहिलाहरु रहेका छन् ।  यसैगरी २९जना (२४ प्रतिशत) १६बर्षभन्दाकमउमेरकाबालिकातथाकिशोरीहरु, १० जना (८ प्रतिशत) ३६ देखि ४५ वर्ष उमेर समुहकामहिलाहरु हिंसाबाटप्रभावित रहेका छन् ।
ग)आरोपितकोउमेरको आधारमाबर्गीकरण

यस्तै, हिंसामा संलग्न पुरुषहरुको उमेरको विश्लेषण गर्दा सबैभन्दा धेरै १७ देखि २५ वर्ष उमेर समुहका ३६ जना (३० प्रतिशत)युवाहरु रहेका छन् । यसैगरी ३०जना (२५प्रतिशत)२६देखि ३५ बर्ष उमेर समुहका र२२जना (१८ प्रतिशत)३६ देखि ४५ वर्ष उमेर समुहकापुरुषहरु हिंसामा संलग्नभएको पाइएको छ ।
घ) प्रभावित र आरोपितको सम्बन्ध

प्रभावित र आरोपितको सम्बन्धलाई बिश्लेषण गर्दा, सबैभन्दा बढी ४८ वटा (४०प्रतिशत) हिंसा श्रीमानबाटभएको छ भने २१ वटा (१७प्रतिशत) हिंसाका घटना छिमेकीबाट र १९ वटा (१६ प्रतिशत) परिवारका सदस्यवाट भएको पाइएको छ ।
निष्कर्ष
तथ्याङ्ककलाईआधार मान्दा अघिल्लो महिनामाझँैमहिलाहरु आफ्नो घरमा नै बढी हिंसाको जोखिममा रहेको पाइएको छ । यसैगरी ३५वर्षभन्दाकमउमेर समुहकाबालिका, किशोरी तथामहिलाहरु हिंसा बाट प्रभावितरहेको र १७ देखि ३५वर्ष उमेर समुहकायुवाहरु हिंसाको प्रमुखजिम्मेबार भएको पाइएको छ । यसले समाज परिवर्तनमालाग्नुपर्ने युवाहरु नै हिंसाको लागिजिम्मेवारभइदिँदा समाज परिवर्तनसंगै देशकोविकासमाबाधा पु¥याउने देखिन्छ ।त्यसैले यसको प्रमुखकारणको खोजी र समाधानकाउपायहरु सहित अगाडी बढ्न जरुरी छ ।




, ,