स्वास्थ्यकार्यलय सिपाद्धारा द्रुत स्वास्थ्य टोली परिचालन गर्ने


लोकप्रिय समचार
 जिल्ला स्वास्थ्य कार्यलय सिन्धुपाल्चोकले  जिल्ला स्तरिय द्रुत प्रतीकार्य टोली गठन गरेको छ ।  स्वास्थ्य कार्यलयका  सिन्धुपाल्चोकका प्रमुख डा पोमावती थापाको अध्यक्षतामा मङ्गलबार बसेको महामारी तथा बिपद ब्यबस्थापनको बैठकले उक्त टोली गठन गरेको हो । स्वास्थ्यकार्यलयका स्वास्थ्य शिक्षा अधिकृत शुशिल ढकालको टोलीले  आबश्यक औषधी तथा उपकरणहरुको  ब्यबस्था गरी तैयारी अबस्थामा रहने ।  स्थानीय तहमा  पनी गठन भएका तहहरुको बिबरण लिने र नभएका तहमा तत्काल सिआरआरटी गठन गर्ने  बिभिन्न सञ्चार माध्यमहरुबाट सन्देशमुलक सुचनाहरु प्रकाशन तथा प्रशारण गर्ने जिल्लामा   कार्यरत सबै  स्वास्थ्यकर्मीहरु तैयारी अबस्थामा राख्ने   हाललाइ बिदामा नबस्नका लागी सबै स्वास्थ्यकर्मीहरुलाइ  पत्रचार गर्ने जिल्ला स्थित आरआरटी परिचालन गर्दा सँबन्धीत सरोकारवालाहरु सँग सम्मन्वय गर्ने  जस्ता निर्णयहरु गरिएको छ । स्वास्थ्यकार्यलय सिन्धुपाल्चोकले कुनै पनी बिषयमा जिल्लाका नागरिकहरुले कुनै पनी बेला स्वास्थ्य सेवाबाट बञ्चीत हुन नपरोस भन्दै यस्तो निर्णय गरेको चौतारा अस्पताल का अध्यक्ष इश्वरी प्रसाद श्रेष्ठले बताउँनु भयो ।  जिल्ला स्थित कार्यलय प्रमुखहरुको समेत बिषेश उपस्थितीमा भएको बैठकले बदलिदो मौसमका कारण हुने सम्भाबीत महामारी लाइ नियन्त्रण गर्नका लागी यो ब्यबस्था गरेको हो बैठकमा जिल्ला सम्मन्वय समितीका प्रमुख कृष्ण गोपाल तामाङ्ग,नि प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा लगायत को बिषेश उपस्थिती रहेको थियो ।  कुनै पनी नागरिकलाइ स्वास्थ्यको पहुँचबाट टाढा राख्न नहुने  बताउँदै  यो समयमा बिभिन्न प्रकारको महामारी  फैलन सक्ने भएकाले  स्वास्थय कर्मीहरुलाइ बिदामा नबसी तैयार िअबस्थामा बस्न पर्ने निर्णय गरिएको स्वास्थ्यकार्यलयका प्रमुख डा थापाले बताउँनु भयो ।


, , , ,