काँग्रेसद्धारा क्षतीपुर्तीको माग


लोकप्रियसमचार नेपाली काँग्रेस ले अविरल वर्षाका कारणले गुल्मी जिल्लाको सत्यवती गाउँपालिकाको लिम्घा र ठूलो लुम्पेक गाउँमा सोमबार राती पहिरो गई भएको मानवीय एवं भौतिक क्षति प्रति नेपाली कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गरेको छ ।

प्रमुख सचेतक बालकृष्ण खाँण द्धारा जारी बिज्ञेप्तीमा उक्त घटनामा परी बेपत्ता भएका व्यक्तिहरुको तत्काल खोजी कार्य गरी उद्धार गर्न र विस्थापित तथा जोखिममा रहेका घरपरिवारलाई पुनस्र्थापनाको व्यवस्था साथै घाइते भएकाहरुलाई उपचार एवं राहत तथा मृतक परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न नेपाल सरकार समक्ष हार्दिक आग्रह गर्दछ । भनिएको छ  त्यसै गरी बिज्ञेप्तीमा
पहिरोमा परी घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना साथै जीवन गुमाएकाहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्दछ भनीएको छ  ।

, ,