बजेट किताबमा महोत्काक्षी भएर हुदैन ब्यबहारमा लागू गर्न पर्छ ः सापकोटा युवाको हातमा सिप र रोजगार एक घर एक उघमी ले लोकप्रियता पाउँने ः तामाङ्ग


लोकप्रियसमचार हरेक निती कार्यक्रमहरु किताबमा प्रस्तुत गरेर मात्र हुँदैन ब्यबहारमा लागु गर्न सके मात्र यसले सफलता पाउँने भएकोले सबैेले ब्यबहारमा उतार्ने गरि काम गर्न पर्ने पुर्ब मन्त्री माननीय अग्नी प्रसाद सापकोटाले बताउँनु भएको छ ।



उँहाले  चौतारासाँगाचोकगढी नगरपालीकाले गत बर्ष गरेको प्रतिबद्धता भन्दा बढी प्रभाबकारिता ढ.ङ्गले कामगरेकोमा प्रशंशा गर्दै यसरी नै ब्यबहारमा काम गर्दै गएमा बास्तबीकतामै  सिंहदरबारको अधिकार गाँउमा आएको स्थानीय नागरिकले महशुस गर्ने बताउँनु भयो । उँहाले जनप्रतिनीधिले कहील्यै पनी अहमता गर्न नहुने बताउँदै यो मेरो यो तेरो भन्न नहुने सबेैलाइ समान ब्यबहार गर्न पर्ने बताउँनु भयो ।
उँहाले  चौतारासाँगाचोकगढीनगरपालीकाले यस मानेमा समान ब्यबहार गरेको आफुले पाएको बताउँनु भयो । पुर्ब मन्त्री माननीय  शेर बहादुर तामाङ्गले सिन्धुपाल्चोक जिल्ला मध्यको सदरमुकाम समेत भएको नगरपालीका चौतारासाँगाचोकगढीबाट अरुले पनी पाठ सिक्न सक्ने खालका कामहरु गरेर नमुनाको रुपमा अगाडी बढ्न पर्ने बताउँनु भयो । उहाँले समृद्ध नगरको निर्माणको परिकल्पना गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाले  अगाडी सारेका हरेक कामहरुमा आफ्नो सहयोग निरन्तर रहीरहने  बताउँनु भयो ।
  चौतारासाँगाचोकगढी नगरपालीकाको आ ब ०७६÷७७ को बजेट सार्बजनिक कार्यक्रममा बोल्दै उँहाहरुले यस्तो बताउँनु भएको हो । नगरपालीकाले  आगामी आर्थिक वर्ष ०७६÷७७ को लागि झण्डै सवा एक अर्व रुपैयाँको बजेट सार्वजनिक गरेको छ । असार १० गतेबाट नगरसभामार्फत नीति, कार्यक्रम तथा बजेट निर्माणको प्रक्रिया अघि बढाएको  पालीकाले शहीद स्मृती भवन चौतारामा  मंगलबार एक  कार्यक्रम गरी आगामी वर्ष सञ्चालन गरिने नीति तथा कार्यक्रमसहित एक अर्व २३ करोड ८७ लाख १५ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो । बजेटमा नगरले संघीय सरकारबाट सबैभन्दा बढी ८० लाख ८६ हजार र प्रदेश नं. ३ सरकारबाट तीन करोड ३६ लाख रुपैयाँ अनुदान प्राप्त हुने जनाएको छ ।
नगरका सबै १४ वटा वडालाई डेढ करोड रुपैयाँका दरले बजेट विनियोजन गरेको छ । शिक्षा क्षेत्रको प्राथमिकता क्रमअनुसार नगरले महिला, बालबालिका, दलित, जेष्ठ नागरिक, जनजाती, अपांग, अल्पसंख्यक, वन, विपद् व्यवस्थापन, भूसंरक्षण, वातावरण, नविकरणीय उर्जा, कृषि, पशु सेवा, घरेलु तथा लघु उद्यम, पर्यटन, सम्पदा संरक्षण, खेलकुद, सहकारी, स्वाथ्य, आयुर्वेद, खानेपानी, सिचाइ, विद्युत लगायत क्षेत्रको लागि आवश्यक बजेट व्यवस्था गरेको छ ।
नगरलाइ काठेपुल मुक्त नगर बनाउँने अभियानलाइ तिब्रता दिने बताइएको छ ।  साथै  नगरका १४ वटै वडालाई सहिद चक्रपथले घेर्ने नीति लिएको नगरपालिकाले त्यसका लागि विस्तृत योजना प्रतिवेदन निर्माण प्रकृया थालिसकेको जनाएको छ ।
होमस्टे (घरवास) प्रवद्र्धन गर्ने नीति लिएको नगरले नगर प्रहरीको व्यवस्था गर्ने कार्यक्रम अघि सारेको छ । ‘एक घर एक उद्यम’ नारा अघि सार्दै नगरले महिला उद्यमी र सशक्तीकरणमा जोड दिएको छ  नगरपालीकाले , योग शिविर सञ्चालन गर्ने, हरेक वडा मा एक एकवटाकवर्डहल,निर्माण गर्ने  एक  एक खेल मैदान, एक  एक हेलिप्याड निर्माण गर्ने, युवाको हातमा सीप तथा रोजगार कार्यक्रम सञ्चालन गर्दै रोजगार बैंक स्थापना गर्ने,र  एक वडा एक महिला सहकारी बनाउने कार्यक्रम ल्याएको छ ।

सो समारोहमा नगरपालीकाको हरेक कामहरुलाइ ब्यबहारमा उतारेर  उत्कृष्ट काम गर्ने नगरपालिकाका पाँच जना कर्मचारी प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद बस्याल, लेखापाल रामकृष्ण कार्की, नायव सुब्बाद्वय शोभा रिजाल, चुडामणि पराजुली र कार्यालय सहयोगी रञ्जित तामाङ लाइ   सम्मान समेत गरिएको थियो त्यसै गरी नगरपालीकालाई सघाउने संघसंस्थालाई पुरस्कृत एवम् सम्मान गरिएको थियो । 

, , , ,