घरेलु तथा साना उद्योग सिन्धुपाल्चोकले ग¥यो समिक्षा बैठक


लोकप्रिय समाचार
प्रदेश सरकार उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय, उद्योग, वाणिज्य उपभोक्ता संरक्षण हित निर्देशनालय, घरेलु तथा साना उद्योग विकास समितीको शाखा कार्यालय सिन्धुपाल्चोकको आर्थिक तथा प्राविधिक सहयोगमा समिक्षा बैठक भएको हो । सिन्धुपाल्चोक जिल्लामा आ.व. २०७५÷०७६ को लागि गरिबी निवारणको लागी लघु उद्यम विकास कार्यक्रम को वार्षिक समिक्षा जिल्ला सम्मन्वय समिती सिन्धुपाल्चोकको सभाहल, चौतारामा सम्पन्न भएको हो । आ.व. २०७५÷०७६ को लागि गरिवी निवारणको लागी लघु उद्यम विकास कार्यक्रम को सहजीकरण र व्यवस्थापन जिल्ला लघु उद्यमी संघ (डिमेगा) सिन्धुपाल्चोक र ग्रामिण महिला सिर्जनशिल परिवारले गरेको थियो । आ.व. २०७५÷०७६ मा लघु उद्यम विकास कार्यक्रममा ३०४ जना नयाँ उद्यमी सिर्जना गर्न लक्ष्य रहेको थियो । जसमा जिल्ला लघु उद्यमी संघले नयाँ उद्यमी सिर्जना गर्ने लक्ष्य १९७ जना रहेको थियो भने उक्त संस्थाले २१० जना नयाँ उद्यमी सिर्जना गर्न सफल भएको छ । यसैगरी ग्रामिण महिला सिर्जनशिल परिवारको लक्ष्य १९७ जना रहेकोमा २०६ जना लघु उद्यमी सिर्जना गर्न सफल भएको छ । लघु उद्यम विकास कार्यक्रम सिन्धुपाल्चोकको जिल्लाको ३ वटा न.पा. र ९ वटा गा.पा. मा संचालन भएको थियो । जस अन्र्तगत जिल्ला लघु उद्यमी संघले चौतारा साँगाचोकगढी न.पा., मेलम्ची न.पा., इन्द्रावती गाउँपालिका, जुगल गाउँपालिका, हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिका रहेको थियो भने ग्रामिण महिला सिर्जनशिल परिवारले बाह्रविसे न.पा., बलेफी गा.पा., त्रिपुरासुन्दरी गा.पा., भोटेकोशी गा.पा., सुनकोशी गा.पा. र लिसंखुपाखर गा.पा. रहेको थियो ।

गरिवी निवारणको लागी लघु उद्यमी विकास कार्यक्रम (मेड्पा) मोडल अनुसार दुवै संस्थाले उपलब्धीमुलक लक्ष्य हासिल गरेको कुरा प्रमुख उद्योग विकास अधिकृत श्री कल्पना शर्मा अधिकारी ज्यूले बताउनु भएको थियो । यस कार्यक्रमको मोडल अनुसार महिला ७० प्रतिशत, ३० प्रतिशत दलित, ४० प्रतिशत जनजाती र ६० प्रतिशत युवा समेट्नु पर्ने मापदण्ड रहेको छ । जस अनुसार दुवै संस्थाले मेड्पा कार्यक्रम संचालन निर्देशिका अनुसार नै कार्यक्रम सम्पन्न गरेको थियो ।
सिन्धुपाल्चोक जिल्लामा गरिवी निवारणको लागी लघु उद्यम विकास कार्यक्रमबाट हालसम्म ४२७७ जना लघु उद्यमी सिर्जना भईसकेका छन् भने यस बर्षमा जिल्ला लघु उद्यमी संघ ले २१० जना र ग्रामिण महिला सिर्जनशिल परिवार ले २०६ जना लघु उद्यमी सिर्जना गरेको गरेका छन् । यस आ.व मा विभिन्न सिप विकास तालिम अन्र्तगत, सिलाईकटाई, व्यूटिपार्लर, गलैंचा, ढाका बुनाई, डल्लो साबुन बनाउने, हाते कडाई जस्ता सिप तालिम प्रदान गरी व्यवसाय अनुसारको आवश्यक प्रविधी समेत वितरण गरेका छन् ।
वार्षिक आम्दानी ३४४३० भन्दा कम आय भएको परिवारहरुलाई समेटिएर यस कार्यक्रम संचालन हुने भएकोले गरिवी निवारण गर्नको लागी यो कार्यक्रम उपयुक्त रहेको छ । घरेलु तथा सानाउघोग बिकाश सिन्धुपाल्चोकका प्रमुख कल्पना शर्माले कार्यक्रमका बारेमा प्रकाश पार्नू भएको थियो भने जिससप्रमुख कृष्ण गोपाल तामागको सभापतीत्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

,