सिन्धुपाल्चोकले मनायो जिपी जयन्ती

लोकप्रिय समचार

नेपाली कांग्रेसले पार्टी पुर्व सभापति एंव भुतपुर्व प्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोइरालाको ९६ औं जन्म जयन्ती देशभर विभिन्न कार्यक्रम गरि मनाएको छ  । आफ्नो संस्थापक नेता स्वः गिरिजा प्रसाद कोइरालाले शान्ति स्थापना र गणतन्त्र नेपाल निर्माणका लागि खेलेको अहम भुमिका लाई जनस्तरमा पुर्याउने उदेश्यले कांग्रेस पार्टी केन्द्रिय समितिले नै देशभर स्व.कोइरालाको जन्म जयन्ति मनाउन परिपत्र जारी गरेको थियो । नेपाली कांग्रेस सिन्धुपाल्चोकले पनि स्व. विकास कोइरालाको जन्म जयन्तीको अवसरमा वर्तमान राजनीतिक परिस्थिति र गिरिजा प्रसाद कोइराला विषयक अन्तरकृया कार्यक्रम चौतारामा सम्पन्न गरेको छ। नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको सभाहलमा भएको कार्यक्रममा पार्टी जिल्ला पदाधिकारी भात्री एंव शुभेच्छुक संस्थाका प्रमुख एंव  प्रतिनिधिको साथै सर्वसाधारणको बाक्लो उपस्थिती   रहेको थियो ।

कार्यक्रम मा वक्ताहरूले स्व. नेता कोइरालाको जीवन् संघर्षको बारेमा वर्णन गरेका थिए । अन्तरकृया कार्यक्रम मा सभापति विकास लामाले स्व. कोइरालासंगको सहयात्राको स्मरण गर्दै उहाँको अभाव पार्टीमा सदैव खड्किरहने बताउनु भयो । त्यस्तै उपसभापति शिव सुनार ले पार्टी र देशलाई अप्ठ्यारो परिस्थिति बाट मुक्ति दिनसक्ने नेता गिरिजा प्रसाद कोइराला मात्रै भएको बताउनु भयो  । त्यस्तै पुर्वसभापती भुपेन्द्र बहादुर थापाले पार्टी भित्रको अन्तर द्वन्द मिलाएर जान पार्टी सभापति लाई सुझाव दिनुभयो।  स्वागत मन्तब्य राखदै  नेपाली काँग्रेस भित्र  गुट उपगुट भएका कारण निर्बाचनमा पराजय भोग्न परेको स्पसट पार्दै चौतारा साँगाचोकगढी नगर पालीका वडा नं ८का वडाअध्यक्ष तिर्थ बहादुर श्रेष्ठले सबै एकताबद्ध भएर अगाडी बढ्न पर्ने बताउँनु भयो । नेपाल िकाँग्रेसका जिलला कार्य समितीका पदाधिकारी हरु तथा भतृसंस्थाका प्रतिनिधीहरुले आआफ्नो धारणा राख्नु भएको थियो भने पार्टी सचिब बिलबहादुर तामाङ्गले कमर्यक्रम संञ्चालन गर्नु भएको थियो ।

,
Lokpr[email protected] Powered by Blogger.