लामोसाँघु जिरी सडक ३दिनका लागी बन्द


लोकप्रियसमचार
सिन्धुपाल्चोकबाट खाडीचौउर हुँदै चरिकोट दोलखा जाने सडक  तिन दिनको लागी बन्द हुने भएको छ । लामो साँघु जिरी सडक मर्मत  निर्माणधिन क्रममा केही दिन देखी अबिरल बर्षाका कारण हिलो भइ सवारी आवत जाबतमा कठीनाइ पर्न गएको बिषयमा जिल्ला सम्मन्वय समिती सिन्धुपाल्चोकमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

सम्मन्वय समितीका अध्यक्ष कृष्णगोपाल  तामाङ्गको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी गोमादेबी चेम्जोङ्ग जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी उपरिक्षक मुकुन्द मरासिनी जिल्ला सम्मन्वय अधिकारी  टिका मणी न्यौपाने   सडक डिभिजन कार्यलयका डिभिजन इन्जीनियर धर्मेन्द्र कुमार झा लगाएतका जिल्लाका प्रमुख तथा निर्माण ब्यबसायी  गौरी पार्बती निर्माण सेवाका कमल भण्डारी डोरमणी पौडेल अरनिको यातायातका  बिरेन्द्र हिमालय लगाएतको उपस्थितीमा उक्त निर्णय गरिएको जिल्ला सम्मन्वय समितीले जनाएको छ ।
खाश गरि सवारी आवत जावतमा समस्या परेको  हुँदा  तत्काल यो सडक पुर्बवत स्थितीमा सञ्चालनमा ल्याउँन पर्ने भएकोले मर्मतका लागी तिन दिन सबारी  आबगमन  बन्द गरिएको सडक डिभीज कार्यलयका  प्रमुख  धर्मेन्द्र कुमार झाले जानकारी दिनु भयो ।   श्रावण ११गते बेलुका ६बजे देखी श्रावण १३गते बेलुका सम्म लामोसाँघु जिरी सडकमा सवारी साधनको आवत जावत पुर्ण रुपले  बन्द गरी बिग्रीयको सडक  मर्मत गर्ने निर्णय भएको जिल्ला सम्मन्वय समितीका सुचना अधिकारी शाखा अधिकारीले  लोक बहादुर बिक ले जानकारी  दिनु भएको छ ।

, , ,