अर्गानिक खाद्यवस्तुको माग बढ्दो


लोकप्रिय समाचार 
काठमाडौं ।
मानिसले दैनिक प्रयोग गर्दै आएको विषादी औषधि र रासायनिक मल प्रयोग गरीएको खाद्य बस्तुहरु बाट स्वास्थ्यमा दिनानुदिन खतरा बढ्दै गएपछि सर्वसाधारणहरुको अर्गानिक खाद्यवस्तु प्रतिको क्रेज बढिरहेको छ । काठमाडौ उपत्यकांमा बस्ने मान्छेलाई तरकारीको आपूर्ति गर्ने  भनेर प्रख्यात रहेको काभ्रेपलान्चोक जिल्लाको को पाँचखालक्षेत्रका नागरीकहरुलाइ तरकारी खेतिमा प्रयोग गर्ने विषादि औषधि र रासायनिक मलको प्रयोग बढी भएकाले स्वास्थ्य समस्याले दुःख दिइरहेको बताइएको छ । यसो हुनुका  मुख्यकारण बिषदी औषधी नै हो  भन्ने निस्कर्ष रहेको छ ।







यद्यपि प्राय गरेर किसान आफूले खाने सागसब्जिमा खासै विषादि औषधि र रासायनिक मलको त्यति प्रयोग गर्दैनन् । बजारमा बिक्रिमा पठाउने तरकारीमा भने उनीहरु अघिल्लो दिनसम्म नै विषादि हाल्ने गर्छन् भन्ने भनाइ छ । त्यतिमात्रै होइन किसानहरुले तरकारीको तौल बढाउन, तरकारीलाई चाँडो ठूलो बनाउन पनि औषधिको प्रयोग गर्छन् ।
जसले बतिलै रहेको तरकारीलाई भोलीपल्ट नै ठूलो बनाइदिन्छ । आफूले नखाने भनेपनि अत्यधिक प्रयोग हुँदा ति विषादि एवं रासायनिक मलले अप्रत्यक्ष रुपमा भएपनि सम्बन्धित किसान वा किसान परिवारलाई पनि असर गर्ने गरेको र कडा रोग लाग्ने गरेको विज्ञहरुको भनाई रहेको छ ।
केही समय यता भने विषादि र रासायनिक मलको प्रयोगको बारेमा केही जनचेतना अभिवृद्धि हुन थालेको पाइन्छ । सर्वसाधारणहरु सकेसम्म अर्गानिक खाद्यवस्तु खोजेर खान चाहन्छन् । काठमाडौंलगायतका शहर एवं गाऊघरतिर पनि अर्गानिक खेति गर्ने लहर बढ्दै गएको देख्न पाइन्छ ।
काठमाडौं उपत्यकाभित्रको कुरा गर्नुपर्दा थानकोट, हात्तिगौंडा, कोटेश्वर, भैंसेपाटी, भक्तपुरका केही स्थानहरु, फर्पिङ्ग लगायतका ठाऊँहरुमा नागरिकहरुको तर्फबाट अर्गानिक खेती हुन थालेका छन् । स्वस्थ रहनको लागि पोलिस नगरेको चामल, चोक्करसहितको पिठो, गहुँमकैको च्याख्ला खानुपर्छ भन्ने मान्यता बढ्दै गएको छ ।
डा. अरुणा उप्रतिले बेलाबेलामा आफ्नो अभिव्यक्तिमा बच्चाहरुलाई हर्लेक्स होइन गेडागुडीको सातु खुवाउनु पर्छ । चाऊचाऊ हैन भुटेको मकै खुवाउनु पर्छ भन्ने गर्नुहुन्छ । त्यस्तै प्राकृतिक चिकित्सक डा. हरिप्रसाद पोखरेले स्वस्थकर आहारको विषयमा धेरै पुस्तकहरु लेख्नु भएको छ । अर्का प्राकृतिक चिकित्सक डा. जनक बस्नेत आफै अर्गानिक तरकारी खेतिमा लाग्नु भएको छ । स्वास्थ्य क्षेत्रका विज्ञहरुले नै यसरी के खान हुन्छ कस्तो खानुपर्छ र के कस्तो खानुहुन्न भन्ने कुरामा सार्वजनिक रुपमा बताइदिने गर्ने हो भने खान नजानेर रोगी हुने क्रममा निकै कमि आउने अनुमान गरिएको छ ।
यतिबेला विदेशबाट आयात हुने फलफूल तथा तरकारीमा अत्यधिक विषादि प्रयोग भएको आशंकामा बोडरमा तरकारी र फलफूलका गाडीहरुलाई केहीहद्सम्म कडाई गरिएको कुराप्रति उपभोक्ताहरुले सह्राना गरेका छन् । देशभित्रकै हकमा पनि अर्गानिक खेतिको लहर बढ्दै जानु अत्यन्तै राम्रो कुरा हो तर त्यहाँ भनाई जस्तै गराई छ कि छैन त्यसको भने स्थलगत रुपमै अनुगमन हुन जरुरी देखिन्छ । भन्दा अर्गानिक भन्ने तर उपभोक्ता नन्अर्गानिक खाद्यवस्तुबाट ठगिने हुन चाही हुँदैन । त्यस तर्फपनि सम्बन्धित निकाय एवं सरोकारवालाहरुको समयमै ध्यान पुग्न जरुरी छ ।

, , , , , , ,