अखिल नेपाल फुटबल संघ द्वारा भवन हस्तान्तरण


सुरेश तिमल्सिना (काठमाडौं)
सिन्धुपाल्चोक जिल्ला फुटबल संघ एन्फा द्वारा संचालित जिल्ला लिग फुटबल प्रतियोगिता भब्य रुपमा सम्पन्न भएको छ , खेल मा १२ वटा टिम ले भाग लिएका थिए भने यो बर्ष  ४ वटा टिम रेलिगेसन मा परेको थियो। फाइनल खेल मा न्यु जेनेरेसन क्लब खुकुन्डोल र राइजिङ युबा क्लब बिच प्रतिस्पर्धा भएको थियो  रोमान्चक पुर्ण ढङ्गले  भयको थियो उक्त खेल मा न्यु जेनेरेसन को तर्फ बाट डिफेन्स आशिस श्रेष्ठ ले सेन्टर बाट गोल गर्न सफल भए उक्त खेल मा पहिलो हुने टिम  रु ५०००० हजार र प्रमाणपत्र सहित मेडल  ट्र्फि बाट सम्मानित भयो र सोहिखेल मा बेस्ट खेलाडिको रुपमा  पनि आसिश नै सम्मानित हुनभयो र दोस्रो हुने टिम ले नगद रु २५००० र मेडल प्रमाणपत्र हासिल गर्यो र त्यस्तै गरि खेल को उद्घाटनको को दिन अखिल नेपाल फुटबल संघ बाट भबन निर्माण को लागि दिएको १०००००० दस लाख बराबर रकम हस्तान्तरण गर्यो हस्तान्तरण गरिएको रकम भबन र

खेलाडी को लागि ड्रेस चेन्जिङ रुम पनि अखिल नेपाल फुटबल संघका केन्द्रिय अध्यक्ष श्री कर्म छिरिङ शेर्पाले उद्घाटन गर्नु भयो र बिगत को दिन मा पनि यस सिन्धुपाल्चोक जिल्ला फुटबल संघ लाई सदैब साथ र सहयोग गर्दै जाने अध्यक्ष शेर्पाले बताउनुभयो साथै र खेल अवधी भरी विशेष भुमिका निर्वाह गर्नुहुने  सिन्धुपाल्चोक जिल्ला फुटबल संघ का अध्यक्ष श्री मन कुमार श्रेष्ठ र संघ का सबै कार्यसमिति का सदस्य हरु लाई पनि विशेष धन्यवाद व्यक्त गरेको जानकारी  सिन्धुपाल्चोक जिल्ला फुटबल संघ को कोषाध्यक्ष श्री जितेन्द्र भण्डारीले बताउनुभयो ।
खेलकुद पनि देश बिकास र देशलाई बिश्व भरी चिनाउने एक आधार हो कुनै क्षेत्रमा सडक बनाउदैमा भवन निर्माण गर्दैमा मात्र देश को बिकास हुदैन खेलकुदको लागी उचित वातावरण सिर्जना गरेर अझै अन्य खेलाडी जन्माउन सकेमा देश प्रगतिको बाटो तर्फ लम्किन सक्ने कुरा कोषाध्यक्ष भण्डारी बताउनु हुन्छ । ।

, , , , ,
Lokpriyasamachar@. Powered by Blogger.