सिन्धुपाल्चोकको मायाँ धेरै लाग्छः कल्पना अधिकारी


चितवन जिल्ला  साबीक चैनपुर ८ हाल रत्न नगर नगरपालकिा ३ निबासी  पिता स्व काशीनाथ अधिकारी र माता कलावती अधिकारीको कोखबाट २०२६साल भाद्र्र १०गते जन्म लिएर यस धर्तीृमा पाइला टेक्नु भएकी कल्पना अधिकारी जसको जन्म थलो चितवन भएता पनी कर्मथलो भने धादीङ्ग रहेको छ ।

उँहाले लामो समय सिन्धुपाल्चोक जिल्लामा घरेलु तथा साना उद्योग बिकास समितीको  कार्यलयमा  कार्यरत रहनु भएको छ । २०५१ साल असार २१ गते देखी सरकारी जागीरमा लाग्नु भएको अधिकारी त्यस  समय देखी नै घरेलु तथा साना उद्योग बिकास समितीको कार्यलयमा रहेर काम गर्दै आउँनु भएको छ । शुरुमा बागलुङ्ग बाट नायब सुब्बा पदबाट काम शुरु गर्नु भइ  नुवाकोट काठमाण्डौ लगाइतका जिल्ला हुँदै सिन्धुपाल्चोक जिल्लामा पहिलो पटक महिला घरेलु तथा साना बिकास समीतकिो  प्रमुख भएर आउँनु भएको थियो । प्रमुख उद्योग अधिकृतको रुपमा सिन्धुपाल्चोक रहँदा उँहाले धेरै घटनाहरु सँग प्रतिस्पर्धा गर्न परेको  प्रमुख उद्योग अधिकृत कल्पना अधिकारी कर्मचारी समायोजन पश्चात धादीङ्गको  निलकण्ठ नगरपालीका को प्रशासन तर्फ बरिष्ठ अधिकृतको रुपमा  समायोजनमा जानुहुने भएको छ  प्रस्तुत छ उँहासँग गरेको छोटो कुराकानी
१  तपाइ सिन्धुपाल्चोकमा आए पछी नँया काम के के भयो
म सिन्धुपाल्चोक जिल्ला आए पछी  नँया कामहरु धेरै भएका छन तर म आए पछी मैले नै गरेको भन्ने चाही होइन किन भने समयानुकुल आबश्यकतालाइ पहिचान गरेर गरेको काम भएकाले  नँया काम देखीएको हो
२ त्यसमा पनी खाश उपलब्धीमुलक कामहरु के के भए ?
 मैले भन्नु पर्दा म सिन्धुपाल्चोकमा आए पछीका कुराहरुमा सबै भन्दा उपलब्धी भनेको मानीसलाइ आत्मा निर्भरताका लागी कार्यक्रम बनाएर लागु गर्नु नै उपलव्धी ठानेको छु जिल्लाको साबीक ७९गाँउ बिकास समितीहरुमा हरेक गाँउ बिकास समिती मा घरेलु उद्योगको अबधारणा अनुसार प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आत्मा निर्भरतामा मानीसलाइ स्थापित गर्नु नै उपलब्धी हो जसमा  आबश्यकताका आधारमा माग बमोजिमका काम हरु भए कही गलैचा बुन्ने तालीम दिइएको थियो भने उनीहरुलाइ कामगर्न आबश्यक तानहरु बितरण गरिएको थियो । त्यस्तै माटोको सदुपयोग गर्दै इटा बनाउँने तालमि दिइएको र त्सका लागी मेशीनहरु बितरण गरिएको  छ । त्यस्तै घरेलु कामका लागी सिलाइ बुनाइ, तालीमका साथै मेशनिको समेत ब्यबस्था गरिदिएको छ ।
३ सिन्धुपाल्चोक बसाइ को क्रममा बिर्सन नसकीने कुनै घटना छ की ?
यो त छ जुरे पहीरो र भुकम्प त्यो त कहील्यै बिर्सन नसकीने घटना हो । हेर्नुहोस जुरे पहीरोबाट  धेरै मानीसहरुको  ज्यान गयो धेरै क्षती भयो त्यो क्षतीको बिषयमा पिडीतहरुले राहत नपाउँदैै फेरी भुकम्प गयो त्यसबाट पनी ठुलो क्षती ब्यहोर्न पर्यो  यो घटना कहील्यै पनी बिर्सन नसकिने घटना हो मेरो लागी
४भुकम्पबाट त तपाइको कर्मथलो धादीङ्ग र जन्म थलोमा पनी त क्षती भयो नी होइन र ?
 हो मेरो जन्म थलो चितवनमा पनी धेरै क्षती भयो भने मेरो कर्मथलो धादीङ्गमा पनी क्षती भयो
 ५तपाइको जन्म थलोमा पनी क्षेती भयो कर्मथलोमा पनी क्षेती भयो कार्यस्थलमा पनी भयो त्यतीबेला सबै भन्दा धेरै कँहा बसेर सेवा गर्नु भयो  ?
पहिलो कुरा म कर्मचारी हुँ राष्ट्र्ले मलाइ जनताको सेवा गर्न मासिक तलव दिएर मेरो कामलाइ किनेको छ । जनताको करबाट मैले मेरो  पारिश्रमकि लिएको छु  त्यसैले मैले  पहीलो प्रथमिकता बाल बच्चा  घर परिबार भए पनि मेरो घर परिबारका सदस्यहरुलाइ परिबारको  रेखदेख गर्ने जिम्मा दिएर सिन्धुपाल्चोकको पिडीतरुलाइ उद्धारका लागी समय दिएको थिए ।  जुरे पहिरुो जाँदा जुरेमा नै गएर बसियो  तर भुकम्प जाँदा सबेै तिर तहसनहस भयो र पनि हामीले कतीपनी नहडबढाइकन सरकारले दिएको दायित्व पुरा गरेका थियौ
 ६  देश संघीयतामा गएको र जिल्लामा पनी तिनवटा नगरपालकिा र ९वटा गाँउपालकिा गरी जम्मा १२वटा पालीका भए तपाइले कुन कुन पालीकामा कसरी  सेवा दिनु भयो त ?
 मैले  सेवा दिन भन्दा पनि घरेलु तथा सानाबिकास समितकिो निती र सरकारको निर्देशन अनी बिधीबिधान अनुसार  सेवा दिने हो त्यसमा मेरो भुमिका भनेको आबश्यकताका आधारमा सिफारिस गर्ने अनी समितीको निर्णय अनुसार काम गर्ने भएकाले  १२वटै तहमा आबश्यकता र कार्यलयको क्षमता  अनुसार सबै पालीकाहरुमा सेवा दिएका छौ ।
७ तँपाइलाइ  समग्रमा सिन्धुपाल्चोक कस्तो लागेको छ ?
मलाइ मेरो ब्यक्तीगतरुपमा भन्ने हो भने सिन्धुपाल्चोक मा जुगल हिमाल  हेलम्बु र पाँचपोखरी थाम्पालको पर्यटकिय क्षेत्र तातोपानी दुगुनागढी गौराती भिमेश्वर सुनकोसी  जस्ता महत्वपुर्ण  क्षेत्र को याद आइ रहन्छ समग्रमा मलाइ सिन्धुपाल्चोक  राम्रो लागेको छ ।
८ यँहा रहँदा तपाइलाइ कार्य क्षेत्रमा कस्तो  सहयोग पाउँनु भयो ?
मैले धेरै सहयोग पाएँ  सिन्धुपाल्चोकमा भएका सबै नागरिकहरुले मलाइ सहयोग गरेकै छन बिषेस गरी प्रशासन कार्यलय , जि.स.स,को.ले.किका,नेपाल पत्रकार महासंघ  सरकारी तथा गैर सरकारी संस्थाहरु सबैले सहयोग गरेका छन  समग्रमा सबैबाट   सहयोग   भएको छ । 
९ अन्तमा  केही भन्नु  छ की
 खास   भन्नु केही छैन मलाइ सिन्धुपाल्चोकको माँया धेरै लाग्छ   मैले सिन्धुपाल्चोक जिल्लामा बसेर  काम गर्दै रहेको अबस्थामा जँहा जसले जसरी सहयोग गरेका छन सबेले मेरो कार्यलाइ सफलतापुर्बक तरिकाले सम्पन्न गर्न सहयोग गरेका थिए  र अन्तमा मलाइ मेरो आफेनो भनाइ राख्नका लागी लोकप्रिय समचार दैनिकले जुन मौका दियो लोकप्रिय समाचार दैनीक र यसलाइ सहयोग गर्नु हुने नेत्र बहादुर बस्नेतलाइ बिशेष धन्यबाद दिन चाहान्छु । र मलाइ लामो समय सम्म सिन्धुपाल्चोकमा रहेर काम गर्ने सिलसिलामा  सबैको सहयोग पाएको छु सबैलाइ बिशेष आभार ब्यक्त गर्दछु । 

, , , , , , , , ,