मेलम्चीको वडाकार्यलयमा आगजनी


रुपक पुरी
अज्ञात समुहले सिुन्धुपाल्चोक जिल्ला मेलम्ची  नगरपालिका  ( १० को वडा कार्यालयमा आगजनि गरेको छ ।
मङ्गलवार राति ढोकाको ताल्चा  काटेर कार्यालयभित्र  रहेका कागजातहरु जम्मा  गरि आगो लगाइएको  वडा अध्यक्ष  भक्तबबहादुर खड्काले वताउनुभयो । वडा कार्यालय भित्र  रहेका सम्पुर्ण  कागजातहरु जलेर नष्ट  भयको खड्काले  बताउनुभयो  ।

घटना कसले गरायो भन्ने  विषयमा अनुसन्धान  थालियको इलाका  प्रहरी  कार्यालय मेलम्चीका  प्रमुख महेन्द्र  दर्नालले वताउनुभयो । घटनाको प्रकृति  हेर्दा विप्लवका कार्यकर्ताले  गरेको हुनसक्ने सम्भावना कम रहेको दर्नालले वताउनुभयो । घटनास्थलमा विप्लव  समुहका कुनै  पनि पर्चा नभेटियको उहाँले जानकारि दिनुभयो ।
प्रहरी  र स्थानियले आगो नियन्त्रण  गरेका छन् । भवनमा भयकाृ क्षतिको विवरण सङ्कलन भइरहेकाले कति क्षति भयो अहिले  भन्न  सकिने अवस्था  नभयको अध्यक्ष   खड्काले वताउनुभयो ।

,