सिन्धुपाल्चोकको लिसखुंमा दिउँसै लुटपिट





अगींता बस्नेत लोकप्रिय समचार सिन्धुपाल्चोक जिल्लाको  मुडे स्थित निर्घन बैङ्ककमा काम गर्ने  कर्मचारी लाई ठुलो धादिङ्गको जरदेउ भन्ने  गाउबाट फर्कदै गर्दा डाकाहरुले कुटपिट गर्नुका साथै नगद समेत लुटेका छन ।
बुधबार बिहान १०बजे लिसङ्खुपाखर वडा न १ बाट समुहको बैठक सकेर स्थानियहरुको किस्ता रकम लियर फर्कने क्रममा कर्मचारि माथि कुटपिट भइ रकम समेत लुटिएको स्थानिय प्रेम कुमार  तामाङ्गले बताउनु भएको छ । उँहाका अनुसार मोटर साइकलको साँचो  नगद एकलाख साठीहजार ल्यापटप एक थान मोबाइल समेत लुटेका  र मरण सम्म हुने गरि कुटेको अबस्थामा फेला परेको थियो ।
तत्कालै  प्रहरीलाइ  खबर गरी आफुहरुले एम्बुलेन्समम राखेर उपचारकोलागि प्रहरीको साथमा पठाएको जानकारी दिनु भएको छ । दिउसै यसरी कुट पिट हुनका साथै  लुटिए  पछि स्थानिय हरु त्रसित भएका छन ।
यश सम्बन्धमा अनुसन्धान भइ रहेको र छिटै अपराधि पक्राउ पर्ने  जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी उपरिक्षक  मुकुन्द मरासिनिले बताउनु भयो ।