पाँच सय २० घरमा पानी ट्याङ्कि सहित सफा जुठेल्नो


रुपक पुरी
सिुन्धुपाल्चोक जिल्ला पाँचपोखरि थाङपाल गाउपालिकाको पाँच  सय २० घरमा ६० लाखको लागतमा पानी ट्याङ्कि सहित सफा जुठेल्नो निर्माण  गरियको छ ।

प्रदेश सरकारको वजेटमा हिमालि तथा पहाडि जिल्लामा  महिला  तथा बाल स्वास्थ्य प्रवर्द्धनका  लागि साना  आयोजना कार्यक्रम  अन्तर्गत  सफा जुठेल्नो निर्माण  गरियको हो ।
सफा जुठेल्नो सहित ५ सय लिटरको ड्रममा धारो जडान गरियको छ । गाउपालिका भित्र रहेका  ७२ स्वास्थ्य  आमा समुहमध्य २० वटालाइ छनोट गरि प्रत्येक मुहलाइ ३ लाखका दरले सहयोग गरेको गाउपालिका स्वास्थ्य  सम्योजक आत्माराम धितालले वताउनुभयो ।
सफा जुठेल्नो निर्माण  गरेपछि  खानेपानिको वचत हुनुका साथै  घर पनि सफा भयको पाँचचपोखरि थाङपाल वडा नम्बर  ६ मा रहेको दक्षिणकाली स्वास्थ्य  आमा समुहकि अध्यक्ष  सरिता धितालले वताउनुभयो । उहाँका अनुसार सफा जुठेल्नो निर्माण पछि झिङ्गा  पनि कम लाग्न थालेको छ ।
सिन्धुपाल्चोकमा रहेका स्थानिय निकायमध्ये पाँचपोखरि थाङपालमा मात्रै  यो कार्यक्रम  परेको गाउपालिका अध्यक्ष  टासि लामाले वताउनुभयो । स्वास्थ्यका दृष्टिकोणले  यो कार्यक्रमले प्रभावकारि भुमिका खेल्ने लामाले वताउनुभयो ।
गाउपालिका भित्र  रहेका आमा समुहमध्ये सक्रिय र दलित वस्तिमा प्रोत्साहन स्वरुप यो कार्यक्रम  दिइएको  लामाले वताउनुभयो ।


,