रेडक्रसले गर्यो प्राथमिक उपचार सम्बन्धी प्रशिक्षण


लोकप्रिय समाचार

   नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा  सिन्धुपाल्चोकले प्राथमिक उपचारको लागी तालिम सम्पन्न गरेको छ । क्यानडियन रेडक्रसको सहयोगमा जिल्लामा सञ्चालित  ग्रामीण आपत्कालीन ट्रमा प्रणाली सुदृढिकरण कार्यक्रम मार्फत् तालिमको आयोजना गरिएको हो ।
आघात् वा आपत्कालीन अवस्थामा मानिसको जीवनलाई अकाल मृत्युबाट कसरी बचाउन सकिन्छ भन्ने विषयमा स्वास्थ्यकर्मीलाई जानकारी गराउने उद्देश्यले तालिमको आयोजना गरिएको हो । चौतारामा पाँच दिनसम्म चलेको तालिममा जिल्लाका जुगल, त्रिपुरासुन्दरी, बलेफी, इन्द्रावती गाँउपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाका स्वास्थ्य संस्थाहरुबाट १६२ जना स्वास्थ्यकर्मीहरु सहभागी भएका थिए ।
     
सिन्धुपाल्चोक जिल्लामा यसअघि ४ सय ५५ जनाले प्राथमिक उपचार सहयोग तालिम लिइसक्नुभएको छ । सिन्धुपाल्चोक जिल्लामा सन् २०१७ देखि ग्रामीण आपत्कालीन ट्रमा प्रणाली सुदृढिकरण कार्यक्रम सञ्चालन भई राखेको छ । यहि कार्यक्रम मार्फत् जिल्लामा ख समूहको तीन वटा एम्बुलेन्स पनि सञ्चालन भइरहेका छन् ।

, ,