रेडक्रस सिन्धुपाल्चोकले रगत सङ्कलनको सम्र्झौता गरयो


लोकप्रिय समचार घाईते तथा बिरामीहरुका लागि अत्यावश्यक रगतको निरन्तर आपूर्तिमा सहज तथा सहयोगका लागि नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखा र भक्तपुर जिल्ला शाखा वीच आज दुई पक्षीय समझदारीमा हस्ताक्षर भएको छ ।

बर्तमान अवस्थामा बढ्दो विरामीको चाप र रगतको मागलाई मध्ये नजर राखी  उपत्यका क्षेत्र र जिल्ला अस्पतालमा रगतको आपूर्तिका लागि समन्वयात्मक रुपमा अगाडी बढ्न उक्त समझदारी भएको हो । सिन्धुपाल्चोक जिल्लाको तर्फबाट सभापति राजेन्द्रमान ताल्चाभडेल र भक्तपुर जिल्लाको तर्फबाट सभापति एवं केन्द्रीय सदस्य मनोजकुमार थापाले हस्ताक्षर गरेको उक्त समझदारी पत्रमा जिल्लामा रक्तदाताहरुबाट संकलन गरिने रगतलाई आवश्यकतानुसार जिल्ला अस्पतालमा भण्डारण गर्ने र बाँकी भक्तपुर रक्तसंचार केन्द्रमा व्यवस्थापन गर्ने साथै चौतारा अस्पतालमा हाल प्रसुति गराउंदा रगतको आवश्यकता हुंदा सिधै रक्तदाताबाट रगत लिई सुत्केरी आमालाई रगत आपूर्ति गरिरहेकोमा रगतको भण्डारण गरी तत्काल सेवा दिन सहज वातावरण तयार गर्ने उल्लेख भएको छ ।
समझदारी पत्र आदान प्रदान गराउंदै जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले वर्तमान सन्दर्भमा मानव रक्षाका लागि अत्यावश्यक रगत आपूर्तिका लागि सबै निकायले सहयोग तथा समन्वय गरेर कार्यतालिका बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
नेपाल रेडक्रस सोसाइटीले सञ्चालन गर्ने रक्त सञ्चार सेवाका लागि आवश्यक सहयोग गर्न चौतारा साँगाचोकगढी नगरपालिका तयार रहेको र नगरपालिकाका भित्रका रगत आवश्यक भएका विरामी हरुका लागि सहुलियत र सुलभ तरिकाले रगत उपलव्ध गराउन नगरपालिकाले अध्ययन गरी ठोस कार्यक्रम ल्याउन पहल गरिने जानकारी दिनु भएको छ ।
रक्त सञ्चार केन्द्र सञ्चालनका लागि आवश्यक पर्ने प्रविधिहरुको व्यवस्थापन गर्न जनस्वास्थ विभाग टेकुसंग समन्वय भई रहेको र नेपाल रेडक्रस सोसाइटीसंगको समन्वयमा चौतारा अस्पतालमा आकस्मिक रक्तसंचार सेवालाई उचित व्यवस्थापन गर्ने चौतारा अस्पताल विकास समितिका अध्यक्ष इश्वरीप्रसाद श्रेष्ठले बताउनुु भयो ।
नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखाको सभापति राजेन्द्रमान ताल्चाभडेलको सभापतित्वमा संचालन भएको उक्त अन्तरक्रियात्मक छलफल कार्यक्रममा रेडक्रस केन्द्रीय सदस्य मनोजकुमार थापाले नेपालमा हाल कुल जनसंख्याको ०.५९ प्रतिशतले मात्र रक्तदान गरिरहेको परिप्रेक्षमा रगतको सरल आपूर्तिमा कठिनाई भईरहेको र रक्तदानको महत्व र वर्तमान अवस्थामा यसको आवश्यकताको आधारमा कुल जनसंख्याको २ प्रतिशत मात्र जनताले रक्तदान गरेमा नेपाल भरी बिरामीका लागि रगत आपूर्ति गर्न कुनै कठिनाई नहुने र चौतारा अस्पतालमा आकस्मिक रक्त सेवा सञ्चालनमा भक्तपुर जिल्ला शाखाले आवश्यकतानुसार नियमित सहयोग हुने बताउनु भयो । कार्यक्रममा जिसस, नगरपालिका, वडाप्रमुख, जिल्ला अस्पताल, नेपाल रेडक्रसको निकाय लगायत सरोकार वाला निकायको उपस्थित रहेको थियो ।

, ,