भोटेचौरको चिया अमेरिका र जर्मनमा
रुपक पुरी
भोटेचौर जैसिगाउमा २०५२ सालदेखि सुरु गरियको चिया खेति फस्टायपछि यहाँको चिया अमेरिका र जर्मनमा निर्यात हुन थालेको छ ।
उत्पादित चियाको ५० प्रतिशत गुणस्तरीय चिया अमेरिका र जर्मनमा निर्यात हुने र बाकि नेपालकै वजारमा खपत हुने गरेको छ । अमेरिका र जर्मनमा भने माग अनुसारको निर्यात गर्न नसकियको गौचन वताउनुहुन्छ । चिया वगानको स्थापनापछि भोटेचौरका दैनिक २५ स्थानियले रोजगारिको अवसर पायका छन् । रोजगारि पाउनेमा महिला वढि छन् ।
भोटेचौरको केही भागमा लगाइएको चिया खेति छिट्टै भोटेचौर लगायत हैवुङ , थकनि, तालामाराङ, हेलम्बु हुदै ज्यामिरेसम्म विस्तार गर्न सकेमा चियाको उत्पादनमा वृद्धि गरि माग अनुसारको आपुर्ति गर्न सकिने र धेरै सङ्ख्यामा स्थानीयलाई रोजगारि प्रदान गर्न सकिने दावि सल्लाहकार गौचनको छ ।
चिया वगानको विकासमा कुनै अन्तर्राष्ट्रिय दाता , सङ्घसस्था वा सरकारले सहयोग गरेमा सिन्धुपाल्चोक पनि चिया खेतिको आधारमा नेपालको दार्जिलिङ वन्ने चिया वगानका सञ्चालक रामचन्द्र श्रेष्ठको भनाइ छ ।
गुणस्तरीय चिया अमेरिका र जर्मनमा निर्यात भयपछि स्थानीयवासि आफ्नै माटोमा उत्पादित चियाको स्वादिलो स्वादवाट भने वञ्चित भयका छन् ।