अन्तर्रा्ष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सिन्धुपाल्चोकका खड्कालाई कास्य पदक

लोकप्रिय समाचार
५ औं हिरोज अन्तर्रा्ष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सिन्धुपाल्चोकका रोहिन्द्र विक्रम खड्काले कास्य पदक जित्नुभएको छ । थाइल्याण्डको बैंककमा जुलाइ २७–२८ मा भएको उक्त प्रतियोगितामा उहाँले ७०–८० तौल समूह अन्तर्गत कास्य पदक जित्नुभएको हो । पहिलो फाइट भारतीय खेलाडी सन्तोष गुल्दकरलाई नकआउट गर्दै उनी सेमिफाइनलमा पुगेका थिए । फिलिपिन्सका माक यन्थोनी बेनोजासँग पराजित हुँदै उहाँले कास्य पदक जित्नुभएको हो ।

उहाँ उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–४ यमुनाडाँडाबाट यहाँ आउनुभएको थियो ।
प्रतियोगितमा २१ देशका खेलाडीहरुलाई पछि पार्दै उहाँले उक्त पदक प्राप्त गर्नुभएको हो । खड्का नेपाल तेक्वान्दो संघ सिन्धुपाल्चोकको जिल्ला कार्यसमितिमा सचिव तथा सुनकोशी खेलकुद विकास समितिको अध्यक्ष समेत रहनु भएको छ ।

, , , , , ,