दोषी जो भएपनि कारवाही गरिनेः प्र.जि.अ चेम्जोङ


राधिका गिरी
लोकप्रिय समाचार
देश संघीयतामा गएको छ, अनि स्थानीय सरकार गठन भएको छ । स्थानीय सरकारलाइ दिएको अधिकार जनताले स्थानीय बिकासमा सहज पाउनु र सिंहदरबारबाट हुने काम स्थानीय बाटै होस भनेर देशले स्थानीय सरकारलाइ अधिकार दिएको छ । तर अधिकार सँगै अधिकारको दुरुपयोग भने सिमा भन्दा धेरै अगाडी गईसकेको छ । यसले गर्दा स्थानीय सरकार नै धरापमा पर्न सक्ने भएकाले स्थानीय स्तरमा पारदर्शीता हुन जरुरी रहेको सरोकारवालाले बताएका छन् । पछिल्लो समयमा केही वडाअध्यक्षहरुको कमाइ खाने स्थान भनेकै सडक र खानेपानी बनेको छ । खानेपानीमा सरकारले बजेट दिन्छ अनि सडकमा पनि स्थानीय सरकारले बजेट राख्छन, बजेट अनुसारको काम भएको स्थानीय तह भने कमै मात्रमा रहेको होलान । तर कामै नगरी रकम भुक्तानी लिने र रकम आफै राख्ने वडाअध्यक्षहरु पनि सिन्धुपाल्चोक जिल्लामा रहनु भएको छ । यसको बिरुद्ध स्थानीय नागरिकहरु नै लागी परेका छन ।

सिन्धुपाल्चोक जिल्लाको लिसंखुपाखर गाँउपालिका वडा नं ६ को वडा अध्यक्ष कैलाश थापाले आफै वडा अध्यक्ष भएर उपभोक्ता समिती निर्माण गरी कामै नगरी रकम लिएको खुलासा भए पछी जिल्ला प्रशासन कार्यलयबाट छानबिनको लागी अनुगमन टोली स्रोत गएको र अनुगमनमा वडाअध्यक्षले कसैलाइ पनि थाहै नदीई अन्यत्र लगेर अनुगमन गराइ झुटो बिवरण तैयार गरेको भन्दै यसका बिरुद्ध जिल्ला प्रशासन कार्यालयमा अर्काे उजुरी परेको छ । स्थानीय रत्न बहादुर तामाङ्ग लगायतले दिनुभएको निवेदनमा यसको निष्पक्ष छानबिनको समेत माग गरिएको छ । स्थानीय सरकारका केही वडा अध्यक्षहरुले राज्य नै आफैले संञ्चालन गरेको आभास दिदै सिफरिसमा सकेत आलटाल गर्ने र कामै नगरी रकम भुक्तानी लिने काम भएकाले स्थानीयहरु जिल्ला प्रशासनमा गुहार माग्न आएका हुन । यस सम्बन्धमा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले अख्तियार अनुसन्धान आयोगले छानबिन गरिरहेको हुँदा झुक्याएर काम नहुने आफु पनि यस बिषयमा गम्भिरता पुर्बक छानबिनमा लागि परेको बताउँदै जो कोहि भए पनि दोषी ठहर भएमा कार्बाही हुने बताउँनु हुँदै बास्तिवकतामा रहेर काम गर्ने बताउँनु भयो ।
उहाँले उजुरी पत्र बुझ्दै दोषी जो भए पनि कानुन बमोजिम कार्बाही हुने तर उजुरीमा भनिए जस्तो हो वा होईन भन्ने बिषयमा पर्याप्त प्रमाणको आवश्यक पर्ने बताउनु भयो । जिल्ला प्रशासन कार्यलयमा उजुरी दिनका लागी स्थानियहरु आफै उपस्थित भएका थियो ।

,