सामुदायिक अङ्कपत्रको नतिजा सार्वजनिक


राधिका गिरी
सिन्धु पाल्चोक जिल्ला चौतारामा सामुदायिक अङ्कपत्रको तेस्रो समिक्षाको नतिजा मंगलबार सार्वजनिक गरिएको छ । उक्त कार्यक्रम बेलायती अन्तर्राष्ट्र्यि विकास नियोगको आर्थिक सहयोगका महिला आत्मनिर्भरता केन्द्रद्धारा सञ्चालित सेफ जस्टिस परियोजना अन्तर्गत गरिएको हो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङको विशेष उपस्थिती रहेको थियो । चेम्जोङले यस्ता कार्यक्रमले निरन्तरता पाउनुपर्ने बताउँदै स्थानीय सरकारसँग समन्वय गर्न आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा प्रहरी कार्यालयका प्रहरी उपरिक्षक मुकुन्द मरासिनीले लक्षित समूहले दिएका नम्बरहरु र न्यायिक समिति तथा प्रहरीले गरेको सो मूल्याङ्कनको नम्बर बारे प्रष्ट पार्नु भएको थियो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला अस्पताल, जिल्ला सरकारी वकिल कार्यालय, जिल्ला वार एशोसियसन, जिल्ला कानुनी समिति, सामुदायिक न्यायिक स्रोतका प्रमुख तथा प्रतिनिधीहरुको सहभागीता थियो । उक्त कार्यक्रमको अध्यक्षता मांकको कोषाध्यक्ष सुन्तली लामाले गर्नुभएको थियो ।